सम्पर्क

गाउँपालिका स्तरीय होमस्टे तालिम पाँचपोखरीको भोताङमा सुरु

पाँचपोखरी थाङ्पाल गाउँपालिका र STLRP परियोजनाको साझेदारी कार्यक्रम अन्र्तरगत सोमबार आज बाट गाउँपालिका स्तरीय होमस्टे तालिम सुरु भएकोे छ । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले यस कार्यक्रम बाट पाँचपोखरी भित्रका होटल तथा होमस्टेहरु ब्यबस्थित तथा गुणस्तरीय हुने विस्वास लिइएको बताउनुभयो । उहाँले पर्यटनको पर्याप्त सम्भावना बोकेको पालिकालाई पर्यटकको हब बनाउन गाउँपालिका लागी रहेको भन्दै त्यसैको लागी होटल र होमस्टेको विकास गर्दै अगाडी बढेको बताउनुभयो । यहाँले अतिथि सत्कार, खानाको परीकार देखि अन्यकुराहरुमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । तालिमले गाउँपालिकाको पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने उहाँले बताउनुभयो । वडा नम्बर ३ का अध्यक्ष एवम् पाँचपोखरी पर्यटन बोर्डका अध्यक्ष ङिमाछिरिङ तामाङको अध्यक्षतामा भएको कार्यक्रम भोताङको यार्सामा २८ गते सम्म चल्नेछ । तालिमले होमस्टे व्यवसायीहरुको क्षमतामा अभिवृद्धि भई थप व्यवस्थित होमस्टे संचालनमा टेवा पुगी पर्यटकहरुको सेवामा गुणस्तरीयता आउने र जिविकोपार्जन, पुनरुत्थानका लागि दिगो पर्यटनमा टेवा पुग्ने पर्यटन बोर्डका सचीव मुकुन्द पाण्डेले जानकारी दिनुभयो । तालिममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेल, पाँचपोखरी पर्यटन बोर्ड सदस्य कल्पना पण्डित,प्रशासन प्रमुख रामप्रसाद न्यौपाने लगायतको उपस्थिती रहेको थियो । होमस्टे तालिमा ३० जना सहभागी रहेका छन भने तालिमको अवधिभर होटेल तथा होमस्टे सम्बन्धी प्रत्यक्ष रुपमै सहभागीहरुलाई सिकाईने छ । तालिमको सेफ मनोजकुमार बस्नेत र सहायक प्राबिधिक प्रशिक्षक रोशन के सीले सहजीकरण गर्नुहुनेछ