सम्पर्क

ओलीलाई दोलालघाट र सुकुटेमा स्वागत, बलेफीमा मायाँको चिनो, खाडीचौरमा सभा

२५ मंसिर,
‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तरगत काभ्रेपलाञ्चोक जिल्ला दोलालघाट आईपुग्नु भएका नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीलाई दोलालघाटमा भब्य स्वागत गरिएको छ ।
सो अवसरमा ओलीले दोलालघाटमा माछा पकाएर ब्यपारीहरुको ब्यपारलाई प्रोत्साहन दिनुभएको थियो भने भुम्लु गाँउपालिकाका पाटी इन्चार्ज प्रेम लामाले    दिनुभएको भुम्लु गाउ पालिकाको वडा न ७ र ८ को लालपुर्जा बिहिन बासिन्दा, सुनकोशी ३ जलबिधुत आयोजना तथा अन्य  सुझावहरु  गम्भिरता पुर्बक सुन्नुभएकोहाम्रा प्रतिनिधी एक राज श्रेष्ठले जानकारी दिनु भयो उँहाका अनुसार दुलालेश्वर बाताबरणीय तथा समाजसेवा क्लबका अध्यक्ष अष्ट बहादुर श्रेष्ठ लगाएतले माँयाको चिनो समेत प्रदान गर्नूभएको थियो । यसै गरी बन्देउमा स्थानीय नेता तथा कार्यकर्ताहरुले स्वागत गरेको थिए । सिन्धुपाल्चोक आइपुग्नु भएका ओलीलाई माओवादी बागमती प्रदेश अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले सुकुटेमा खादा लगाएर स्वागत गर्नु भएको थियो । सोमबार विहान जिल्लाको बलेफी गाउँपालिकामा पर्ने खाडीचौर बजारमा पुग्नु भएका ओलीलाई बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले न्यानो स्वागत गर्दै मायाको चिनो समेत दिएर स्वागत गर्नु भएको थियो । ओलीलाई स्वागत गरेपछि उहाँको सचिवालयले ‘तुच्छ र फोहोरी राजनीतिको अन्त्य गरौं, उच्च राजनीतक संस्कारको विकास गरौं’ भनेर मायाको चिनो प्रदान गरेको तस्बिर सार्वजनिक गरेको छ । अध्यक्ष तामाङले उहाँलाई यात्रा सफलताको शुभकामना समेत दिनुभयो । एमालेले बैतडीको झुलाघाटबाट यही मंसिर १४ गते सुरु गरेको अभियान सिन्धुपाल्चोकको खाडीचौर पुगेको हो । खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले, एमालेले मात्रै देशको रक्षा गर्न सक्ने दावी गर्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताउँँनु भयो ।उहँले पिस्कर काण्डको स्मरण गराउँदै पिडीतहरुका बारेमा उपस्थितलाइ जानकारी गराउँनु भएको थियो । सुनकोशी गाँउपालिकाले पनी स्वागत गरेको थियो पालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिना, उपाध्यक्ष कान्छी तामाङ्ग सहीत पालिकाका पदापधकारीले स्वागत गर्नु भएको हो ।