सम्पर्क

पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था थिएनः अध्यक्ष ओली

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्वमा सरकार भयको बेला मेलम्चीको पानी काठाण्डौ लाने काम भएको बताउँनु हँुदै पाटीको नेतृत्वमा सरकार नभएको भए अहीले सम्म पनी मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था नै नहुने दाबी गर्नुभयो ।आईतबार नेकपा एमालेको झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा अन्तरगत सिन्धुपाल्चोक जिल्लाको बाहुनेपाटीमा एक कार्यक्रमको प्रमुख अतिथिको असनबाट बोल्दै यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गर्नुभएको थियो । मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौंवासीका लागि पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।अध्यक्ष ओलीले भन्नुभयो, ’यस यात्राको क्रममा अहिलेसम्म लाखौं जनताको सहभागिता, आत्मीयता, माया, स्नेह, सम्मान हामीले प्राप्त ग¥यौँ । मैले मालाहरु हेरें । म यहाँहलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । यस ठाउँको विकास, निर्माणको कुरा हामीलाई थाहा छ । मेलम्ची आयोजनाको कुरा हामीलाई थाहा छ । नेकपा एमालेको सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन । हामी यसलाई तुरुन्तै सफा गरेर हेडलाई सार्नुपर्ने सार्नुप¥यो, यसमा कथा हालेर हुन्छ ? सार्नपर्ने हो भने सार्ने, नसार्ने हो भने त्यसलाई तयार पार्ने । मर्मत, सम्भार जे गर्नुपर्छ गर्ने । त्यस ढंगले जाने र जहाँ पानी पस्ने मूल गेट छ, त्यसलाई कतिबेर बन्द गर्ने, कतिबेर खोल्ने भन्ने कुरा पनि सञ्चालकहरुले थाहा पाउनुप¥यो ।’उहाँले गठबन्धन बन्ने र भत्किने कुनै ठूलो कुरा नभएको जिकिर गर्नुभयो । ’तर हामी देश बिग्रन दिँदैनौं । देश अहिले ओरालो लागेको छ । यसलाई रोक्छौं र फेरि सकारात्मक बाटोमा फर्काउँछौं । तपाईंहरु ढुक्क भएर अगाडि बढ्नु भए हुन्छ’, अध्यक्ष ओलीले भन्नुभयो, ’ किनभने देशमा नेकपा एमाले छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाएर हिँडेको नेकपा एमाले छ । यहाँको विकास, निर्माण हामीले बुझेका छौं ।’ उहाँले पार्टीको संकल्प यात्राको क्रममा लाखौं जनताको साथ, माया र सम्मान पाएको भन्दै आभारसमेत व्यक्त गर्नुभयो । पार्टीका विभिन्न भातृ तथा शुभेच्छुकहरुले माँयाको चिनो स्वरुप विभिन्न सामाग्रि तथा सम्मान गरीएको थियो । साथै अध्यक्ष ओलिलाई १०० किलोको मालाले सम्मान गरीएको थियो ।कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला, पालिका तथा वडा तहका नेताहरुको सहभागिता रहेको थियो ।