सम्पर्क

डडुवाका तरकारी खेती गर्ने कृषक मारमा

सिन्धुपाल्चोक जिल्ला चौतारासँगाचोकगढी नगरपालिका वडा नं १४मा गत बर्ष बर्ष करिब एघार लाख किलो गोलभेडा उत्पादन गरेर बिक्री गरेका कृषकले यस बर्ष त्यसको आधारमा गोलभेडा नबीके पछी मारमा परेका छन ।    दैनीक ४०० ,५०० क्रेट गोलभेडा बिक्ने उक्त गाँउमा अहीले मुस्कीलले २००, ३००क्रेट भन्दा बढी बिक्री भएको छैन । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४को मुख्य आयश्रोत भनेकै तरकारी र दुध हो । दुध र तरकारी बेचेर बार्षीक तिन चार लाख बचत गरीरहेका किसान यसबर्ष भने गोलभेडाको भाउ नभएको र बजार नपाएका कारण घाटामा जाने पक्का भएको छ । गत बर्ष तिन लाख सत्तरी हजारको गोलभेडा बेचेका रेशम बहादुर आले मगर यस बर्ष एकलाख पनी लिन नपाएको गुनासो गर्नू हुन्छ । यस बर्ष बिउ,गोडमेल तथा औषधी समेत गरेर तिन लाख जती खर्च भयो गत बर्षको हिसावमा करिब ६लाख बराबर आउँने ठाँउमा लगानी पनी नआउँने हँुदा मारमा परेको बताउँनु हुन्छ । त्यसै गरी गोलभेडा खेती गर्नका लागी साना बारीका पाटालाइ ठुलो बनाएर खेती गरिरहनु भएका कृषक इन्द्र बहादुर पुरीले गत बर्ष ३००क्रेट बेच्दा २लाख १०हजार नाफा भएको थियो भने यस बर्ष करिब ५००क्रेट बक्रिी गर्दा डेढ लाख घाटामा जाने भएको छ भन्नु भयो । नेत्र ज्योती कृषी सहकारी सस्थाका सस्थापक अध्यक्ष समेत रहनु भएका पुरीले गत बर्ष उत्पादनमा आधारित प्रतिकिलो रु१का दरले र बिउमा ७० प्रतिशत सम्म अनुदान दिए पछी यस बर्ष धेरै खेती गर्न लागेका कृषकहरु मारमा परेको बताउँनु भयो । हामी बाँझो रहेका सबै जमीनमा यस्तो नगदै बालीको खेती गर्ने छौ। तर बजार छैन हामीले गरेको लगानी नै डुब्ने अबस्था छ त्यसैले खेती गर्न पनी जाँगर मरीरहेको पुरीले बताउँनु भयो । गत बर्ष गोलभेडा बेचेर दुइ लाख तेइस हजार बचाँउनु भएका कृषक खिनकुमारी बस्नेतले यस बर्ष झण्डै १लाख घाटा ब्योहर्न पर्ने भयो भन्दै दुखेसो पोख्नु भयो । यसै गरी बैदेसीक रोजगार छोडेर गोलभेडा खेतीमा लाग्नु भएका राजेन्द्र बस्नेतले यस बर्ष ज्याला पनी नउठ्ने भयो भन्नु हुन्छ । यसै गरी वडा अध्यक्ष समेत रहनु भएका उद्धव नेपाल २०६७साल देखी नै तरकारी खेतीमा लागी रहेको तर यस बर्ष जस्तो बजार नपाएको गत बर्षहरुमा थिएन भाउचाही कहीले कँही तल माथी हुन्थ्यो बजारै नपाएर सडकमा यसरी तरकारी राख्न पर्ने अबस्था यस बर्ष आएको बताउँनु भयो । गोलभेडा, काउली,बन्दा तरकारीको बिउ समेत अनुदानमा बितरण गरेको नेत्रज्योती कृषी सहकारी सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालले तत्काल नगरपालिका सँँग अनुमती लिएर गोलभेडाको सश,अचार , काउली तथा सागको गुन्द्रुक बनाउँन लागेको बताउँनु भयो । उँहाले यसका लागी घरेलु तथा सानाउद्योग कार्यलयबाट तालीमको ब्यवस्था गर्न लागीएको समेत बताउँनु भयो । उँहाले आगामी हप्ता देखी नै खेर जान लागेको गोलभेडा, काउली र सागको सदुपयोग गर्ने योजनाका साथ अघी बढीएको जानकारी दिनु भयो ।