जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वर प्रसाद थापा, जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण प्रसाद अधिकारी र जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरे सहितको टोलीले सिन्धुपाल्चोक जिल्ला समन्वय प्रमुखसँँग भेट गर्नुभएको छ ।

भेटघाट तथा भ्रमणको सिलसिलामा सिन्धुपाल्चोक आइपुग्नु भएका समन्वय प्रमुखहरुले सिन्धुपाल्चोकमा भए गरेका कामहरुका बारेमा चासो राख्नुभएको थियो । सोही अवसरमा आ–आफ्ना जिल्लाका गतिबिधीका बारेमा समेत जानकारी गराईएको जिल्ला समन्वय समिति सचिवालय सिन्धुपाल्चोकका प्रेम दङ्गालले जानकारी दिनुभयो।उँहाका अनुसार जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको सभाहल चौतारामा जिल्ला समन्वय समितीका प्रमुखहरुलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले स्वागत गर्नु भएको थियो । समन्वय प्रमुख श्रेष्ठले अतिथी सत्कारका साथै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । भेटघाट सकारात्मक, फलदायी र उत्साहजनक रहेकोजिल्ला समन्वय समिति सचिवालय सिन्धुपाल्चोकका दङ्गालले जानकारी दिनुभयो ।
