जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका सन्तोष ज्ञवाली प्राय दुर्घटनाको जोखिम हुने स्थानमा अघोषित रुपमा सवारी गती तथा कागजपत्र चेकजाँच तथा सवारीको अबस्थाका बारेमा जानकारी लिन ब्यस्त रहनु भएको छ ।
ट्राफिक प्रहरी प्रमुख ज्ञवालीले आफ्नो पहिलो दायित्व भनेकै दुर्घटना शुन्यमा लैजानु हो भन्दै सकेसम्म दुर्घटना हुनै नदिनका लागी सम्भाबित स्थानहरुमा सवारी चेकजाँच गर्ने यसो गर्दा सवारीको गती कमी हुने प्रहरीले चेकजाँच गर्ने ठाउँ भनेपछी सवारी चालकले अरु समय भन्दा अलि होसियार पुर्बक सवारी चलाउँने हुँदा दुर्घटना पनी नहुने र सवारी सञ्चालनमा हुने गरेको अनियमितता पनी नहुने
भएकाले यसरी सवारी चेकीङ्ग गरेको प्रमुख ज्ञावलीलले बताउँनु भयो । प्रायगरी ट्राफिक प्रहरीले बन्देउ चौतारा सडक, बाह्रबिसे सुकुटे बलेफी क्षेत्रका सडकहरुमा सवारी चेकजाँच गरिरहेको छ ।
