सम्पर्क

जी.एल.ए दोश्रो संस्करण हाजिरी जवाफ प्रतियोगिता १२ टिम दोश्रो चरणमा प्रबेस

गोकर्णेश्वर नगरपालिका वडा नं. ४ माकलवारीमा रहेको गोकर्णेश्वर लाइट एकेडेमीद्वारा आयोजना गरिएको GLA Quiz Mania Season –II मा १२ टिम दोश्रो चरणमा प्रवेश गरेका छन् । काठमाडांै र भक्तपुर जिल्लाको बिभिन्न ३६ टिम सम्मिलित विद्यालयलाई ६ समुहमा विभाजन गरिएको थियो । उक्त समूह अन्तर्गत समूह ’क ’ बाट स्वर्ण शिक्षा स्कुल र हिल साइड एकेडेमी , समूह ’ख’ बाट फुल ब्राइट एकेडेमी र विन्सम स्कुल , समूह ’ग’ बाट भेनस पब्लिक स्कुल र नवसुन्ताखान एकेडेमी , समूह ’घ’ बाट हिमशृंखला एकेडेमी र अल्पाइन एकेडेमी, समूह ’ङ’ बाट मिनिल्याण्ड स्कुल र सेचन महाबौद्ध स्कुल र समूह ’च’ बाट सेलिब्रेसन को एड र कुण्डलिनी स्कुल दोश्रो चरणमा प्रबेस गरेका छन् । विद्यालयको प्रांङ्गणमा आयोजित कार्यक्रममा विद्यालय संचालक समिति अध्यक्ष झम्कनाथ पराजुलीको सभापतित्वमा गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसालको प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डण्डपाणी शर्मा र गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जयराम महतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका प्रिन्सिपल सौर्यनाथ आचार्यले गर्नु भएको थियो भने हाजिरी जवाफमा प्रश्न कर्ताको भूमिका विद्यालय संयोजक मधुसुदन ढुंगाना र आनन्द क्षेत्रीले गर्नुभएको थियो । दुई दिन सम्म संचालन हुने उक्त कार्यक्रममा शनिबार दोश्रो चरण र फाइनल चरणको कार्यक्रम हुने उक्त कार्यक्रममा प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमश १००००, ७००० र ५००० नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने र फाइनल चरण पबेशा गरेका बाकि तीन विद्यालयलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिने कार्यक्रमका सह संयोजक संजय खनालले बताउनु भयो ।
तालिममा गाउँपालिका भित्रका १५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ । तालीममा ट्रेकिङको बारे पर्यटन जानकारी, गाउँपालिकाको भूगोल, वातावरण, धर्म इतिहास, पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा र सुरक्षा, जोखिमहरूका बारेमा प्रशिक्षण दिइने नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानका अधिकृत हिमाल पण्डितले बताउनुभयो ।
यसले रोजगारीको अवसर मिल्नुका साथै पर्यटनको समेत प्रर्वद्धन हुने अपेक्षा रहको अध्यक्ष लामाले बताउनुभयो । उहाँले तालिम व्यवहारिक र प्रभावकारी हुनुपर्ने बताउनुभयो । तालिम उद्घाटन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेलले गाउँपालिकाको योजना भनेकै पर्यटन, कृषि,वन र जलाधार भएकाले यसै अनुसार अगाडी बढेको बताउनुभयो । उहाँले पाँचपोखरीको पर्यटनका लागी यो तालिम फलदायी हुने विस्वास लिइएको बताउनुभयो । तालिमको अधिकृत हमाल र अनिश दाहालले सहजिकरण गर्नुहुने पाँचपोखरी पर्यटन बोर्डका सदस्य सचिव मुकुन्द पाण्डेले जानकारी दिनुभयो । साथै यहि मङ्सिर २५ देखि २८ गते सम्म होमस्टे सञ्चालकका लागि तालिम पनि सञ्चालन गरिने उहाँले बताउनुभयो । कार्यक्रम पाँचपोखरी पर्यटनबोर्डका अध्यक्ष ङिमाछिरिङ तामाङको अध्यक्षतामा भएको हो ।