सिनधुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका को उप प्रमुख मन्जु तामाङ्गले घुमाङ दलित बस्तीमा आगो लागि भइ ज्यान गुमाउँनेका परिबारलाइ तत्कालका लागि अति आवश्यक खाध्यान्न सामान र लत्ताकपडा हस्तान्तरण गर्नु भएको छ ।
काठले बारेको जस्तापाताको छानो भएको एक तले घरमा आगलागी हुँदा सोमबार बाह्रविसे नगरपालिका ८ का वर्ष ४५ का लोकबहादुर नेपालीको निधन भएको थियो । सोमबार बेलुकी ८ बजेतिर भएको आगलागीबाट घर जलेर पुरै नष्ट भएको थियो । घटना को जानकारी हुनसाथ नगर प्रमुख बालकृष्ण बस्नेत सहीतको टोली घटना स्थल पुगेको थियो । तत्काल सुरक्षाकर्मी सहीत जनप्रतिनीधी घटना स्थलमा पुग्दा नेपाली जली सकेको अबस्थामा भेटीएको प्रहरीले जनाएको छ । तत्काल घटना स्थलमा पुग्नु भएका नगर प्रमुख बस्नेतले दुख ब्यक्त गर्दै पिडीत परिबारको बालबालीकालाइ नगर पालिकाले शिक्षाको ब्यवस्था मिलाउँने बताउँनु भएको थियो ।
उक्त घटनाको पिडित परिवारलाइ तत्कालका लागि अति आवश्यक खाध्यान्न सामान र लत्ताकपडा सहित नगर उपप्रमुख मन्जु तामाङ को संयोजकत्वमा विपत व्यवस्थापनका प्रमुख दुर्ग प्रसाद भण्डारी , सुरक्षाकर्मी सहित घटना स्थलमा पुगेर मङ्गलबार सामाग्रीहरू हस्तान्तरण गर्नु भएको हो ।
