स्वास्थ्यको मुल श्रोत भनेकै खेलकुद भएको बाह्र्रबिसे नगरपालिकाक प्रमुख बाल कृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले कुनै पनी प्राणीहरुको शारिरीक बिकासका लागी स्वास्थ्यको महत्व हुन्छ , प्राणीहरु स्वास्थ्य रहनका लागी शारिरीक वायमको आबश्यकता हुन्छ , त्यो खेलकुदमा मात्र छ । त्यसैले यसको मुलश्रोत भनेको खेल जगत भएका ले यसको बिकासका लागी आफु लागी परेको बताउँनु भयो ।
उँहाले मङ्गलबार तेश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको समुद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । बाह्रबिसे नगर पालिकामा यसरी प्रतियोगिता गर्न पाउँदा आफुलाइ खुशी लागेको बताउँदै बस्नेतले यसका लागी नगरपालिकाले आबश्यक व्यवस्थापन गरेको बताउँनु भयो ।
मङ्गल बार र बुधबार गरी दुइ दिन सम्म चल्ने उक्त प्रतियोगितामा सात प्रदेश,तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ र आयोजकको एक गरी ११ समुहका खेलाडीहरु सहभागी रहनु भएको छ । ‘खेलमा ग्यारोगीतर्फ १२ सिनियर र चार जुनियर गरी १६ तौल समूहमा प्रतियोगिता भइरहेको छ भने पुम्से गेममा महिला तथा पुरुष एकल ,पेयर र टिम पुम्सेमा प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ । प्रतियोगितामा बिजेता प्रथमले ७० हजार ,द्वितियले ५० हजार र तृतियले ३० हजारसहित ट्रफी ,मेडल र प्रमाणपत्र पाउने आयोजक समितीका सचिब कुमार बस्नेत –अधिराज)ले जानकारी दिनु भयो ।प्रतियोगितामा उत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही १० हजार दिइनेछ । आयोजक टोलिका स्वर्ण जित्ने खेलाडीलाई जनही पाँच हजार दिइनेछ । यसअघि २०६९ सालमा पहिलो र ०७१ सालमा दोश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना भएको थियो । तेश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८० को समापन तथा पुरस्कार बितरण कार्यक्रम भने स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेतद्धारा हुने नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भयो ।
