सम्पर्क

तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाल आर्मीलाई

मंसिर २१,बाह्रबिसे । बाह्रबिसे नगरपालिकाको सहयोगमा नेपाल तोक्वान्दो संघ सिन्धुपाल्चोकको आयोजनामा भएको तेस्रो सिन्धु आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाल आर्मीले हात पारेको छ । मंसिर १९ र २० गते जिल्लाको बाह्रबिसे नगरपालिका को कवड हलमा दुईदिन सम्म भएको राष्ट्रिय प्रतियोगिताको उपाधी नेपाल आर्मीले १० स्वर्ण, ६ रजत र ३ कास्य गरी १९ पदक प्राप्त गरी प्रथम भएको हो । यस्तै नेपाल प्रहरीले ७ स्वर्ण, ६ रजत र १ कास्य गरी १४ पदक सहित दोस्रो भएको हो। सशस्त्र प्रहरी बलले ३ स्वर्ण, ७ रजत र ५ कास्य गरी १५ पदक पाएर तृतीय भएको छ भने आयोजक टिम एक स्वर्ण ६ रजत ल्याएर चौथो भएको छ । यसैगरी ४९ के..जी को महिला तर्फ सशस्त्र प्रहरीकी दिक्षा तामाङ उत्कृष्ट खेलाडी भएकी छिन् भने ६८ के.जीको पूरुष तर्फ नेपाल प्रहरीका सागर घिमिरे उत्कृष्ट भएका छन् । प्रथम हुने टिमले ७० हजार, द्वितीयले ५० हजार र तृतीयलाई ३० हजार नगद पुरस्कार वितरण गरिएको थियो । त्यस्तै उत्कृष्ट खेलाडीलाई १०/१० हजार नगद प्रदान गरिएको नेपाल तेक्वान्दोसंघको केन्द्रीय सदस्य तथा प्रतियोगिताको लागि प्राविधिक प्रमुख कुमार तामाङले बताउनु भयो । उहाँका अनुसार ७ प्रदेश, ३ वटा विभागीय र एक आयोजक गरी ११ वटा टिमका २०९ खेलाडी सहभागी भएका थिए । २१ वटा स्वर्ण पदकको लागि प्रतिश्पर्धा गराईएको थियो । खेलाडीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नगद पुरस्कार, प्रमाणपत्र तथा पदक दिएर सम्मान गरेका थियो । समापन कार्यक्रमको प्रमुख अतिथि रहेका मन्त्री बस्नेतले खेलकुदले मनस्थितिलाई स्वास्थ बनाउने तर्क राख्दै मुलुकले खेलकुदलाई ध्यान दिएर नेपाललाई विश्वसामु चिनाउन पर्ने धारणा राख्नु भयो । खेलले पर्यटन क्षेत्र समेत पर्वद्धन हुने बताउँदै उहाँले सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कार बापतको रकम समयमै दिनुपर्ने खेलाडीमा लगानी गरेमात्र खेलाडी र खेल क्षेत्रको भविश्य उज्वल रहने बताउँदै आफु पनि खेलाडी रहेकोले खेलाडीको मर्म भावना बुझेको बताउनु चयो । क्रिकेट अहिले लोकप्रिय र देशलाई चिनाउन सफल खेल भएको भन्दै अन्य खेल र खेलाडीलाई पनि आ आफ्नो खेलमा अझै मेहनत गरे सफलता प्राप्त गर्न सकिने बताउनु भयो । कार्यक्रममा बाह्रविसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, भोटेकेशी गाउँ पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा, लिसंखपाखर गाउँपालिका अध्यक्ष राजु लामा लगायतले खेलकुद क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नेपाल तोक्वादो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भन्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । तेस्रो सिन्धु राष्ट्रिय तोक्वान्दो प्रतियोगिता निकै उत्कष्ट र रोमान्चकारी भएको र पछिल्लो प्रतियोगिताले सिन्धुपाल्चोकलाई ७७ वटै जिल्लामा चिनाउन सफल भएको बताउदै प्रमुख अथिति,विशिष्ट अथिति,अथिथि,सम्पुर्ण सयोगी संघ संस्था ,सतै प्रदेश, विभागिय टिम लगाएत सम्पूर्ण उपस्थित र सहभागीहरू लाई आयोजक जिल्ला कार्यसमितिको तर्फबाट भण्डारीले धन्यवाद ब्यक्त गर्नु भएको छ। उक्त राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी खेलाडीहरुलाई सिन्धुपाल्चोकका तोक्वान्दो सिनिएर प्रशिक्षक फिरोज श्रेष्ठले कोक, फयान्टा, स्प्राईट र विस्कुट खेल अवधिभर खुवाउनु भएको थियो । उक्त राष्ट्रिय प्रतियोगिताको लागि २७ लाख भन्दा माथि भएको खर्चमा बाह्रबिसे नगरपालिका, भोटेकोशी, त्रिपुरा सुन्दरी लगाएत गाउँपालिकाले आर्थिक सहयोग गर्ने बचन दिएको आयोजकले बताएको छ ।