सम्पर्क

वडा सदस्यलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा जाहेरी

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ का बलराम गिरी लगाएत १० जनाले आफुहरुलाई अभद्र व्यवहार गर्दै आफुहरुको ज्यान मार्ने धम्की दिएको सोही वडाका वडा सदस्य दिलीप गिरीले बताउँनु भएको छ । वडा सदस्य गिरीले आफुहरु जनप्रतिनिधी भएका कारण समाजमा बिकास निर्माणका कामहरु देखी लिएर बिभिन्न सामाजिक कामहरुका साथ प्रत्यक्ष वडाबासीकहाँ पुग्न पर्ने भएकाले जुन बेला जे पनी हुन सक्ने भन्दै सुरक्षाका समेत माग गरिएको बताँउनु भयो । उहाँले जिल्ला प्रहरी कार्यालयमा बुझाएको निबेदनमा स्थानीय बलराम गिरी सहितको उक्त अराजक समुहले खानेपानी, सिचाइ, तथा सडक खन्ने बिषयमा सरोकार वालाहरुलाई बोलाइ उपभोक्ता समितीका बारेमा छलफल गर्न लाग्दा मंसिर १४ गते दिनको १ बजेका समयमा एक्कासी बैठक हलमा प्रबेस गरी कार्यालय प्रमुख वडा सचिब लक्ष्मी प्रसाद धमलालाई जबर्जस्ति सचिबको कुर्सीबाट हटाएर हातपात गरी वडा कार्यलयबाट बाहिर निकाल्ने जस्ता कानुन हातमा लिइ कानुनी राज्यको उपहास भएको र निर्णय पुस्तीका समेत खोसेर लगेको र सोही समयमा के भयो किन यसो गरेको भन्दै वडा दस्य गिरी दिलिप गिरी र खिल राज गिरी समेत उपस्थितीले, छलफल गरौ, के भएको हो, समस्या के हो , चित्त नबुझे सर सल्लाह गरौ हातपात नगरौ भन्दा खिल राज गिरिलाई आक्रमण गरि वडा भित्रबाट घिसार्दै वडा बाहिर निकाली कुटपिट गरेको र वडा भित्रको सबैसबै योजना आफुलाई चाहीने, उपभोक्ता समिती गठन गर्न नपाइने, यदी त्यसो गरेमा वडा प्रतिनिधी लगाएत सम्बन्धीतलाई जे पनी हुन सक्ने भन्दै धम्की दिई त्रास फैलाउँने काम गरेको गर्नुका साथै बाहिरबाट ताला लगाई वडा कार्यलयमा आगो लगाई वडा सदस्य दिलिप गिरिलाई ज्यान मार्ने धम्की दिनुको साथै सरकारी सम्पत्ति वडा कार्यलय तोडफोड गरेको व्योहोरा उल्लेख गर्नु भएको छ । उता बलराम गिरीलाइ सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।यस सम्बन्धमा वडा अध्यक्ष बिमल श्रेष्ठसँग सम्पर्क गर्दा उहाँले आफु उक्त दिन वडामा नभएको र वडा सदस्यको संयोजकत्वमा भेला राखी उपभोक्ता समिती गठन गर्न जिम्मेवारी दिएको बताउँदै प्रहरीमा जाहेरी गइ सकेको हुँदा यस बिषयमा आफुले केही गर्न नसक्ने बताउनु भयो । निबेदनमा आरोप लगाइएका  बलराम गिरी स्थानीय निर्वाचनमा नेकपा माओबादीको वडाअध्यक्षको उमेद्धार हुनुहुन्थ्यो भने त्यस वडामा काँग्रेसका बिमल श्रेष्ठको प्यानलले जित्नु भएको थियो ।