नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) को सहायक संगठन वाइसेल नेपाल चौतारा साँगाचोकगढी नगरपालिकाको तेस्रो सम्मेलनबाट बेलबहादुर नेपाल नगर अध्यक्ष बन्नु भएको छ ।नेपालको अध्यक्षतामा ७५ सदस्यीय नगर समिति चयन भएकोछ । समितीका उपाध्यक्षमा भिम गुरूङ, सह सचिवमा सुबास बिक, सदस्यहरुमा सन्देश श्रेष्ठ ,रबि श्रेष्ठ, अञ्जना श्रेष्ठ लगाएत ७५जना सदस्य चयन हुन भएको छ। चौतारा साँगाचोकगढी नगरपालिकाको तेस्रो सम्मेलन नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेश भौतिक योजना विकास मन्त्री युवराज दुलाल को विशेष आतिथ्यतामासम्पन्न भएको नेकपा माओबादी केन्द्र नगर समितीका उपाध्यक्ष तारादेबी रानाले जानकारी दिनु भयो । उँहाका अनुसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कृष्ण प्रसाद सापकोटाले माओवादी पार्टीको एउटा आधार क्षेत्रको रुपमा परिचित चौतारा सागाँचोकगढी नगरपालिकामा सन्देश र उत्साह दिने गरी कार्यक्रम गर्न पर्ने बताउँनु हुँदै युवाहरुलाई यहाँ संगठन छ भन्ने कुरा विविध गतिबिधि गरेर राम्रो काम गरेर देखाउन समेत आग्रह गर्नु भयो ।बिशेष अतिथी बागमती प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री युवराज दुलालले अहीले पार्टी बिशेषको लागि कुनै सङगठन बिशेषको लागि मात्रै नभई देशको परीस्थीति, अर्थ व्यवस्थामा, राष्ट्रीय अर्थतन्त्रमा लगाएत समग्र देशमा आएको चुनौतीको स्थती रहेकोले सो चुनौती सामान गर्नको लागि सही नेतृत्व,संगठन, सक्षम नेतृत्वको आबश्यक परेको बताउँदै नगर समतीमा यस्तो नेतृत्व हुन पर्ने र यो बर्तामान कार्यसमितीलाइ चुनौती पनी थपीएको बताउँनु भयो । उँहाले नेतृत्वलाइ आएको चुनौती र अवसरले आफ्नो क्षमतामा परीर्वतन गरेर छलाङ मारेर परिबर्तनको संवाहक नै युवा हुने बताउनुभएको छ । युवा भनेको उत्साह,परिबर्तन,र भविष्य भएकाले युवाहरुले आफ्नो क्षमतालाइ चिन्न जरुरी छ भन्नु हुँदै हरेक पबिर्तनमा युवाहरुको भुमिका महत्व पुर्ण रहेको बताउँनु हुँदै पार्टी रुपान्तरण अभियान लाई हाक्ने प्रमुख जिम्मा युवाहरुकै रहने बताउँनु भयो ।
