सम्पर्क

संविधानले दिएको अधिकार कार्यन्वयनमा चुनौतीः अमृता नेपाल

महिलाहरुका लागी संविधानले धेरै अधिकार दिएको भएता पनी कार्यन्वयन गर्न चुनौती रहेको बागमती प्रदेश सभाका सदस्य माननीय अमृता नेपाले बताउँनु भएको छ । उहाँले चौतारा साँगाचोकगढी नगरपालिकाद्धारा आइतबार आयोजित ७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो ।   कार्यक्रममा लैङ्गीक हिसां भनेको महिलालाई मात्र हुने होइन पुरुषमा पनी हुन्छ भन्नु हुँदै हरेक हिसांको अन्त गर्न सबै कटीबद्ध भए लाग्न पर्ने बताउँनु भयो । उहाँले ५१ प्रतिशत महिलाहरु रहेका हाम्रो देशमा ३३ प्रतिशत कोटा हुँदा समाबेशी नभएको होकी भन्दै सबै महिलाहरुलाई कसरी एकताबद्ध गराउँने र स्वरोजगारका लागी कसरी कार्यक्रम गर्न सकिन्छ भनेर बागमती प्रदेस सरकारले कार्यबिधी बनाउँदै गरेको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले संघर्ष र बिद्रोहका कारण प्राप्त अधिकारलाई संरक्षण गर्दै मानव अधिकार सम्बन्धि भएका निर्णयहरुलाई कार्यन्वयन गर्न पर्ने बताउँदै जति अधिकार संबिधानमा लेखिएका छन् ती कुराहरु व्यवहारमा लागू नहुनु पनी एक किसीमको लैङ्गीक हिसां तथा मानबअधिकार हनन भएको मान्न पर्ने बताउँनुभयो । सापकोटाले मानव अधिकारका लागि सरकारले जति संवेदनशील, गम्भीर हुँदै जिम्मेवारपूर्ण दायित्व निर्वाह गर्छ त्यतिकै जिम्मेवारपूर्ण दायित्व नागरिकले पनि निर्वाह गर्नुपर्ने बताउँनु भयो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै नगर उपप्रमुख सिता थापाले मानव अधिकार हनन हुने कुनै काम गर्न नहुने बताउँनु हूँदै आफु पनी हिसां र मानव अधिकारका बारेमा सचेत रही कसैको अधिकार हनन नगर्ने र अरुले पनी नगर्ने प्रतिबद्धता जनाउँन पर्ने बताउँनु भयो । “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय“ भन्ने मूल नाराका साथ ७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले गरेको अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्षहरु, सरकारी कार्यलय, स्थानिय संघ, संस्था, महिला सञ्जाल मानव अधिकारकर्मी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन नगर महिला तथा बालबालिका शाखाका प्रमुख दुर्गा ढुङ्गेलले गर्नुभएको थियो । यसअघी चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा बिहान भिन्तुना चोकदेखि टुडिखेल चोकसम्म प्रभातफेरि कार्यक्रमको साथै कोण सभा गरिएको थियो ।