सम्पर्क

ब्रेकिङ न्युज २

बाह्रबिसे दुर्घटना मा नगर प्रमुखद्धारा दुख ब्यक्त

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगर पालिका वडा नं७ नागपुजेबाट बाह्रविसे बजार आउँदै गरेको बा १२ च ४९९१ बोलेरो अँधेरी खोलामा बिहान ११ बजे दुर्घटना भएको छ। दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ भने अन्य ४जना घाईते भएका छन् । दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ .बाह्रविसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले दुर्घटना के कारणले भएको भन्ने नखुलेको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ स्थित नागपुजेमा बोलेर दुर्घटना हुदाँ बाह्रबिसे नगरपालिका–७ की दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको खबरले स्तब्ध बनाएको जनाउँनु भएको...

गर्भवती र सुत्केरीको घरमा निलो झण्डा

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाको घर सहजै पहिचान होस् भनेर निलो भण्डा राख्ने कामको सुरु गरेको छ । पोषण तथा खाद्य सुरक्षा नेपाल र बलेफी गाउँपालिकाको सहकार्यमा वडा नम्बर २ भित्रका गर्भवती र २ वर्षसम्मका सुत्केरी महिलाका ४५ घरधुरीमा निलो झण्डा राखिएको छ । सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ । उक्त झण्डामा गर्भवतीआमा, ६ महिना सम्मका स्तनपान गर्ने बच्चा, ६ महिना देखि २ बर्ष सम्मका बालबालिकाहरु देखिने लोगो छ । गर्भवती र २ वर्षसम्मका सुत्केरी महिला सुनौला हजार दिनका आमा हुन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार समुदायमा सरकारी तथा गैरसरकारी संस्थाहरुले पोषण तथा स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्दा सुनौला हजार दिने आमा र बच्चालाई प्राथमिकतामा परुन् भन्ने उदेश्यका साथ घर पहिचान कार्य सुरु गरिएको वडा नं २ स्थित धन...

बाल श्रम अन्त्यका तत्काल काम गर्न ग्लोबल प्यानलको आह्वान

ब्रेकिङ न्युज २, समाचार
काठमाडौं  विश्व सामाजिक मञ्च २०२४ को अवसरमा काठमाडौंमा आयोजना भएको बालश्रम अन्त्य गर्ने ग्लोबल प्यानलले बालश्रम अन्त्यका लागि तत्काल काम गर्न आह्वान गरेको छ । प्यानलले विश्वव्यापी बाल श्रमले उत्पन्न भएका बहुआयामिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले व्यापक छलफल गरेको थियो । सीएसओज फोरम अन एसटिजी ८.७ नेटवर्कले संयोजन गरेको उक्त प्यानलमा बोल्दै अधिकारकर्मी मिलन धरेलले अर्को विश्व सम्भव छ भनिरहँदा बालश्रम नभएको विश्वको परिकल्पना गरिएको बताउनुभयो । विश्वभरि अहिले करिव १६ करोडको हाराहारीमा बालबालिका श्रममा छन् । यसलाई हेर्दा जनचेतनाको कमी, गरीबी र अभाव   मात्रै बालश्रमको जड कारण होइन । बालश्रम युद्ध र राजनीतिक विषयको रुपमा पनि रहेको उहाँले बताउनुभयो । अधिकारकर्मी मनिराम आचार्यले नेपालमा बालश्रमको अवस्थाको बारेमा चर्चा गर्दै यहाँ बालश्रम सामाजिक रुपमा स्वीकार गरिएको विषय भएको बताउनुभयो । उह...

महिला फूटबलको उपाधि शिक्षिका समुहले जित्यो

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक चौतारा टुँडिखेलमा भएको मैत्रीपूर्ण महिला फूटबल प्रतियोगिताको उपाधि नगर शिक्षिकाका समूहले जितेको छ । फागुन ६ र ७ गते नगर महिला सञ्जाल चौतारा साँगाचोकढी नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा महिला जनप्रतिनिधि समुहलाई २–१ अन्तरले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै तृतीय पत्रकार र बैंकर्षको संयुक्त टोलि भएको थियो । खेलमा झेल भएको भन्दै नगर महिला कर्मचारीहरुले खेल बहिष्कार गरेपछि संयुक्त टोलिलाई तृतीय भएको घोषणा गरेको हो । प्रतियोगितको विजयी टिमलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटाले ट्रफि र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।...

कोरियन भाषा परीक्षा आजदेखि सुरु

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिनुभयो । “पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन्, शनिबार पनि परीक्षा दिने गरी व्यवस्था मिलाएका छौँ, अन्य सिफ्ट त्यसपछि तय गरिने छ”, उहाँले भन्नुभयो । परीक्षार्थीहरु परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ । परीक्षा सुरु हुनुअघि एक घण्टा अगाडि परीक्षा हलमा ओरेन्टेसन शुरु हुनेछ साथै निर्धारित समयमा उपस्थित नभए परीक्षामा सहभागी नगराइने निर्...

विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
राजेश दिदिया/भक्तपुर सुरुवातले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर थिमीको नालान्द विद्यलयका कक्षा ९ र १० मा अध्ययन गर्ने बालबालिकाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तन सुरक्षित यौन व्यवहार र कन्डमको महत्त्व र उपयोगिताको विषयमा अन्तरक्रिया गरेको हो । विद्यालयका कक्षा ९ र १० का ४० विद्यार्थीहरूसँग संस्थाले कन्डम दिवसका अवसरमा यसको महत्वको विषयमा अन्तरक्रिया गरेको सुरुवातका अनुसन्धान संयोजक अनुप अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कन्डमको विषय आयो भने शिक्षक शिक्षिकाले पनि पठाउन हिचकिचाउने अवस्था अझ पनि छ अव पनि यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तनको वि...

अमिरको निधनले जनजाती महासघंलाइ क्षेती

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको सल्लाहकार संयोजक स्व. अमिर बहादुर श्रेष्ठको निधनले सिङ्गो लाकतन्त्रबादीलाइ ठुलो क्षेती भएको महासघंले जनाएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समिति र नगर कार्यसमितिको संयुक्त आयोजनामा सिन्धुपाल्चोक जिल्लाको युवा नेता; नेपाल शिक्षक संघको सदस्य एवम् नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको सल्लाहकार संयोजक स्व. अमिर बहादुर श्रेष्ठको घरमा उपस्थिति भई औपचारिक रुपमै गरिएको श्रद्धाञ्जली र समाबेदना कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको अध्यक्ष ज्यान बहादुर तामाङले सबै लोकतन्त्रबादीहरुले उँहाको निती सिदान्त र उँहाले समाजमा गरेका सामाजीक कामहरुलाइ निरन्तरता दिदै अगाडी बढ्न सके मात्...

प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताको पदक विजेता मेनुका श्रेष्ठ सम्मानित

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताको पदक विजेता मेनुका श्रेष्ठलाई हिराहरी तेक्वान्दो डोजाङ्गले सम्मान गरेको छ । जैशिदेवल युथ क्ल्बद्वारा नेपाल तेक्वान्दो संघको केन्द्रिय कार्यलय सातदोबाटो, ललितपुरमा माघ २५ देखि २७ गतेसम्म आयोजित चौथो बागमती प्रदेश स्तरिय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाबाट प्रतिनिधित्व गरि सहभागी भई कास्य पदक जित्न सफल हिराहरी तेक्वान्दो डोजाङ्गका खेलाडी मेनुका श्रेष्ठलाई सम्मान पत्र सहित नगद रु १ हजार प्रदान गरि सम्मान गरिएको छ । साथै हिराहरी तेक्वान्दो डोजाङ्गकामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ Belt Promotion Test  सम्पन्न भएको छ । ग्रेडिङमा पुरुषतर्फ राजिब ढुंगाना र महिलातर्फ निभा श्रेष्ठ उत्कृष्ट खेलाडी हुन सफल भएको छ । उत्कृष्ट खेलाडीहरुलाइ हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख रमेश ग...

मानेश्वारा हर्रेमा आगलागी हुँदा एक घर जलेर नष्ट

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वारा हर्रेमा शुक्रबार आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । शुक्रबार आगोको झिल्का सल्किँदा मानेश्वारा हर्रेका सानोकान्छा तामाङको घर जलेर पूर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले जानकारी दिनुभयो । प्रहरीका अनुसार आगोको झिल्का सल्किँदा आगलागी भएको थियो भने घरमा भएको सिलिण्डर समेत पड्किएको थियो । घटना लगत्तै सुरक्षाकर्मी र स्थानीय आगो निभाउन खटिएकोले मानवीय क्षति भने हुन पाएन ।...

सुनकोशी गाँउ कार्यपालिकाको कार्यलय घेराउ

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउ कार्यपालिकाको कार्यलय घेराउ गरिएको छ। गाउँपालिकाको कार्यलय सुनखानी हुन पर्ने माग सहीत आन्दोलन गरिरहेको सुनखानी बासीहरुले कार्यलय घेराउ गरेका हुन । माघ २९ गते सुनकोशी गाउपालिकाको कार्यपालिका बैठक बस्नु अघि संघर्षको पहिलो खुड्किलो भन्दै सुनकोशी गाउंपालिकाको प्रशासकीय भवन भौगोलिक हिसाब ले र आबश्यकताको आधारमा सुनखानी ५ मा बनाउनु पर्छ भनि संघर्ष समिती लगायत सम्पूर्ण सरोकार वालाहरु उपस्थिति भइ गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत तथा सातै वाडका अध्यक्षहरु समक्ष सुनकोशी को सभाहलमै पुगेर सामुहिक ज्ञापनपत्र बुझाएको थियो। सोमबार ढिलोबाट सुरूभएको कार्यपालिकाको बैठकले बेलुका ढिला गरि सियाले पिपलडाँडा पर्छ भन्ने निर्णय गर्न खोजे पछि उपाध्यक्ष कान्छी लामा,सुनकोशी ५ का वडा अध्यक्ष जल बहादुर लामा ,सुनकोशी ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठ र एक सदस्य ले बैठ...