सम्पर्क

मानेश्वारा हर्रेमा आगलागी हुँदा एक घर जलेर नष्ट

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वारा हर्रेमा शुक्रबार आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । शुक्रबार आगोको झिल्का सल्किँदा मानेश्वारा हर्रेका सानोकान्छा तामाङको घर जलेर पूर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार आगोको झिल्का सल्किँदा आगलागी भएको थियो भने घरमा भएको सिलिण्डर समेत पड्किएको थियो । घटना लगत्तै सुरक्षाकर्मी र स्थानीय आगो निभाउन खटिएकोले मानवीय क्षति भने हुन पाएन ।