सिन्धुपाल्चोक जिल्ला साविक बाह्रबिसे नगरपालिका ४मा बुबाको नाम लखन बहादुर श्रेष्ठ चन्द्र माया श्रेष्ठ को कोखबाट २०२०सालमा जन्म लिनु भएको विकास प्रेमी समाजसेवी महेन्द्र बहादुर श्रेष्ठ हाल किस्टोन पब्लिक स्कूलका संस्थापक हुनुहुन्छ।हाल उँहा खानेपानी उपभोक्ता समितीका अध्यक्ष सोत हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग रेडियो लोकप्रिय नेत्र ज्योति १०६.६ मेगाहर्ज बाह्रबिसेका विज्ञापन व्यवस्थापक फूडोमा शेर्पाले लोकप्रिय समाचार राष्ट्रिय दैनिकका लागि गर्नुभएको छोटो कुराकानी।
तपाइको परिचय बताइदिनुहोस न
मेरो घर बाह्रबिसे नगरपालिका वडा नं ४ हो मेरो नाम महेन्द्र बहादुर श्रेष्ठ हो म बाह्र्बिसेमा रहेको किस्टोन पब्लिक स्कूलको सञ्चालकको रप्मा काम गरिरहेको छु मेरो आमाको नाम चन्द्र माया श्रेष्ठ,बुबाको नाम लखन बहादुर श्रेष्ठ मेरो जन्ममिति २०२०मा भएको हो , म अहीले बिद्यालय सञ्चालका साथै बिभिन्न समाजीक सेवाका कामहरु गरिरहेको छु । अहीले म बाह्र्बिसे नगरपालिकामा खानेपानी उपभोक्ता समितीको अध्यक्षको समेत जिम्मेवारीमा रहेर सामाजीक सेवा गरिरहेको छु ।
किस्टोन पब्लिक बिद्यालयको बारेमा जानकारी दिनुहोस न
यो बिद्यालय २०६६ साल बैशाख ५गते स्थापना भएकोहो । बाह्र्बिसे लगाएतका आसपासका क्षेत्रका नागरिकहरुलाइ गुणस्तरिय शिक्षाका लागी निजी बिद्यालयको आबश्यकता भएका कारण गुण स्तरिय शिक्षाका लागी यो बिद्यालय स्थापना भएको हो। यहाँको शिक्षकहरू पनि राम्रो र गुण स्तरिय शिक्षा सिकाइमा प्रख्यात रहेका छन । भुकम्पका कारण केही समय बन्द रहेको यो बिद्यालय भुकम्प पछी अभिभावकको साथ र सहयोगले सञ्चालनमा आएको हो। यहाँ कक्षा नर्सरीदेखि कक्षा १०सम्मको अध्ययन गराइन्छ, अंगजी माध्ययमबाट पढाइ भएको यस बिद्यालयको एस.इ.इ नतिजा पनि राम्रो रहेको छ।
यहाँको पढाइ अवस्था बारेमा केही बताइदिनुहोस्।
मैले २०४६ सालमा एस.एल.सी. पास गरेर बिभिन्न काम हरु गर्दे रहेको अबस्थामा बाह्रबिसेमा पनी बिद्यालयको खाँचो रहेको पाइएकोले यो बिद्यालय स्थपना गरिएको हो । स्कुलको पढाइ अवस्था भन्नुपर्दा शिक्षकहरू राम्राराम्रा ल्याएर राखि रहेका छौँ।यस स्कुलले गुणस्तर शिक्षा दिदै आएको छ। नयाँ नयाँ विधार्थीहरू भर्ना हुदै छन। पहिला त एस.इ.इ सञ्चालन थिएन अहिले सञ्चालनमा आएको छ।करिब १५० भन्दा बढी विधार्थीहरू पढि रहेका छन् र छात्रावासमा करिब ४०जना विधार्थीहरू पढि रहेका छन्।
यस स्कुलले स्थानीय तहमा विकासको लागि कस्तो भुमिका निर्बाह गरिरहेका छ
म आफू नै खानेपानीको अध्यक्ष भएको नाताले खानेपानीमा हेरि रहेको छु।यस स्कुलमा कयौँ विधार्थीहरू पढ्छन्, विधार्थीहरूको बिकास पुराउनु नै स्थानिय तहमा बिकास पुराउनु हो किनभने उनीहरू भनेका हाम्रा भविष्यको कर्णदार हुन्। यहाँ काम गर्ने शिक्षक,पाले एवम् अरू कर्मचारीहरूले पनि यहाँबाट फाइदा लिइ विकासको काममा टेवा पुगेको छ र प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा सेवा गरि रहेको छ। खाश गरि शिक्षा क्षेत्रमा बाह्र्रबिसे नगरपालिकालाइ यस बिद्यालयले सहयोग गरिरहेकै छ हामीले कर दिन्छौँ यसरी नै यस स्कुलले स्थानीय तहमा विकासको लागि ठुलो भुमिका निर्बाह गरिरहेको छ।
यो बिद्यालय कसरी सञ्चालन हुँदै आइरहेका छ
यो बिद्यालय निजी भएको कारण अभिभावकको मुल भूमिका रहेको हुन्छ बिद्यालय सञ्चालन हुनको लागि दोस्रो भनेको विधार्थी हुन्छ र शिक्षक एवम् अरू कर्मचारीबाट नै यस स्कुल सञ्चालन हुदै आएको छ। खश गरी स्थानीय शिक्षा प्रेमी नागरिक समाजका कारण यो बिद्यालय सञ्चालनमा सहयोग पुगी रहेको छ ।
यो बिद्यालय र अरु बिद्यालय बिच भिन्नता क देख्नु हुन्छ
सबै स्कुलको मुख्य उदेश्य भनेकै राम्रो शिक्षा दिनु हो यसरी नै हामीले पनि राम्रो शिक्षा दिएको कारण खासै भिन्नता त छैन तर हाम्रो स्कुल जस्ताको ट्रस्ट जस्तो छ र एउटा भवन छ। यहाँ शिक्षकहरूले विधार्थीहरूलाइ व्यवहारिक शिक्षा दिदै आइरहेका छन्। जसको कारण विधार्थीहरूले शिक्षकको आदर गर्दै आइ रहेको छ। यहाँ पढाइको साथै सिप मुलक ट्रेनिङ दिने गरेका छौँ र खेलकुदमा पनि विकास भइरहेको छ।विधार्थीलाइ राम्रो कुरा सिकाए पछि अभिभावकहरू पनि खुसी हुन्छन् त्यसैबाट अभिभावकले राम्रो छ भनेर मान्नुहुन्छ एस.इ.इको नतिजाले पनि अभिभावक प्रति यो स्कुलको बारेमा थाहा हुने गर्दछ।यस स्कुलले सञ्चालन अवस्था देखि नै राम्रो गरि रहेको छ त्यसैबाट अभिभावकले पनि मान्नुहुन्छ।थप प्रचारप्रसार गर्न त बाकी नै छ।
यस स्कुलको आगमी दिनहरुमा योजना के छ?
यस स्कुलले माध्यमिक तहसम्म पढाउदै आइरहेका छन्।अब हरेक क्षेत्रमा चाहे त्यो खेल कुद होस् चाहे त्यो पढाई मा होस् चाहे त्यो नृत्य मा किन नहोस् नं १ बनाउने हाम्रो योजना रहेको छ। ठुलो भवन निर्माण गर्ने योजना छ र यसको लागि हामीले काम गर्दै छौँ।
भुकम्पको बेला कसरी सामना गर्नु भयो त?
भुकम्पको बेला हामीलाइ निकै गाह्रो भएको थियो मैले अघी नै भनी सके भुकम्पका कारण भवन पनि तहसनहस भएको थियो हामीले तल ग्राउण्डमा नै टेन्ट लाएर पढाएका थियौँ भुकम्पले हामीलाइ मात्र होइन पुरै राज्यलाइ नै तहस नहस बनाएको थियो । त्यस अबस्थामा हामीले धैर्यताका साथ शिक्षा सिकाइमा लागी रहेका थियौ र अहीले पनी यसै गरी लागी रहेका छौ ।
तपाइको अन्तिम विचार राख्नुहोस
यो बिद्याल यस बाह्रबिसे नगरपालिका मा चाहिने भएर राखिएको हो। शिक्षा सिकाइ सबैको आबश्यकता पनी हो यसैले शिक्षा सिकाइमा सबै मिलेर सहयोग गर्नु पर्छ भन्दै मेरो भनाइ राख्ने मौका दिनु भएकोमा रेडीयो लोकप्रिय नेत्रज्योती र लोकप्रिय समाचार राष्टीय दैनिकलाइ बिशेष धन्यबाद व्यक्त गर्दछु।
