सम्पर्क

महिला फूटबलको उपाधि शिक्षिका समुहले जित्यो

सिन्धुपाल्चोक चौतारा टुँडिखेलमा भएको मैत्रीपूर्ण महिला फूटबल प्रतियोगिताको उपाधि नगर शिक्षिकाका समूहले जितेको छ ।
फागुन ६ र ७ गते नगर महिला सञ्जाल चौतारा साँगाचोकढी नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा महिला जनप्रतिनिधि समुहलाई २–१ अन्तरले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै तृतीय पत्रकार र बैंकर्षको संयुक्त टोलि भएको थियो । खेलमा झेल भएको भन्दै नगर महिला कर्मचारीहरुले खेल बहिष्कार गरेपछि संयुक्त टोलिलाई तृतीय भएको घोषणा गरेको हो ।
प्रतियोगितको विजयी टिमलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटाले ट्रफि र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।