सम्पर्क

ब्रेकिङ न्युज २

कर्मचारी सञ्जाल नेपालले बुझायो संसोधन प्रस्ताव

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  काठमाडौँ । आन्दोलनरत स्थानीय तहका कर्मचारी र नेपाल सरकारबीच भएको सहमती विपरित दर्ता गराएको बिधेयक प्रती कर्मचारीहरुले बिरोध जनएका छन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा दर्ता गराएको संघीय निजामती सेवा विधेयक २०८० का सम्बन्धमा स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाललेसंसोधन प्रस्ताव बुझाएको छ । माननीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानु भक्त जोसी समक्ष संशोधन प्रस्ताव बुझाएको स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका सह संयोजक राम प्रसाद न्योैपानेले जानकारी दिनु भयो ।उँहाका अनुसार सञ्जालले आज देखी देखि पाटीका प्रमुख सचेतक , सचेतक र राज्यव्यवस्था समितिका सभापतीज्युलाई संशोधन प्रस्ताव बुझाउने कार्यक्रम रहेको ।स्थानयि तहमा कार्यरत कर्मचारी हरको संजाल को केन्द्रीय कार्यसमितकिो बैठकले “संघले नै प्रमुख प्रशासक पठाउने, अन्तर प्रदेश सरुवा जस्ता विभेदकारी व्यवस्थाप्रति गम्...

चौतारा अस्पतालले छिटै ‘डायलायसिस’ सेवा सञ्चालनमा ल्याउने छ ः अधिकारी

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा मा रहेको चौतारा अस्पतालमा छिटै डायलायसिस सेवा सञ्चालन हुन लागेको छ । चौतारा अस्पतालका सुपरिटेन्डेन्ट गगन अधिकारीले बताउँनु भएको छ । उँहाले लोकप्रिय समाचार सँग कुरा गर्देै यस्तो बताउँनु भयो । प्रस्तुत छ उँहा सँँग अस्पतालका बारेमा गरिएको छोटो कुरा कानीः यहाँको परिचय दिनुहोस न  मेरो नाम डा. गगन अधिकारी हो । हाल म चौतारा अस्पतालमा कार्यरत अधिकृत स्तर नबौै तहको मेडिकल सुपरिटेन्डेन्ट छु । मैले MBBS KU affiliated Lumbini Medical College बाट गरे र मास्टर्स जेनेरल सर्जरी IOM बाट गरे । घर मेरो चन्द्रागिरी नगरपालिका वडा नं. ३ थानकोट हो । तपाईंको पृष्टभूमि बताइदिनुहोस् न म मध्यम वर्गीय परिवारको जेठो छोरो हुँ । बुबा राष्ट्रिय बाणिज्य बैंकबाट पेन्सनमा हुनुहुन्छ । दिदी र भाइ अमेरिकामा हुनुहुन्छ । बहिनी राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागीरमा काम गरिरहन...

कुखुरा फर्ममा आगलागी

ब्रेकिङ न्युज २, समाचार
पछिल्लो समय सिन्धुपाल्चोकमा विद्युतको हाई भोल्टेजका कारण आगोलागिका घटना धेरै भएका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ पौवाथोकमा लिला गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा शुक्रवार साँझ आगलागी भएको छ । अचानक विद्युत् लाइन सट भई आगलागी हुँदा कुखुराका चल्ला सहितको फर्म जलेर पुर्ण रुपमा नष्ट भएको हो । आगोलागीबाट करिव १० लाख बराबरको क्षति भएको संचालन गिरीले बताउनुभएको छ । आगोलागी पछि चौतारा साँगाचोकगढी नगरपालिकाबाट बारुण यन्त्र दमकल बोलाएर पानी हाली आगो नियन्त्रणमा लिईएको थियो । गत साता शनिबार चौतारा साँगाचोकगढी नगरपालिका– १० लप्सेमा रहेको विष्णु एग्रो फर्ममा विद्युतको हाई भोल्टेजका कारण आगोलागी हुँदा करोडौ रुपैयाँ बराबरको क्षती भएको थियो ।...

सरकारलाई दुर्गम गाउँका नागरिकका गुनासो

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक चित्र मिजार,सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ का समाजसेवी चक्र रुम्बाले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले नागरिकको जनजीवनमा परिर्वतन ल्याउने कार्य गर्न सुझाव दिनु भएको छ। बिकासका मूलप्रवाहबाट बञ्चित रहेका ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिचाँई, बिद्युत, रोजगारी, भौतिक पूर्वाधार लगायतका काम गर्न रुम्बाले तीनै तहका सरकारलाई सुझाव दिनु भएको छ ।भूमिसुधारका कार्यक्रम ब्यबहारिक रुपमा कार्यान्वयन गर्न, गाउँ–गाउँका बाँझो खेतबारीलाई उत्पादनमा लगाउन मल, जल, सिचाँईमा बजेट उपलब्ध गराई काम गर्न, कृषि पशुपालनमा बिना धितो बिना ब्याजमा ऋण दिन, बास्तविक बिकानलाई मात्रै कृषि अनुदान दिन सरकारलाई उहाँले सुझाव दिनु भयो । कृषिमा प्रर्याप्त बजेट बिनियोजन गरी सदुपयोग गरेमा गाउँमै रोजगारी बढ्ने र बिदेश पलायन हुन नपर्ने उहाँको तर्क रहेको छ । ७० रोपनी जमीनको हदबन्द...

सात महिला चलचित्रकर्मी सम्मानित

बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
काठमाडौँ, २४ फागुन: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल हुनुहुन्छ । उहाँहरुलाई जनही नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।सो अवसरमा मन्त्री शर्माले चलचित्र ऐन छिट्टै बन्ने जनाउँदै संस्थागतरूपमा बोर्डमार्फत सुझाव मन्त्रालयमा पठाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ,“चलचित्र ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समितिलगायतमा बलियो उपस्थिति गराउने छ भन्नेमा म विश्वस्त हुन आग्रह गर्दछु । अब बन्ने कानुनले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य ...

शिव पार्वती रथयात्रा भब्य रुपमा सम्पन्न, १०८ फिट अल्लो मुर्ति निर्माण द्रुत गतिमा

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौ शिवरात्रीको पुर्वसन्ध्यामा मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा शिव पार्वती रथयात्रा बुधबार सम्पन्न भएको छ । ललितपुरको बालकुमारी मन्दीरबाट दर्जनौं गाडीमा हजारौं संख्यामा भक्तजन बाजा गाजा तथा झाँकी जुलुश सहित भक्तपुर सुडालको कलमसिमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको शिवमुर्ती भएको स्थानमा पुगेका थिए । शिवरात्रीको सो अवसरमा १०८ फिट अल्लो मुर्ति भएको मन्दीर परिशरमा विशेष पुँजा–आजा समेत सम्पन्न गरिएको थियो । साथै औपचारिक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधि सभा सदस्य भक्तपुर २ नं क्षेत्रका सासंद दुर्लब थापा, विशिष्ट अतिथि प्रदेश सासंद सुरेश श्रेष्ठ, पुर्वराज्यमन्त्री तारामान गुरुङ, अर्का आर्कषक ब्यक्ति अन्र्तराष्ट्रिय गुरु स्वामि श्री १००८ सत्यदेब महाराजको समेत उपस्थीति रहेको थियो । प्रमुख अतिथि दुर्लभ...

बागमती प्रदेशका छ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले मुख्यमन्त्रीसमक्ष संयुक्तरुपमा राजीनामा दिनुभएको हो । नेपाली कांग्रस संसदीय दलका नेतासमेत रहनुभएका आर्थिक मामिलामन्त्री लामा र खानेपानीमन्त्री तीर्थबहादुर लामा गत वर्ष चैत २६ गते मन्त्री नियुक्त हुनुभएको थियो भने अन्य चारजना गत जेठ ७ गते नियुक्त हुनुभएको थियो । बागमती प्रदेशमा नेपाल कम्युष्टि पार्टीसहित पाँच दलको समर्थनमा ...

मेलम्चीमा सहकारीको अबस्था र संभावित निकासका उपाय विषयक अन्तरसंवाद

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा सहकारीको अबस्था र संभावित निकासका उपायहरू विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सहकारी संघको आयोजना, जिल्ला सहकारी संघ चौताराको सह आयोजना र कोषयस मोबाईल,फाइनान्स टेक्नोलोजीको प्राविधिक सहयोगमा “सहकारीको दिगोपन ःस्वनियमन र सुशासन“भन्ने मुल नाराका साथ मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको उपप्रमुखको सचिवालयले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा प्रधानले सहकारीहरूलाई सहकारीको मूल्य, मान्यता र सुशासन कायम गरि सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले सहकारी जुन उदेश्यले सञ्चालन भएको छ सोहि ढंगले सञ्चालन गर्नका लागि ध्यानाकर्षण गराउनुभयो । उपप्रमुख प्रधानले दुग्ध विक्रेता किसानहरुले अहिले उत्पादन भएको दुध बेच्न समेत नपाएको भन्दै ति किसानकोे समस्यालाई मध्यनजर गर्दै सहकारी अभियान्ताहरूले आवाज उठाउनुप...

लघुकथा केन्द्र सम्मान –२०८० बाट नारायण तिवारी सम्मानित हुने

ब्रेकिङ न्युज २, समाचार
गत फागुन १८ गते शनिबार काठमाण्डौको तीनकुनेस्थित हेभेन टिम्मुर थकाली रेस्टुरेन्टमा हाम्रो लघुकथा केन्द्र नेपालको केन्द्रीय पदाधिकारूहरूको बैठक सम्पन्न भएको छ । नजिकिदै गरेको सँंस्थाको चौथो वार्षिक उत्सवको अवसरमा गरिने कार्यक्रमहरू बैठकले तय गरेको छ । जसअनुसार एकजना सर्जकलाई सम्मान समर्पण गरिने, चार कृतिहरूको विमोचन गरिने, ६१ जनालाई अनलाइन प्रमाणपत्र वितरण गरिने र आजीवन सदस्यहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरिने निर्णय गरेको थियो । हालसम्म ८७ जनाको आजीवन सदस्यतावापत उठेको शुल्कको ५४ प्रतिशत रकम ‘लघुकथा केन्द्र सम्मान झ प्रदानका लागि अक्षयकोष निर्माण गरेको र संस्थाको स्थापना दिवसको अवसर पारेर हरेक वर्ष चैत ३ गतेका दिन लघुकथा लेखन, विकास र विस्तारमा लागि पर्नु भएका एकजना स्रष्टालाई रू ११,१११ नगद र सम्मानपत्र समर्पण गर्ने निर्णय गरेको हो । यसै सिलसिलामा मिति २०८० चैत ३ गतेका दिन संस्थाको च...

सदरमुकाममा रहेको सुन पसल चोरी

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थित गम्भीर राणाले सञ्चालन गर्नुभएको सुन पसल चोरी भएको छ । आइतबार राति सदरमुकाम चौताराको मुख्य बजारमा रहेको जि.आर सुनचाँदी पसलबाट करिब बिस लाख बराबरको धनमाल चोरी भएको व्यवसायी राणाले बताउँनु भयो । उहाँको पसलमा करिब १० तोला सुन ३ किलो चाँदी लगाएतका गरगहना चोरी भएको बताउँनु भयो । ग्लोबल आइ.एम.ई बैंक समेत रहेको घरको मूल च्यानल गेटको ताल्चा फुटाएर चोरहरु भित्र पसि पसलको साइड सटरमा रहेको ताल्चासमेत फुटाएको र त्यहाँ जडित सिसी क्यामाराको डिभाइस समेत चोरी गरेको राणाले बताउँनु भयो । मूल सडकको दृश्य देखिने गरि पसल धनी राना आफैले जडान गरेको सिसि क्यामरा फर्काएर डिभाइस समेत लगेकाले अनुसन्धानमा केही समय लाग्ने भएको छ । जिल्लाको सदरमुकाम चौतारा बजारको अन्य क्षेत्रमा सिसि क्यामरा जडान गरिएता पनि सो क्षेत्रमा कुनै पनि सिसि क्यामरा नभएको र ब...