सम्पर्क

चौतारा अस्पतालले छिटै ‘डायलायसिस’ सेवा सञ्चालनमा ल्याउने छ ः अधिकारी

 

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा मा रहेको चौतारा अस्पतालमा छिटै डायलायसिस सेवा सञ्चालन हुन लागेको छ । चौतारा अस्पतालका सुपरिटेन्डेन्ट गगन अधिकारीले बताउँनु भएको छ । उँहाले लोकप्रिय समाचार सँग कुरा गर्देै यस्तो बताउँनु भयो । प्रस्तुत छ उँहा सँँग अस्पतालका बारेमा गरिएको छोटो कुरा कानीः
यहाँको परिचय दिनुहोस न 
मेरो नाम डा. गगन अधिकारी हो । हाल म चौतारा अस्पतालमा कार्यरत अधिकृत स्तर नबौै तहको मेडिकल सुपरिटेन्डेन्ट छु । मैले MBBS KU affiliated Lumbini Medical College बाट गरे र मास्टर्स जेनेरल सर्जरी IOM बाट गरे । घर मेरो चन्द्रागिरी नगरपालिका वडा नं. ३ थानकोट हो ।
तपाईंको पृष्टभूमि बताइदिनुहोस् न
म मध्यम वर्गीय परिवारको जेठो छोरो हुँ । बुबा राष्ट्रिय बाणिज्य बैंकबाट पेन्सनमा हुनुहुन्छ । दिदी र भाइ अमेरिकामा हुनुहुन्छ । बहिनी राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागीरमा काम गरिरहनु भएकोछ । मेरो श्रीमती नेपाल प्रहरी अस्पतालमा डिएसपी DSP पदमा   MD Pediatrician को रूपमा कार्यरत हुनुहुन्छ । म अहीले चौतारा अस्पतालमा कार्यरत रहेको छु ।

तपाईं स्वास्थ्य सेवामा प्रवेश हुनुभन्दा पहिले के पेशामा रहनु भएको थियो 
म यस क्षेत्रमा प्रबेश हुनु भन्दा पहीले अरु पेशामा लागेको थिइन म सुरुमानै स्वास्थ्य सेवामा नै प्रबेश गरेको हुँ । मैले स्वास्थ्य क्षेत्रमा नै मात्र काम गरे । २०७२ मा ःद्यद्यक् पछि छात्रवृत्ति करारमा वघैडा अस्पताल चितवनमा १ वर्ष काम गरे । २०७३ मा लोकसेवामा खुल्लामा नाम निकालेर प्युठान अस्पतालमा १४ महिना र पाल्पामा १२ महिना काम गरे । तलबी अध्ययन बिदामा TU Teaching Hospital IOM मा जेनेरल सर्जरीमा ३ वर्ष मास्टर्स गरे । हेटौडा अस्पतालमा पनि काम गरे । यसपछि रामेछाप अस्पतालमा काम गरे । अहीले चौतारा अस्पतालमा कार्यरत रहेको छु ।

तपाईंले यो अस्पतालको व्यवस्थापन अनि स्वास्थ्य सेवाका लागि के कस्तो योजनाहरू लागू गर्नु भएको छ 
योजनाहरू भनेका सरकारी अस्पताललाई सर्वसाधरण जनताको सरल पहुँचमा सेवा पु¥याउनु हो । नेपालको संविधान २०७२ को धारा ३५ को स्वास्थ्य सम्बन्धी मौलिक हकमा उल्लेख भए बमोजिम आधारभूत स्वास्थ्य सेवा र इमरजेन्सी स्वास्थ्य सेवा दिनु हो । साथै जनस्वास्थ्य ऐनमा समेटिएका विषेशज्ञ सेवा पु¥याउनु हो । जस्तै अस्पतालमा प्रसुतिजन्य शल्यक्रियामा – cesarean section _नियमित गराउनु, विषेशज्ञ सेवा अन्तर्गत नाक कान र घाटी विषेशज्ञ र मानसिक रोग विषेशज्ञ सेवा नियमित गराउनु, General surgery र हाडजोर्नीका शल्ल्याक्रियाहरु गराउन,  सकेसम्म बिरामीलाई  Refer     नगराई अस्पतालबाट सेवा मिलाउनु, लगाएत रहेको छ । खासगरी सर्वसाधरणका लागी सेवा दिन अस्पताल ब्यवस्थापन समिती, कर्मचारी र स्थानीय नागरिकको पनी सहयोग चाहीन्छ । हामीले त्यो सहयोग पाएका छौ त्यसैले अस्पतालको सेवाहरु तल्लो स्तर सम्म पुर्याउँन सकीरहेका छौ ।
तपाईं सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेको अस्पतालको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । यो अस्पतालबाट के कस्तो सुविधा उपलब्ध गराइएको छ बताइदिनुहोस् न 
हामीले यो अस्पतालबाट इएम् सेवा,२४ घण्टा इमरजेन्सी सेवा,फार्मेसी सेवा,बिरामी भर्ना अन्तर्गत सेवा, सामाजिक सेवा इकाई, एकद्धार संकट  व्यवस्थापन, मुख्यमंत्री जनता स्वास्थ्य कार्यक्रम, स्वास्थ्य बीमा सेवा,जेनेरल सर्जरी सेवा, प्रसूति सल्यक्रिया सेवा,नवजात शिशु सेवा पोषक पुर्नस्थापना केन्द्र आदि सेवाहरु प्रदान गरिरहेका छौ ।

अस्पताल विकासका लागि स्थानीय सरकारले के कस्तो सहयोग गरिरहेको छ 
अस्पतालको स्तर उन्नतीका लागी स्थानीय सरकारको सहयोग महत्वपुर्ण हुन्छ यो सहयोग भएको छ । स्थानीय सरकारको सहयोग र सहकार्य राम्रो छ । अस्पतालको विकासका लागि नगरपालिका र नगरपालिकाको स्वास्थ्य शाखा सकारात्मक हुनुहुन्छ । अस्पतालको सेवा विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यो अस्पतालमा सबैभन्दा बढी कस्ता बिरामीलाई सेवा पाएका छन् 
सरकारी अस्पताल भनेकै प्राय गरीब र मध्यम वर्गले सेवा लिने अस्पताल हो । तसर्थ यस अस्पतालमा पनि गरीब र मध्यम वर्गका स्थानीय बासिन्दाले सेवा पाएका छन् ।

स्वास्थ्य बीमा बारेमा यो अस्पतालले कस्तो व्यवस्था मिलाएको छ 
स्वास्थ्य बीमा सेवा अन्तर्गत ओपिडी, फार्मेसी, सल्यक्रिया आदि यस अस्पतालमा उपलब्ध छन् । सोही अनुरुप छिटो छरीतो रुपमा सेवा पाउने व्यवस्था मिलाएका छौ ।

यो अस्पतालबाट के कस्ता बिरामीलाई उपचार पाउँछन् 
यस अस्पतालवाट सबै खालका बिरामीहरुले उपचार पाउँछन् ।

चौतारा अस्पतालमा कति कर्मचारी छन् सेवा दिनका लागि पर्याप्त छ कि छैन 
अस्पतालमा ७६ जना कर्मचारी छन् । अस्पतालवाट २४ घण्टा सेवा दिनुपर्ने र सेवा विस्तार सगै कामको चाप पनि बढिरहेकाले कर्मचारी पर्याप्त छैनन् । तत्काल विशेषज्ञ चिकित्सक सहित कर्मचारीको ब्यवस्थापन गर्न अत्यावश्यक रहेको देखीन्छ ।

अस्पतालबाट कस्ता कस्ता बिरामीलाई निःशुल्क सेवा पाउँछन् 
गरीब, विपन्न, जेष्ठ नागरिक (६० देखि ६९ सम्मले ५०%, ७० देखि ७९ सम्मले ७५% र ८० वर्ष माथिको १००% निःशुल्क), क र ख वर्गका अपाङ्ग, हिंसा पीडित, वेवारिसे आदिले निःशुल्क सेवा पाउँछन् ।
चौतारा अस्पतालको खास समस्या के हो र समाधान गर्न के गर्नु पर्ला 
खास समस्या भनेको दक्ष विषेशज्ञ र कर्मचारीहरुलाइ उचित प्रोत्साहन दिएर राख्नु नसक्नु, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई उचित आवास नहुनु, कर्मचारी अभाव हुनु र आधुनिक औजार उपकरण नहुनु हो । समाधानका लागि विषेशज्ञ प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने, कर्मचारी पदपूर्ति गरिनुपर्ने र आवश्यक आधुनिक औजार उपकरणको व्यवस्था गरिनुपर्ने हो ।

अस्पतालको भौतिक र आर्थिक अवस्था कस्तो छ 
हाल चौतारा अस्पतालले प्रिफ्यावको भवनवाट सेवा प्रदान गरिरहेको छ छिट्टैनै चिन सरकारको सहयोगमा वन्दै गरेको भवन हस्तान्तरण गर्ने कार्य भइरहेको हुदाँ हामीले नयाँ भवनवाट सेवा दिने छौ । अस्पतालको लागि आवश्यक पर्ने वजेट भनेको मुख्यत बागमती प्रदेश सरकार र संघीय सरकारबाट विनियोजन गर्ने गरेको सोही अनुसार कार्यक्रमहरु संचालन गरिरहेका छौ । त्यसैगरी अस्पताल संचालन तथा व्यवस्थापन समितिको कोषवाट केही कार्यक्रमहरु संचालनमा छ । अस्पताललाई पर्याप्त आर्थिक श्रोत नभएता पनि अस्पताललाई चलाउनु पुगेको छ ।

यहाँको भावी रणनीति के छ 
भावी रणनीतिमा अस्पताललाई विषेशज्ञ सेवा विस्तार गराएर सिन्धुपाल्चोकका सर्वसाधरणको लागि सर्वसुलव सेवा प्रदान गर्ने छ । र छिट्टै डायलायसिस सेवा र फिजियोथेरापी सेवा सञ्चालनमा ल्याउने मुख्य योजना रहेको छ ।

अन्तमा यहाँले भन्नै पर्ने कुरा छ कि 
अन्तमा भन्नुपर्दा अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मी भनेकै सेवा गर्न बसेका हुन्छन् । स्थानियहरु, जनप्रतिनिधिहरु, तिनै तहका सरकारहरू, नागरिक समाज एवम् पत्रकारहरुको साथ सहयोग रहेमा अस्पताल अझै अगाडि बढ्नेछ । र मलाइ मेरो केही भनाइ राख्ने मौका दिनु हुने लोकप्रिय समाचार राष्ट्रीय दैनिकलाइ बिशेष धन्यबाद दिन चाहान्छु ।