काठमाडौँ । आन्दोलनरत स्थानीय तहका कर्मचारी र नेपाल सरकारबीच भएको सहमती विपरित दर्ता गराएको बिधेयक प्रती कर्मचारीहरुले बिरोध जनएका छन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा दर्ता गराएको संघीय निजामती सेवा विधेयक २०८० का सम्बन्धमा स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाललेसंसोधन प्रस्ताव बुझाएको छ ।
माननीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानु भक्त जोसी समक्ष संशोधन प्रस्ताव बुझाएको स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका सह संयोजक राम प्रसाद न्योैपानेले जानकारी दिनु भयो ।उँहाका अनुसार सञ्जालले आज देखी देखि पाटीका प्रमुख सचेतक , सचेतक र राज्यव्यवस्था समितिका सभापतीज्युलाई संशोधन प्रस्ताव बुझाउने कार्यक्रम रहेको ।
स्थानयि तहमा कार्यरत कर्मचारी हरको संजाल को केन्द्रीय कार्यसमितकिो बैठकले “संघले नै प्रमुख प्रशासक पठाउने, अन्तर प्रदेश सरुवा जस्ता विभेदकारी व्यवस्थाप्रति गम्भीर चिन्ता र असहमति जाहेर गर्ने निर्णयगरेको थियो । यसै गरी संघीय सरकारले संसदमा पेश गरेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का केही प्रावधान संशोधन गर्न लागेको विषयमा संजालको पदाधिकारी बैठक बसी संसोधन प्रस्ताव दर्ता गराउँने निर्णय गरेको थियो ।
