नेपाल शिक्षक संघ बागमति प्रदेशको चौथो प्रतिनिधि सभामा प्रदेश अन्तर्गतका १३ वटा जिल्लाहरु मध्ये नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला कार्य समिति उच्च कार्य सम्पादन गरेकोमा सम्मानित भएको छ । नेपाल शिक्षक सङ्घको विधान, मूल्य, मान्यता र आदर्श अनुरूप रचनात्मक क्रियाकलाप तथा उत्कृष्ट साङ्गठनिक गतिविधि सहित सङ्घको कार्यहरु सम्पन्न गरी नेपाल शिक्षक सङ्घलाई गतिशील मर्यादित एवम् गरिमामय बनाउन पु¥याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल शिक्षक सङ्घ बागमती प्रदेशको प्रतिनिधि सभाको पावन अवरसमा उत्कृष्ट जिल्ला कार्यसमितिको रूपमा यो सम्मान गरिएको हो ।

नेपाली शिक्षकहरुको हक र अधिकारका लागि स्थापित नेपाल शिक्षक संघ बागमति प्रदेशको चौथो प्रतिनिधि सभा फागुन २६ र २७ गते काठमाडौंको सुकेधारा स्थित नवदुर्गा भेन्युमा भएको कार्यक्रममा उद्घाटन समारोहमा उत्कृष्ट जिल्ला र जिल्लागत उत्कृष्ट नेपाल शिक्षक संघका स्थानीय समिति र जिल्लागत उत्कृष्ट विद्यालयहरुलाई समेत सम्मान गरिएको थियो । सिन्धुपाल्चोक जिल्लाको उत्कृष्ट स्थानीय समितिको रुपमा नेपाल शिक्षक संघ इन्द्रावती सम्मानित भएको हो ।
उद्घाटन समारोह सम्बोधन गर्दै कार्यक्रमका प्रमख अतिथि एवम् नेपाली काँग्रेसका महान्त्री विश्व प्रकाश शर्माले विद्यालय शिक्षा विधेयकको बारेमा नेपाली कांग्रेसले महासमितिको बैठकमा छलफल भएको पार्टीले त्यसलाई प्राथमिकता राखेको बताउनु भयो । शिक्षण पेसालाई आकर्षक पेसाको रुपमा बनाउन हामी चिन्तनशील रहेको र यस विषयमा हामीले आफ्नो धारणा राख्दै आएको र शिक्षकहरुले पनि शिक्षण पेसामा आफू लागेको कुरा गर्वका साथ पहिचान दिन नहिच्किचाउन पनि आग्रह गर्नु भयो ।
नेपाल शिक्षक सङ्घ बागमती प्रदेश कार्यसमितिको चौथो प्रतिनिधि सभाको कार्यक्रममा शिक्षक सङ्घका आदरणीय प्रदेश अध्यक्ष श्री दिपक सिम्खडाको सभाध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रिय महामन्त्री श्रद्धेय बिस्वप्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको थियो । यसै गरी नेपाल शिक्षक सङ्घ सङ्घीय अध्यक्ष आदरणीय सोमनाथ गिरी एवम् नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति आदरणीय ईन्द्रबहादुर बानियाँ विशिष्ट आतिथि रहनु भएको उक्त कार्यक्रममा शिक्षक सङ्घका सङ्घीय, प्रदेश, १३ वटै जिल्ला तथा ११९ स्थानीय तहका पदाधिकारी एवं प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिमा उद्घाटन सत्र भव्य र सभ्य रुपमा सम्पन्न भएको नृपाल शिक्षक सघंका सुनिल तामाङले जानकारी दिनु भयो । उद्घाटन सत्र पश्चात शुरू भएको बन्द सत्र यही फागुन २७ गतेसम्म जारी रहने छ । दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रमले शिक्षा सङ्ग जोडिएका विभिन्न मुद्धाहरु माथि घनिभूत छलफल गरी बागमती बागमती घोषणा पत्र जारी गर्ने कुरा प्रदेश अध्यक्ष श्री सिम्खडाले बताउनु भयो । कार्यक्रममा जिल्ला अध्यक्षहरुको तर्फबाट मञ्जु, श्रेष्ठ, त्यसै गरि संघीय समितिका महासचिव नारायण तिमिल्सिना, संघीय समितिको अध्यक्ष सोमनाथ गिरी, नेपाली काँग्रेस बागमित प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र निवर्तमान अध्यक्ष राजेन्द्रराज पौडेल लगायतको व्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रमको उद्घघाटन समरोह सके पछि कार्यक्रमको बन्द सत्र आरम्भ भएको थियो । बन्द सत्रमा कार्य समितिका उपाध्यक्ष एवम् महिला विभागका संयोजक कमलाकुमारी थापाद्वारा महिला विभागको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने महासचिव राजेशराज महतद्वारा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा शिक्षा सम्बन्धी धारणा, पेसा सम्बन्धी धारणा, शैक्षिक सवाल र पेसागत मुद्दाहरु र भावी नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । त्यसै गरि समितिको आय व्ययको विवरण महासचिव अर्थ शान्ति गजुरेलको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको थियो भने आगामी कार्यक्रमको लागि पनि अनुमानित बजेट बन्द सत्रका सभासदहरु प्रस्तुत गरेका थिए । प्रदेश अध्यक्ष सिम्खडाले नेपाल शिक्षक संघ बागमति प्रदेशको नीति तथा अवधारण प्रस्तुत गर्दै दोस्रो दिन यिनै प्रतिवेदनहरु माथि छलफल गरि पारित गर्ने गरि पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ ।
