सम्पर्क

कुखुरा फर्ममा आगलागी

पछिल्लो समय सिन्धुपाल्चोकमा विद्युतको हाई भोल्टेजका कारण आगोलागिका घटना धेरै भएका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ पौवाथोकमा लिला गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा शुक्रवार साँझ आगलागी भएको छ ।
अचानक विद्युत् लाइन सट भई आगलागी हुँदा कुखुराका चल्ला सहितको फर्म जलेर पुर्ण रुपमा नष्ट भएको हो । आगोलागीबाट करिव १० लाख बराबरको क्षति भएको संचालन गिरीले बताउनुभएको छ ।
आगोलागी पछि चौतारा साँगाचोकगढी नगरपालिकाबाट बारुण यन्त्र दमकल बोलाएर पानी हाली आगो नियन्त्रणमा लिईएको थियो । गत साता शनिबार चौतारा साँगाचोकगढी नगरपालिका– १० लप्सेमा रहेको विष्णु एग्रो फर्ममा विद्युतको हाई भोल्टेजका कारण आगोलागी हुँदा करोडौ रुपैयाँ बराबरको क्षती भएको थियो ।