सम्पर्क

सरकारलाई दुर्गम गाउँका नागरिकका गुनासो

सिन्धुपाल्चोक
चित्र मिजार,सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ का समाजसेवी चक्र रुम्बाले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले नागरिकको जनजीवनमा परिर्वतन ल्याउने कार्य गर्न सुझाव दिनु भएको छ। बिकासका मूलप्रवाहबाट बञ्चित रहेका ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिचाँई, बिद्युत, रोजगारी, भौतिक पूर्वाधार लगायतका काम गर्न रुम्बाले तीनै तहका सरकारलाई सुझाव दिनु भएको छ ।भूमिसुधारका कार्यक्रम ब्यबहारिक रुपमा कार्यान्वयन गर्न, गाउँ–गाउँका बाँझो खेतबारीलाई उत्पादनमा लगाउन मल, जल, सिचाँईमा बजेट उपलब्ध गराई काम गर्न, कृषि पशुपालनमा बिना धितो बिना ब्याजमा ऋण दिन, बास्तविक बिकानलाई मात्रै कृषि अनुदान दिन सरकारलाई उहाँले सुझाव दिनु भयो । कृषिमा प्रर्याप्त बजेट बिनियोजन गरी सदुपयोग गरेमा गाउँमै रोजगारी बढ्ने र बिदेश पलायन हुन नपर्ने उहाँको तर्क रहेको छ । ७० रोपनी जमीनको हदबन्दी गर्नु पर्नेमा रुम्बाले जोड दिनु भयो ।
भूकम्पले चिराचिरा परेका ठाउँका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने, भूकम्प पीडितका सूचिमा धेरै ब्यक्ति छुटेकाले उहाँहरुलाई अहिलेपनि लाभग्राहीमा समेटेर आवास निमार्णका लागि अनुदान दिइनु पर्ने, आवास बनाउने जमीन फाटेकाका कारण उनीहरुलाई सुरक्षित जमीनको प्रबन्ध मिलाउनु पर्नेमा सरकारको ध्यानकर्षण हुनु पर्नेमा रुम्बाले बताउँनभएको छ। मुटु, मृगौला, क्यान्सर मेरुदण्ड लगायत ठूला रोगका बिरामीलाई निशुल्क उपचार गर्नु पर्ने, ६० बर्षदेखि नै सबै समुदायका ब्यक्तिलाई जेष्ठ नागरिक भत्ताा उपलब्ध गराइनु पर्ने, बौद्ध धर्मको बिकासमा गुम्बा निमार्णमा उचित बजेट छुटाउनु पर्ने, बजेट बिनियोजन गर्दा आवश्यकताको आधारमा जनताको पूर्ण सहभागिता हुने काममा गरिनु पर्ने जस्ता चक्रले तीनै तहका सरकारलाई सुझाव दिनुभएको छ। स्मरण रहोस् की रुम्बा बाह्रबिसे नगरपालिकाकै सबैभन्दा दुर्गम गाउँ धार्पा शम्शेरडाँडाका सामान्य कृषक हुनु हुन्छ । सरकारले उक्त गाउँमा सडक नपु¥याएको अबस्थामा रुम्बाले चौंरी र बाख«ा बेचेर २०६८÷०६९ सालमा ब्यक्तिगत पाँच लाख लगानीमा दुई किलोमिटर दुरीको पूरानोगाउँ मैनापानी शम्शेरडाँडा वालुवा सडक ट्रयाक खनेका थिए । उक्त सडकलाई बाह्रबिसे नगरपालिकाले स्त्तरोन्नति गर्न पनि उक्त गाउँका स्थानीयले जनाएका छन् ।