सम्पर्क

मेलम्चीमा सहकारीको अबस्था र संभावित निकासका उपाय विषयक अन्तरसंवाद

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा सहकारीको अबस्था र संभावित निकासका उपायहरू विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सहकारी संघको आयोजना, जिल्ला सहकारी संघ चौताराको सह आयोजना र कोषयस मोबाईल,फाइनान्स टेक्नोलोजीको प्राविधिक सहयोगमा “सहकारीको दिगोपन ःस्वनियमन र सुशासन“भन्ने मुल नाराका साथ मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको उपप्रमुखको सचिवालयले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा प्रधानले सहकारीहरूलाई सहकारीको मूल्य, मान्यता र सुशासन कायम गरि सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले सहकारी जुन उदेश्यले सञ्चालन भएको छ सोहि ढंगले सञ्चालन गर्नका लागि ध्यानाकर्षण गराउनुभयो । उपप्रमुख प्रधानले दुग्ध विक्रेता किसानहरुले अहिले उत्पादन भएको दुध बेच्न समेत नपाएको भन्दै ति किसानकोे समस्यालाई मध्यनजर गर्दै सहकारी अभियान्ताहरूले आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अनुगमन,मुल्यांकन र नियमनकारि निकाय बलियो बनाई सहकारीलाई अगाडि बढाउन आफ्नो तहबाट सधैभरी साथ र सहयोग रहने समेत प्रतिबद्धता जनाउनुुभयो । कार्यक्रममा बागमती प्रदेश सहकारी संका महासचिव भिमप्रसाद दाहाल,जिल्ला सहकारी सघंका अध्यक्ष दिपकविक्रम थापा लगायतको उपस्थिती रहेको थियो ।