बैक कसुर मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार भएका एक प्रतिवादी २ वर्ष पछि पक्राउ परेकोे छ । जिल्ला अदालत सिन्धुपाल्चोकबाट २०७८ असोज ८ गते बैक कसुर मुद्दामा ३ दिन कैद तथा रु दश लाख जरिवाना पाएर फरार ईन्द्रावती गाउँपालिका –५ निवासी ४५ वर्षीय ज्यान बहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा सम्मानित अदालतले निजलाई लागेको कैद सजाय असुलका लागि जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
