सम्पर्क

ब्रेकिङ न्युज २

नगर प्रमुख बालकृष्ण बस्नेत बिकास प्रेमी नेता हो ः वडाअध्यक्ष तामाङ

अन्तर्वाता, ब्रेकिङ न्युज २, राजनिती, विचार
  सिन्धुपाल्चोक जिल्ला साविक बाह्रबिसे नगरपालिका – ५ बाबु सञ्च बहादुर तामाङ आमा सीतामायाँ तामाङको कोखबाट २०३० सालमा जन्म लिनुभएको विकास प्रेमी समाजसेवी श्याम बहादुर तामाङ हाल वडा नं. ५ को अध्यक्ष हुनुहुन्छ । हाल उहाँ वडा नं. ५ को अध्यक्षका साथै समाजसेवक पनि हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग लोकप्रिय समाचारका संवादाता फुडोमा शेर्पाले गरेको छोटो कुराकानीः तपाईंको परिचय मेरो नाम श्याम बहादुर तामाङ हो । मेरो जन्म वि.सं. २०३० सालमा भएको हो । मेरो बुबाको नाम सञ्च बहादुर तामाङ, आमाको नाम सितामाया तामाङ । मेरो जन्म स्थान बाह्रविसे वडा नं ५ कसेरी भन्ने ठाँउमा हो । मतदानको बेला अनुभव बताइदिनुहोस न मलाई २०७९ सालको बेला चुनौतीपूर्ण थियो । हामी चुनावी मैदानमा उत्रिएका थियौं । मैले बिगतका दिनहरुमा पनी सामाजिक काम गरेर स्थानीय नागरिकलाई सहयोग गरीरहेको थिए । मैले त्यसैका आधारमा यहाँका वडाबासीहर...

सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, ३० फागुन : गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच गए राति पाँच बुँदे सहमति भएको छ । घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–९ थापाचोकका २२ का स्वर्गीय आरती साहका परिवार र गृह मन्त्रालयबीच उक्त सहमति भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । सहमतिपत्रमा साहको कर्तव्यज्यानसम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरू कानुनबमोजिम अदालतमा पेस गर्नेगरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउने तथा अनुसन्धान टोलीले मृतक आरती साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी घटनाको विषयमा अध्ययन गर्ने उल्लेख छ । यस्तै अनुसन्धानबाट प्राप्त प्रमाणका आधार...

चालीसेको योजना थोरै लगानी धेरैलाइ रोजगार

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाका समुदायीक बन अभियान्ता हरुले वनमा खेर गएका सालको पातको सदुपयोग गरी स्थानीयलाइ रोजगारको समेत व्यवस्था गरेका छन । साम सामुदायिक बन उपभोक्ता माहासङ नेपाल सिन्धुपाल्चोकका जिल्ला उपाध्यक्ष सुनकोशी गाउँ पालिका वार्ड नम्बर –७ का शारदा प्रसाद चालिसे ले सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्र स्थपना गरी दुना टपरी उत्पादन गर्ने काम गरिरहनु भएको छ ।सुनकोशी गाउँ पालिका, बलेफी गाउँ पालिका –६ चौतारा साङाचोकगढि नगर पालिका –१० का महिला हरु को सकृयता मा उहाले दुना टपरी उत्पादन गर्ने उद्योग नै सन्चालन गर्नु भएको छ ।  गत मङ्सिर यता दुना टपरी उत्पादन गर्न थालेको दुना टपरी को माग बढेकोले बेच्ने कार्य भ्याइ नभ्याइ छ । स्थानिय उत्पादित दुना टपरी बिक्री गर्छौ उहाले भन्नु भयो दुना टपरी स्थरिय उत्पादन भएको ले निकै रुचाइएको छ । यस्ले बाताबरण संरक्षण मा टेवा पुग्नु को साथै बजारीकरण मा माग बड्द...

सुन जस्तो देखिने पहेलो वस्तु सहित एक व्यक्ति पक्राउ

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं.३ खुर्सानीबारी स्थित प्रहरी चेकपोष्टमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा सुन जस्तो देखिने पहेलो रंगको वस्तु सहित एक व्यक्ति पक्राउ परेका छन् । सोमबार प्रहरीले चेकजाँच गर्ने क्रममा सो वस्तु फेला परेको र उक्त व्यक्तिलाई सामानसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार तातोपानीबाट वाह्रविसे तर्फ आएको भे ११ प ५५८८ नम्बरको सेतो NS मोटरसाईकलमा सवार चालक भोटेकोशी गाउँपालिका वडा नं. ५ बस्ने दावा छिरिङ तामाङको छोरा २३ वर्षिये थर्चेन तेम्बा तामाङलाई रित पुर्वक खानतलासी गर्दा पहेलो रंगको चिजबस्तुहरु बरामद गरिएकोे हो । बरामद गरिएको बस्तुहरुमा YUEPENG GOLD 1 KILO Fine Gold 999.9  लेखिएको Y189784 सुन जस्तो देखिने पहेलो बस्तु, नगद ने.रु.४०३०।– (रु १००० को दर थान ४, रु २० दरको थान १ र रु १० दरको थान १ गरि जम्...

सस्कारको पालना गर्नु नै बुबाआमा प्रती सम्मान हो ः कृष्ण राज श्रेष्ठ

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
धर्तीमा छउन्जेल बृद्ध भएका बुबाआमालाइ सम्मानका साथ पालन पोषण गर्नु र उहाहरुको स्वर्ग पछी उहाहरुले सिकाएको गरेको सस्कार पालना गर्नु मानीसको परम कर्तव्य भएकोको पुर्ब सासद तथा नेकपा एमाले केन्द्रिय सल्लाहाकार समिति सदस्य कुष्ण राज श्रेष्ठले बताउँनु भएको छ । उँहाले आमाले सन्सार देखाउनु हुन्छ बुबाले व्यवहार सिकाउनु हुन्छ । कुनै पनि प्राणिको आमाले आफ्ना सन्तानलाई कहिल्यै पनि दुख नहोस भनेर आफू जस्तो सुकै कष्ट भोगेर भए पनि वालवालिका को भविष्यका लागि यक चित्त भएर लागी रहनु हुन्छ। त्यस कारण आमा बाउ भन्दा सन्सारमा कोही पनी नभएकोे बताउँनु भएको छ । बागमती प्रदेश कमिटी सदस्य ईन्द्र ब नेपाल सिन्धुपाल्चोक जिल्ला,जिल्ला कमिटी सचिब रामचन्द्र बस्नेत, नगर कमिटीका पदाधिकारी हरु , वडा कमिटीका पदाधिकारी हरु, नेकपा एमालेका जिल्ला नेताहरु स्थानीय कार्यकर्ताहरु सहीत सोमबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा प...

अष्ट्रेलियाको मेलबर्नमा १३ औं कँडेल कप सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, विचार, समाचार
अष्ट्रेलियाको मेलबर्नमा १३ औं कँडेल कन्सल्टेन्सी कपको सफलता पुर्वक सम्पन्न भएको छ । अष्ट्रेलियाभरबाट चालिस टिमहरुको सहभागिता रहेको तुर्नामेन्टमा सबै टिमहरुले अद्भुत खेल कला तथा क्षमता प्रदर्शन गरेको समाचार प्राप्त भएको छ । यसपालीको १३ औं कँडेल कन्सल्टेन्सी कपको बिजेताका रुपमा सेन्टजर्ज नेपाली क्लब, सिड्नी स्थापित भएका छन्। कँडेल कन्सल्टेन्सीले बिगत १३ बर्ष देखी यती क्लब मेलबर्नको सहकार्यमा खेलको प्रायोजन गर्दै आएको कन्सल्टेन्सी सन्चालक राज कंडेलले जानकारी दिनु भयो । उँहाले १३ औं कँडेल कन्सल्टेन्सी कपको सफलअता पुर्वक साम्पन्न भएको छ मा सम्पूर्ण टिमका खेलाडीहरुलाई हार्दिक शुभकामना समेत व्यक्त गर्नु भएको छ । उँहाले खेलप्रतिको सहभागी खेलाडींहरुको रुची, लगाव र मेहनत सह्रानीय छ। शुभेच्छुक लगायत मेलबर्नवासी सम्पूर्ण नेपाली समुदायलाई म यस बृहत कार्यक्रमको साक्षी बनि खेलाडीहरुको उत्साह बढाइदिनु भ...

गोल्मा राजारानी सामुदायिक बन उपभोक्ताको वार्षिक साधारण सभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
 गोल्मा राजारानी सामुदायिक बन उपभोक्ता समुहको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार दिगो शान्तिका लागि उन्नत संबन्ध भन्ने नाराका साथ प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरण र माकुरा समुहको आयोजनामा भएको कार्यक्रममा गोल्मा राजारानी सामुदायिक बन उपभोक्ता समुहको आर्थिक सुशासन तथा सिमाना संबन्धी द्वन्द्वमा साझा विकल्प पारितको संयुक्त बैठक समेत सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले अहिले मेलम्ची नगरपालिका भित्र यस्ता बन उपभोक्ता समिती धेरै बनेको देखेको भन्दै त्यसले गर्ने काम कर्तव्य,अधिकारका बिषयमा अनुगमन तथा निर्देशित गर्न आग्रह गर्नुभयो । उहाँले ७ बुदेँ सहमती कार्यन्वयन गर्न बनेको यो समितिको संयोजकले मात्र नभई सबै उपभोक्ता हरुको सहयोगमा छिटो र छरितो कार्यन्वयन हुने भएकाले सबैले सहयोग गर्न आग्रह गर्नुभयो । प्राकृत...

चौतारा अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा पुनः सञ्चालनमा

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
 जनशक्ति अभावमा केही सयम रोकिएको शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा चौतारा अस्पताल सिन्धुपाल्चोकले पुनः सञ्चालनमा ल्याएको छ । दक्ष जनशक्ति नभएको जनाउँदै अस्पतालले सो सेवा बन्द गरेको थियो । यहि माघ २५ गते डा. रोशन चौधरीलाई अस्पतालले नियुक्त गरेसँगै सेवा शुरु गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.गगन अधिकारीको सक्रियता, बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको सहयोगमा अस्पतालले शल्यक्रियामार्फत सुत्केरी सेवा प्रवाह गरेको हो । सेवा शुरु गरिएसँगै जिल्लावासीलाई अन्यत्र जानुपर्ने बाध्यता हट्नुको साथै बाहिर लानुपर्दा हुने लाखौँ खर्च र ज्यानको जोखिम दुवै कम भएको छ । अस्पतालका विशेषज्ञ चिकित्सक डा. रोशन चौधरीले भन्नुभयो, “बच्चा उल्टो बसेको, बच्चा खेल्ने पानी सुकेको, सुत्केरी हुन तोकिएको म्याद नाघेर पनि सुत्...

नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, साहित्य
  सन्जिब दुलाल भक्तपुर । नेपाल साहित्य मन्दिरबाट दुई साहित्यकार सम्मानित भएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा  नेपाल साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकार तर्फ प्रदान गरिँदै आएको कुमार शाखः स्मृति प्रोत्साहन पुरस्कारबाट भने युवा गजलकार अनीश शाक्यलाई सम्मान गरेको हो । नेपाल भाषामा कथा लेखन गर्दै तथा नेपाल भाषामा नै अध्यापन गर्दै आउनु भएकी तुलाधरलाई नगद दश हजार सहित यस वर्षको जरीमाया स्मृति पुरस्कारबाट सम्मान गरिएको नेपाल साहित्य मन्दिरले जानकारी दिएको छ । यस्तै युवा साहित्यकार तर्फ भने नेपाल भाषामा गजल, कविता, लघुकथा लगायत विभिन्न साहित्य रचना लेखनमा सक्रिय रहनुभएका अनीश शाक्यलाई दश हजार नगद सहित कुमार शाक्य स्मृति प्रोत्साहन पुरस्कार प्रदान गरएिको हो ।दुवै साहित्य सर्जकहरूलाई नेपाल साहित्य मन्दिरक...

चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ उपप्रमुख 

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
  मन्दिरा अधिकारीभक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा बन्ने भनेको खेलमैदानले आगामी वर्ष देखि रूप लिने चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बताउनुभएको छ ।  भक्तपुरबाट एक दर्जन भन्दा बढी बेसबलका खेलाडी उत्पादन गर्ने राईजिङ्ग स्टार्स बेसबल क्लबको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले आगामी वर्षको बजेटमा खेल मैदानका लागि रकम विनियोजन तथा काम थालनी गर्ने बताउनुभएको हो । खेल मैदान सम्म्याउन तथा उक्त स्थानको माटो बालुवा व्यवस्थापनका लागि अघिल्लो स्थानीय सरकारले टेन्डर गरे पनि उक्त समूहले समयमा काम गर्न नसक्दा विभिन्न आरोप प्रत्यारोप खेप्नु परेको बताउँदै अव उक्त आरोप प्रत्यारोप भन्दा पनि खेल मैदान बनाउन आफूहरू लागि पर्ने उहाँले बताउनुभएको हो । यस्तै फरक प्रसङ्गमा उहाँले चाँगुनारायण अस्पताललाई वडा नम्वर ४ बाट सार्ने चलखेलको विरुद्धमा आफू अग्रसर भएर लाग्ने समेत बताउन...