सम्पर्क

नगर प्रमुख बालकृष्ण बस्नेत बिकास प्रेमी नेता हो ः वडाअध्यक्ष तामाङ

 

सिन्धुपाल्चोक जिल्ला साविक बाह्रबिसे नगरपालिका – ५ बाबु सञ्च बहादुर तामाङ आमा सीतामायाँ तामाङको कोखबाट २०३० सालमा जन्म लिनुभएको विकास प्रेमी समाजसेवी श्याम बहादुर तामाङ हाल वडा नं. ५ को अध्यक्ष हुनुहुन्छ । हाल उहाँ वडा नं. ५ को अध्यक्षका साथै समाजसेवक पनि हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग लोकप्रिय समाचारका संवादाता फुडोमा शेर्पाले गरेको छोटो कुराकानीः
तपाईंको परिचय
मेरो नाम श्याम बहादुर तामाङ हो । मेरो जन्म वि.सं. २०३० सालमा भएको हो । मेरो बुबाको नाम सञ्च बहादुर तामाङ, आमाको नाम सितामाया तामाङ । मेरो जन्म स्थान बाह्रविसे वडा नं ५ कसेरी भन्ने ठाँउमा हो ।

मतदानको बेला अनुभव बताइदिनुहोस न
मलाई २०७९ सालको बेला चुनौतीपूर्ण थियो । हामी चुनावी मैदानमा उत्रिएका थियौं । मैले बिगतका दिनहरुमा पनी सामाजिक काम गरेर स्थानीय नागरिकलाई सहयोग गरीरहेको थिए । मैले त्यसैका आधारमा यहाँका वडाबासीहरुको माग बमोजिम मैदानमा गएकाले नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उठेको थिए । स्थानीय वडा नं. ५ का जनताहरू मेरै पक्षमा थियो । मैले निर्वाचन जिते म पहिलेदेखी समाजसेवी भएकाले खासै नँया अनुभव चाँहि भएन । तैपनी वडाबासीको समस्या सबै आफ्नै काँधमा आउँदा भारी बोकेको महशुस भने भएकै छ ।

चुनावको बेलामा के कस्तो प्रतिबद्धता देखाउनु भएको थियो
जनप्रतिनिधी नहुँदापनि म समाजसेवामा सक्रिय भएर लागेको मान्छे हो । मैले समाजमा गरेका सहयोगका कारण वडाबासीले मलाई वडाअध्यक्षमा उठाउँन पहल गरेका कारण त्यस्तो प्रतिबद्धता केही गरिराख्नु परेन । तैपनी म नेपाली काँग्रेसको प्रतिनिधी भएकाले पाटीको घोषणा पत्र अनुसार काम गर्ने प्रतिबद्धता जनाएको हो । आबश्यकताका आधारमा बाटो, खानेपानी, शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा बिकास गर्ने भनेको हो ।

अहिलेसम्म के के काम गर्नु भयो
मैले अहिले सम्ममा बिकासका कामहरु श्रोत र साधनले भ्याएसम्म गरेको छु । बिशेष गरी वडाबासीहरुको मतले जितेको हुँदा वडाबासीको माग र समस्याका आधारमा बजेट सम्बोधन भएको छ । खक्दोलदेखि टारसम्म ढलान सिँढी बाटो बनाइएको छ । कसेरी खोलादेवि आधारभूत विद्यालय छेउमा लाकुरी विसाउनी ढलान बाटो नै बनाइएको छ । लगत्तै यस वडा नं. ५ कसेरीमा भिरकुना भङ्ग्दात भन्ने ठाउँमा इश्काईभेटर लागी बाटो राम्रो बनाइएको छ । भुकाम कसेरी बाटोको लागि १० लाख रकम हाली काम गरिएको छ ।
नगरप्रमुखसँग काम गर्दाको अनुभव कस्तो छ
पहिलो कुरा त नगर प्रमुख बालकृष्ण बस्नेत बिकास प्रेमी जनपे्रमी हुनुहुन्छ । बाह्रबिसे नगरपालिकामा नगर प्रमुख हुनुभन्दा पहिले नै उहाँ बिकास पे्रमी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । यसकारण बिकासका लागी उहाँलाई भन्न मात्र पर्छ, श्रोत साधनले भ्याएसम्म बजेटको ब्यवस्था गरिदिनु भएको छ । उहाँले ९ ओटा वडाकै अध्यक्षलाई पक्षपात गर्नु भएको छैन । उहाँले सबै वडामा बराबरी बजेट छुटाई राख्नुभएको छ । मलाई प्रमुखसँग काम गर्न निकै नै रुची लाग्छ र उहाँबाट धेरै कुरा सिक्ने मौका पाईरहेको छु । उहाँ प्रष्ट बक्ताको रुपमा मैले पाएको छु । खाशगरी उहाँले दुखी , असाय, गरिब, मेहनतीवालाको बढी कुरा सुन्नुहुन्छ ।

विकास निर्माणमा यहाँको कस्तो भूमिका रहेको छ
मैले अहिलेसम्म दुई ओटा बजेट विनियोजन गरेको छु । नगरपालिकाले दिने भनकोे त्यहि ५० लाखको हरेक वर्ष, यो दुई वर्षको अवधिमा मैले याङले खोलामा पुल निर्माणको लागि बजेट हालेको छु । तीन ओटा पुल निर्माण गरेको छु । अस्थायी पुल बनेको छ । प्रदेशबाट आउने जलधारको दुईचोटि बजेट परेको छ । कुखुरेमा ६०÷७० घरको लागि ८ लाख रुपैयाँ बजेट परेको छ । भूकम्प ग्रस्त क्षेत्र भएको कारण अहिले विकास गर्दै छ । अब तीन वर्षको अवधिमा के प्रगति गर्न सकिन्छ त्यो बाँकी छ ।
मैले खाशगरी नगर प्रमुख बालकृष्ण बस्नेतसँग मात्र होइन हाम्रा राजनिती बिकासका अभिभावक मोहन बहादुर बस्नेतसँग पनी वडाका समस्याका बारेमा जानकारी गराएको छु । उहाँले वडा मात्र होइन सिङ्गो नगरमा पैसाको अभावले बिकासका काम रोकीन दिन्नभन्नु भएको छ । मागका आधारमा केन्द्र र प्रदेस सरकारबाट बजेटको समेत ब्यवस्था गरिदिनु भएको छ ।

वडा कार्यालबाट के के काम गर्नुहुन्छ
हाम्रो देशमा सघंीयता लागु भएपछी सबै कामहरु वडामार्फत हुने भएकाले सानातिना सिफारिसदेखी लिएर ठुला ठुला कामहरु समेतका लागी वडाको सिफारिस चाहिने भएकाले त्यो काम गर्ने पर्याे । त्यसका साथै कार्यालयको विभिन्न काम गरिरहेको छु । जस्तै नागरिकता बनाउने काम, भूमि सम्बन्धी काम अरू पनि थुप्रै काम भैरहेको हुन्छ । यदि म नआउने भयो भने पनि म वडामा जानकारी गराएर आउँदिन भन्छु । आउने बेला बाँकी रहेको काम गर्ने गर्छु । हप्तामा चार दिन म वडामा बसे भने दुई दिन म राती भएपनि गाउँमा गई रहेको हुन्छु । गाउँको जनताको पिडाहरू बुझि कुनै समस्या म आफैबाट समाधान हुने म आफैले समाधान गर्छु । कुनै प्रमुखबाट हुने काम मैले भनीरहेको हुन्छु । मृगौला, मुटु रोग भएको मानिसलाई सहयोग पुर्याउछु र क्यान्सर लागेको छ भने औषधिको खर्चको लागि सरकारबाट आएको एक लाख पैसा मेरै सिफारिसबाट झिकी दिने गर्दछु ।

अन्तिम मा केही छ की
लोकप्रिय समाचार राष्ट्रिय दैनिक मार्फत आफ्नो विचार राख्ने मौका दिनुभएकोमा बिशेष धन्यबाद दिन चाहन्छु । मैले अझ विकास गर्न पाऊँ भन्दै लोकप्रिय समाचारलाई आगामी दिनमा शुभकामना छ । खाशगरी मैले बिगतमा गरेका कामहरुका बारेमा राम्रा भए राम्रा नराम्रा भए, राम्र भनी सुझाब दिन म सबैसँग आग्रह गर्दछु । मैले गरेका बिकासका कार्यक्रमहरु पारदर्सीता र स्थायीत्व हुनपर्छ भन्ने मान्यता मैले राखेको छु । अन्तमा मलाई बिभिन्न कोणबाट सहयोग गरिरहनु भएकालाई बिशेष धन्यबाद दिदै फेरी पनि सुझाबको लागी अनुरोध गर्दछु ।