सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं.३ खुर्सानीबारी स्थित प्रहरी चेकपोष्टमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा सुन जस्तो देखिने पहेलो रंगको वस्तु सहित एक व्यक्ति पक्राउ परेका छन् ।
सोमबार प्रहरीले चेकजाँच गर्ने क्रममा सो वस्तु फेला परेको र उक्त व्यक्तिलाई सामानसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार तातोपानीबाट वाह्रविसे तर्फ आएको भे ११ प ५५८८ नम्बरको सेतो NS मोटरसाईकलमा सवार चालक भोटेकोशी गाउँपालिका वडा नं. ५ बस्ने दावा छिरिङ तामाङको छोरा २३ वर्षिये थर्चेन तेम्बा तामाङलाई रित पुर्वक खानतलासी गर्दा पहेलो रंगको चिजबस्तुहरु बरामद गरिएकोे हो ।
बरामद गरिएको बस्तुहरुमा YUEPENG GOLD 1 KILO Fine Gold 999.9 लेखिएको Y189784 सुन जस्तो देखिने पहेलो बस्तु, नगद ने.रु.४०३०।– (रु १००० को दर थान ४, रु २० दरको थान १ र रु १० दरको थान १ गरि जम्मा ६ थान), IMEI NO 355194097456752, 355194097534251 भएको LOGICOM लेखिएको किप्याड मोवाईल सेट थान १ रहेको छ । तामाङको डेराकोठा खानतलासी गर्दा विभिन्न व्यक्तिका नाममा रहेका चेकबुक थान ६, विभिन्न व्यक्तिका नामका राहदानी थान ४, विभिन्न व्यक्तिका नामका सिमा प्रवेश अनुमति थान ३, नागरिकता थान १, फोन नम्बर टिपोट डायरी थान १ फेला परेको समेत प्रहरीले जनाएको छ ।
