सिन्धुपाल्चोक जिल्लाका समुदायीक बन अभियान्ता हरुले वनमा खेर गएका सालको पातको सदुपयोग गरी स्थानीयलाइ रोजगारको समेत व्यवस्था गरेका छन ।
साम सामुदायिक बन उपभोक्ता माहासङ नेपाल सिन्धुपाल्चोकका जिल्ला उपाध्यक्ष सुनकोशी गाउँ पालिका वार्ड नम्बर –७ का शारदा प्रसाद चालिसे ले सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्र स्थपना गरी दुना टपरी उत्पादन गर्ने काम गरिरहनु भएको छ ।सुनकोशी गाउँ पालिका, बलेफी गाउँ पालिका –६ चौतारा साङाचोकगढि नगर पालिका –१० का महिला हरु को सकृयता मा उहाले दुना टपरी उत्पादन गर्ने उद्योग नै सन्चालन गर्नु भएको छ ।
गत मङ्सिर यता दुना टपरी उत्पादन गर्न थालेको दुना टपरी को माग बढेकोले बेच्ने कार्य भ्याइ नभ्याइ छ । स्थानिय उत्पादित दुना टपरी बिक्री गर्छौ उहाले भन्नु भयो दुना टपरी स्थरिय उत्पादन भएको ले निकै रुचाइएको छ । यस्ले बाताबरण संरक्षण मा टेवा पुग्नु को साथै बजारीकरण मा माग बड्दो छ ।विभिन्न आकार र साइज को दुना टपरी उत्पादन गरेर बिक्री बितरण भै रहेको छ । उधोग रहेको वर पर को सामुदायिक बन बाट पात संकलन गरि दुना टपरी उत्पादन गर्ने गरिन्छ ।दुना टपरी उत्पादन गर्न कच्चा पदार्थ लाफा बनाउने कार्य चौतारा साङाचोक नगर पालिका –१० सुकुटे र बलेफी गाउँ पालिका –६ अधेरी का महिला हरु गरी जम्मा २० जना सकृय रुप मा सम्लग्न हुनु हुन्छ ।जङ्गल गएर साल्को पात टिपेर सिन्का ले पात जोडेर लाफा तयार गरेर यो उधोग मामेसिन द्वारा दुना टपरी उत्पादन गरिन्छ ।
र उत्पादन भएको सामान माग अनुसार बिक्री गरिन्छ। इसरी स्थानीय स्तरमा यो उद्योगले दुइ दर्जन ब्यक्तीलाइ रोजगारी दिन सफल भएको छ । स्थानीय सरकारले यस्ता उद्योगहरुलाइ प्रोत्साहन दिन सके स्थानीय श्रोत र साधनको सदुपयोग हुनका साथै स्थानीय स्तरमा उत्पादन मुखी रोजगारमा सहज हुने पाइएको छ ।
