सम्पर्क

आबश्यकताका आधारमा प्रमुख,उपप्रमुखद्धारा सहयोग भइरहेको छःवडाअध्यक्ष शेर्पा

सिन्धुपाल्चोक जिल्ला सासबक घुम्थाङ गाविस वडा नं. २ हाल बाह्रबिसे नगरपालिका वडा नं. ७ मा पिता साङदोर्जे र माता गोरी शेर्पाको कोषबाट मिती २०४३ पौेष २ गते जन्मिएका बाह्रबिसे नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ङिमा शेपासँग लोकप्रिय समाचार बाह्रबिसेका संवादाता फुडोमा शेपाले गरेको छोटो कुराकानी ः
तपाईंको परिचय दिनुहोस्
म ङिमा शेर्पा हाल वडा नं. सातको वडा अध्यक्षको रुपमा काम गरिरहेको छु । मेरो घर बाह्रबिसे नगरपालिका हो ।

. तपाईं वडा अध्यक्षमा कसरी चुनिनुभयो
देश संघीय लोकतान्त्रीक गणतन्त्रमा गएपछी स्थानीय तहलाई नागरिकका समस्या समधान गर्ने अधिकार दिएपछी खाशगरी सिंह दरबारको अधिकार गाउँमा आएपछी हामीले स्थानीय सरकार सञ्चालनका लागी वडामा रहेर वडाबासी तथा नगरबासीको सेवा गर्नको लागी २०७९ सालमा भएको स्थानीय निर्वाचनमा वडाबासीको मताद्धारा म वडा अध्यक्षको जिम्मेवारीमा आएको हुँ ।
म यस वडाको नागरिकको सेवा गरिरहेको छु । म खाश गरी पहिले देखी नै सामाजिक काममा लागेको हुँदा वडा अध्यक्षमा चुनिएको छु । मलाई सबै वडाबासीको साथ र सहयोगका कारण वडा अध्यक्षमा वडा बासीहरुकै माग र चाहाना अनुसार उम्मेदवार बनेर चुनाव जितेको हो ।

वडा अध्यक्ष भएपछि तपाईंले के कस्तो सुविधा पाउनुभयो
खाशगरी राजनिती र समाज सेवा भनेको एक अर्कामा नङ र मासु जस्तै सम्बन्ध हुन्छ यसरी भएका सम्बन्धका कारण नै सामाजिक काममा लागेकाहरुलाई स्थानीय नागरिकले मतादान गरेर निर्वाचित गराउँछन् । सामाजिक काममा लागेकाहरुले खाशगरी ब्यक्तिगत भन्दापनी सामाजिक फाइदाका लागी काम गर्नुपर्छ ब्यक्तिगत फाइदाका लागी काम गर्नै त ब्यनपार व्यवसाय तिर लाग्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैले यहाँ के पाइयो भन्नु भन्दा पनी के दिइयो भन्ने तर्फ ध्यान दिनपर्छ । तै पानी मैले नगरबाट वडा अध्यक्ष भएपछि एउटा मोटरसाइकल चढ्न पाइएको छु । यो आबश्यकता पनी रहेछ किन भने वडाबासीका समस्या समधान गर्न, कुन बेला कुन नागरिकलाई सिफारिस चाहिन्छ थाहा हुँदैन अनी आफु नगरपालिका वा अन्य कुनै सरकारी निकायमा गएका बेला तत्काल सिफारिस दिन साधनको अभावले ढिला हुने भएकाले यो साधनले केही समय भने पनी छिटो र छरितो सेवा दिन सहयोग गरेको छ ।

. तपाईंको नगरप्रति भूमिका के कस्तो रहेको छ
हाम्रो नगरप्रति राम्रो भूमिका रहेको छ । हामीले समय समयमा जनताको मागअनुसार काम गरिरहेका हुन्छौं । नगरपालिकामा पनी नगर प्रमुखले यहाँका वडाका नागरिकको समस्यालाई समधान गर्न मैले लगेका योजनाहरु सम्बोधन गरिदिनुभएको छ । सबै ठाँउमा एकै पटक काम सम्पन्न हुन सक्दैन । यस समबन्धमा वडाबासी र मैले पनी बुझेको छु । नगरपालिकाबाट हुने सहयोग श्रोत र साधनले भ्याए सम्म भएकै छ । नगरपालिकामा मेरो भुमिका भनेको नगरबासीको सेवा गर्नु हो । नगर कार्यपालिकामा रहेर नगरका समग्र समस्या समधान गर्नु नै मेरो मुख्य भुमिका रहेको छ । नगर प्रमुख, उपप्रमुख, लगाएत कार्यपालिकाका सबै साथीहरु हाम्रो वडाको समस्याकाबारेमा जानकार हुनुहुन्छ त्यसैले मेरो नगर बिकास प्रतीको भुमिका राम्रो छ ।

. वडाको बजेटलाइ कसरी बिनीयोजन गर्नु भएको छ
हामीले खाशगरी समस्या र मागमा आधारित बजेट विनीयोजन गर्ने गरेका छौ । यस वडामा कुनै ब्यक्ति बिशेष हँुदैन समाजका लागी सामुदयामा आधारित रहेर समस्या र मागका आधारमा बजेट बिनीयोजन हुन्छ जँहा समस्या र आबश्यक छ त्यहाँ वडा सामितीले बजेटको सिफारिस गर्छ त्यही फिारिसका आधारमा बिनीयोजन हुन्छ । बजेट छुट्याउने बेला हाम्रो वडाको समिति बस्छ । आवश्यकताको आधारमा हामीले बजेट बिनियोजन गर्छौ । जहाँ समस्या छ त्यहाँको समस्या समाधान गर्नका लागी हामीले वडाको बजेटको व्यवस्था गरेका छौ । हामीले आबश्यकताका आधारमा खानेपानी , स्वास्थ्य, शिक्षा, कृषी, तथा स्थानीय उत्पादनका लागी आबश्यक बजेट बिनीयोजन गरेका छौ । हाल सालै यस बर्षको बजेटबाट हामीले हामीले ५० लाखको नौ वटा योजनाहरुमा वजेट बिनियोजन गर्यौँ जस्मा पहिले वर्ष १४ वटामा बिनियोजन गरेर कार्य सम्पन्न गरि सकेका छौ ।

वडा अध्यक्षको कतिको व्यस्तता छन् र केके काम गर्नुहुन्छ
संघीय सरकारमा कामको व्यस्तता हुने भनेको वडा अध्यक्षको हो । माथिल्लो तह सांसद, नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष भन्दापनी वडा अध्यक्षको काम अली व्यस्त हुने गर्छ । किनभने वडामा हरेक प्रकारका सिफरिसहरु दिनपर्छ । जुनसुकै बजेटको कार्यन्वयनमा वडा अध्यक्षहरुकै बढी भुमिका हुन्छ । अरु पद भन्दा व्यस्त वडा अध्यक्ष हुनैपर्ने पद हो । वडाले ३५÷३६ वटा सेट बनाइदिएको छ, सिफारिसको काम गर्नुपर्छ, प्रत्यक्ष जनतासँग घुलमिल हुनु पर्दछ त्यसैले वडा अध्यक्ष धेरै व्यस्त हुन्छन् ।

नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसँग कसरी काम गरिरहनु भएको छ
नगरप्रमुख र उपप्रमुख भनेको नगरका सबै वडाहरुको बिकास तथा समाजिक काम हेर्ने पद हो । त्यसैले पनी होला नगर प्रमुख र उप प्रमुख सँँग यस बडाको सम्बन्ध एक दम राम्रो छ । हामीले लगेका योजनाहरु आबश्यकताकाका आधारमा हुन्छन , त्यो आबश्यकता पुरा गर्न प्रमुख उप प्रमुख ले सहयोग गरिरहनु भएको छ । हाम्रो वडा र अरु कुनै वडाको मात्र काम गर्न मिल्दैन, त्यसैले हामी सबैसँग समन्वय गर्ने मात्र हो, बैठक बसेर छलफल गर्ने हो, कार्यक्रमको बारेमा छलफल गर्ने, नीति बनाउँने हो । यस वडाका कामको जिम्मेवारी वडाले नै गर्नुपर्छ । वडाको समस्या समधानका लागी हामीले लगेका योजनाहरुमा बजेट बिनीयोजन गरिदिने समस्या समधानका लागी आबश्यक पहल गरिदिने भएकाले सो काम नगरबाट भइरहेको छ ।
अन्तिममा तपाईंको विचार राख्नुहोस
अन्तिममा म लोकप्रिय समाचार राष्ट्रिय दैनिक मार्फत मेरो विचार राख्ने मौका दिनुभएकोमा धन्यवाद भन्न चाहन्छु । बाह्रबिसे नगरपालिकामा हरेक पटक रेडीयो तथा पत्रपत्रीकाहरु खासै सञ्चालनमा आएपनी स्थायीत्व हुन सकेको थिएन । यहाँहरुले स्थायी रुपमा सञ्चालन गर्नुभयो यसप्रती बिशेष धन्यबाद दिदै लोकप्रिय समाचार परिवारले समाजको बारेमा चित्रण गर्ने काम गरिरहेको छ, यहाँको कामको सफलताको शुभकामना दिन चाहान्छु । साथै सम्पुर्ण वडाबासीहरुले बिकासका लागी आबश्यकताका आधारमा बजेटको माग गर्नु र आफुलाई परेको समस्याका बारेमा सम्पर्क गर्नुहुन अनुरोध समेत गर्दछु ।