सम्पर्क

गोल्मा राजारानी सामुदायिक बन उपभोक्ताको वार्षिक साधारण सभा सम्पन्न

 गोल्मा राजारानी सामुदायिक बन उपभोक्ता समुहको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार दिगो शान्तिका लागि उन्नत संबन्ध भन्ने नाराका साथ प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरण र माकुरा समुहको आयोजनामा भएको कार्यक्रममा गोल्मा राजारानी सामुदायिक बन उपभोक्ता समुहको आर्थिक सुशासन तथा सिमाना संबन्धी द्वन्द्वमा साझा विकल्प पारितको संयुक्त बैठक समेत सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले अहिले मेलम्ची नगरपालिका भित्र यस्ता बन उपभोक्ता समिती धेरै बनेको देखेको भन्दै त्यसले गर्ने काम कर्तव्य,अधिकारका बिषयमा अनुगमन तथा निर्देशित गर्न आग्रह गर्नुभयो । उहाँले ७ बुदेँ सहमती कार्यन्वयन गर्न बनेको यो समितिको संयोजकले मात्र नभई सबै उपभोक्ता हरुको सहयोगमा छिटो र छरितो कार्यन्वयन हुने भएकाले सबैले सहयोग गर्न आग्रह गर्नुभयो । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका क्षेत्रीय संयोजक रिता मानन्धरले यो विबादमा भएका सहमतिको बुदाँहरु कार्यन्वयन गर्नुहुन अनुरोध गर्नुभयो । यो बिबाद समाधान गर्नका लागि अहोरात्र खट्नुहुने माकुरा समूह र प्राकृति श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल सिन्धुपाल्चोकका सहजकर्ता लगाएत अन्य सरोकार समितिलाई धन्यवाद समेत ब्यक्त गर्नुभयो । उहाँले सकेसम्म समाजमा अब यस्ता विबाद हुन न दिन र भै हालेमा छिटै समाधान गर्न यहाँ हरुको उल्लेख्य भुमिका रहनेमा आफू बिश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा प्राकृति श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका सहजकर्ता द्वय बिदुर गिरि र टिका सुवेदी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।