सम्पर्क

चौतारामा भजन प्रशिक्षण शुरु

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम स्थित चौतारामा रहेको कृष्ण मन्दिरमा निशुल्क भजन प्रशिक्षण शुरु गरेको छ ।
२०७२ साल बैशाख १२ गतेको भूकम्पले विनाश गरेको कृष्ण मन्दिरमा पुनः भजन शुरु गर्न स्थानीयवासीलाई प्रशिक्षण शुरु गरिएको हो ।
स्थानीय सम्पदा संरक्षण गुठिको आयोजनामा शुरु गरिएको प्रशिक्षणका लागि काठमाडौँको ज्यापु संस्कृति विकास कोषले विभिन्न बाजाहरू उपलब्ध गराएको छ । प्रशिक्षण श्रीहरि भजन (मृदङ्ग) सुनाकोथीकातर्फबाट प्रदान गरिएको हो । आइतबार पुरानो बजारमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष मङ्गल कृष्ण सिं साथै अन्य पदाधिकारीले विभिन्न बाद्य सामाग्री हस्तान्तरण गर्नुभयो । गुठिका अध्यक्ष रविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा चौताराका विभिन्न खलः साथै पुचःका पदाधिकारी साथै स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रममा कोषका उपाध्यक्ष सन्त कुमार महर्जनले चौतारामा नेवाः संस्कृतिको पुनरोत्थानमा सहयोग पुर्याउन सकेकोमा खुशी व्यक्त गर्नुभयो । प्रशिक्षण सुनाकोथीका प्रशिक्षकद्वय सुरेन्द्र महर्जन र उमेश महर्जनले प्रदान गर्नुभएको छ । कार्यक्रमले भूकम्पपछि चौताराको कृष्ण मन्दिरमा टुटेको भजन संस्कृतिलाई निरन्तरता दिन उपयोगी हुनेमा स्थानीयले आशा व्यक्त गरेका छन् ।