सर्जक किशन पौडेलको हिन्दीमा अनूदित लघुकथासङ्ग्रह अन्तर्दृष्टिको विमोचन भएको छ । वसन्त पञ्चमीको अवसर पारेर फेसबुकको माध्यमबाट भारतीय सानी नानी आदिका अग्रवालबाट उक्त कृतिको लोकार्पण भएको हो । पंख प्रकाशन मेरठबाट प्रकाशित भएको उक्त कृतिमा भारतका समालोचक एवं वरिष्ठ लघुकथाकार डा.बलराम अग्रवालको भूमिका लेखन रहेको छ । प्रस्तुत कृति अन्तर्द्वन्दको विमोचन र समीक्षा नेपाल भारत साहित्य महोत्सवमा पुनः पनि गरिएको
ड्ड साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । गण्डकी प्रतिष्ठान, पोखराको आयोजनामा फागुन ५ गते शनिबार, पोखरामा प्रतिष्ठानका उपाध्यक्ष कल्याण पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । अग्रज साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, कृतिकार थापा , रमेश श्रेष्ठलगायतले कृतिको सामूहिक लोकार्पण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले लघुकथा आकारका दृष्टिले सानो भएका कारणले मात्र नभई यसको क्षमताकै कारणले लोकप्रिय भएको मत राख्दै विराट् विश्वलाई अटाउन सक्ने क्षमता लघुकथाले धारण गरेको भनाइ राख्नुभयो । माया पब्लिकेसनले प्रकाशन गरेको मान्छे हराएको मान्छेमा ७० थान लघुकथा समेटिएका छन् । कृतिको समीक्षा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले विषयगत विविधता ‘मान्छे हराएको मान्छे’ को वैशिष्ट्य भएको बताउँदै उहाँले कृतिकार थापालाई सामाजिक यथार्थवादी साहित्यकारका रूपमा चिन्न सकिने बताउनु भयो ।
कृतिकार थापाको परिचय दिँदै दीपक समीपले उहाँ विचारको प्रयोग र शब्दहरूको सदुपयोग गर्न सक्ने साहित्यकारकारूपमा दरिनु भएको मत व्यक्त गर्नुभयो । कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव अमृतले गरेका थिए ।
ड्ड २०८० फागुन १२ गते , भाषाशास्त्री बालकृष्ण पोखरेलको पाँचौ स्मृति दिवसको अवसरमा सर्जक मुनाल पोखरेलको गिद्धे लुछाइ लघुकथासङ्ग्रहको विमोचन भएको छ । रूपात्रेय बालकृष्ण – शान्ता वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिती कविराज न्यौपाने ,विवश पोखरेल, बालराम पोखरेल , एन पी आचार्य , गङ्गा सुवेदीलगायतले कृतिको संयुक्त रूपमा विमोचन गर्नु भयो । ५८ थान लघुकथाहरू समेटिएका विमोचित कृतिको समीक्षा हरि कट्टेलले गर्नु भएको थियो । कार्यक्रमका सभाध्यक्ष कृतिकार पोखरेलले उपस्थित सबैप्रति आभार व्यक्त गर्नु भयो ।
ड्ड साहित्यकार गोविन्द गिरी प्रेरणाको पहिलो लघुकथासङ्ग्रह ’बिसौँ शताब्दीको अद्वितीय खेल’ फागुन १६ गते बुधबार काठमाण्डौँमा लोकार्पण भयो । नेपाल स्रष्टा समाज,काठमाडौं नेपालले आयोजना गरेको सो कार्यक्रममा संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ ’रोदन’ ले सभापतित्व गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.दयाराम श्रेष्ठले कृतिको विमोचन गर्नु भयो । लघुकथाको बिधागत गान बजाएर विमोचन गरिएको सो कार्यक्रममा चेतनाथ कणेल ’हरित’ले स्वागत मन्तव्य राख्नुभएको थियो । साहित्यकार किशोर पहाडीले शुभकामना मन्तव्य राख्ने क्रममा कृतिकार प्रेरणासंग लघुकथाको सन्दर्भमा पुरानो सम्बन्ध रहेको बताउनु भयो । लेखकीय मन्तव्यमा कृतिकारले पहिलादेखि नै लघुकथाहरू लेखेको भए पनि स्रष्टा मित्रहरूकै आग्रहमा अहिले आएर पुस्तक प्रकाशन गर्न हौँसिएको बताउनु भयो । मन्तव्यकै क्रममा कार्यक्रमका सभापती रोदनले लघुकथाका बारे चर्चा गर्दै लघुकथा विधा सशक्त र लोकप्रिय रहेको बताउनु भयो ।
नेपाल स्रष्टा समाजका महा–सचिव देविका तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रममा पवन आलोक,डा.विप्लव ढकाल, राधेश्याम लेकाली,शरद प्रधान,प्रमोद प्रधान,लता के.सी.,मधु पाठक,मणि लोहनी,अश्विनी कोइराला,राजेश खनाल लगायत झण्डै २ दर्जन स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
ड्ड फागुन महिनामा हाम्रो लघुकथा केन्द्रमा पोष्ट भएका लघुकथा सङ्ख्या ४५१ रहेको र नयाँ लघुकथाकार थपिने क्रम जारी रहेको छ । यस महिनामा नयाँ लघुकथाकारहरू ,
ड्ड नेत्रप्रसाद न्यौपाने
ड्ड रामकुमार बिष्ट बिष्ट अङ्कल
ड्ड दीपा समभाव
ड्ड आदीप रानाभाट रहनु भएको जानकारी चौबिस घण्टामा लघुकथा कार्यक्रमका संयोजक तथा व्यबस्थापक छविलाल खड्काले गराउनु भएको छ ।
ड्ड लघुकथा समाज कोशी प्रदेशले माघ महिनाको लघुकथा प्रतियोगितामा उत्कृष्ट तीन लघुकथा छनोट गरेको छ । स्वतन्त्रता विषयमा लेखिएका उत्कृष्ट तीनमा लघुकथाहरूमा क्रमशः रुद्र अधिकारीको “न्याय“ ,ललिता दोषीको “स्वतन्त्र“ र कुमार काफ्लेको “स्वतन्त्र“ रहेका छन् भनेर कोशी प्रदेश मुहार पुस्तिकाका व्यबस्थापक मनीषकुमार शर्मा ’समित’ ले बताउनु भएको छ ।
ड्ड क्रान्तिधरा साहित्य एकेडेमी (मेरठ ,भारत ), गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा फागुन १०–१२ तीन दिवसीय कार्यक्रम पोखारामा सम्पन्न भयो । सो कार्यक्रम क्रान्तिधरा साहित्य एकेडेमीका संस्थापक विजय पण्डितको संयोजकत्वमा र डा. बलराम उपाध्यायको सभाध्यक्षमा भएको थियो ।
फागुन १० गते कार्यक्रमको उद्घाटन सत्रमा किसन पौडेलकृत् अन्तर्द्वन्द र श्यामप्रसाद श्रेष्ठद्वारा लेखिएको व्यथाभित्रको कथा नामक लघुकथासङ्ग्रहको लोकार्पण भयो । कार्यक्रममा नेपालका तर्फबाट पदमराज ढकाल , सरूभक्त श्रेष्ठ ,घनश्याम परिश्रमी , कृतिकार , चन्द्रप्रसाद न्यौपाने र भारतका तर्फबाट गणेशप्रसाद लाठ, सत्येन्द्र दहियाले सामूहिक विमोचन गर्नु भयो उक्त अवसरमा हाम्रो लघुकथा पाठशाला ( केन्द्र) ले निर्माण गरिएको लघुकथा गान विशेष महत्वका साथ बजाएर कार्यक्रम आरम्भ गरिएको थियो । उद्घाटन सत्रपछि आरम्भ भएको लघुकथा सत्रमा नेपाली र भारतीय लघुकथाकारहरूले लघुकथा वाचन गर्नु भयो । लघुकथा सत्रका प्रमुख अतिथि डा. पुष्करराज भट्ट र भारतका साहित्यकार विभा रानी श्रीवास्तवले लोकार्पित कृतिमाथि चर्चा गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन हाम्रो लघुकथा केन्द्रकी उपसचिव तथा व्यबस्थापक पौडेल बिमुन्सले गर्नु भएको थियो ।
ड्ड श्यामप्रसाद श्रेष्ठकृत व्यथाभित्रको कथा लघुकथासङ्ग्रहको पुनः पनि गृह लोकार्पण भएको खवर प्राप्त भएको छ ।
मातृभूमि साहित्य समाजको आयोजनामा फागुन २६ गते शनिबार हेटौडामा एक विशेष कार्यक्रममा कृतिको विमोचन र समीक्षा गरिनुका साथै कृतिबाट लघुकथा वाचन समेत गरिएको थियो ।
ड्ड स्रष्टा साँझ अमेरिकाको आयोजनामा फागुन १३ गते आइतबार विवेक शर्मा गौतमद्वारा लिखित जेई लघुकथासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
अग्रज साहित्यकार ध्रुव मधिकर्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा परिचर्चाकारहरू वन्दना घिमिरे , इन्दिरा चापागाईं, डा. हरिप्रसाद भण्डारी , डा. शेखरकुमार श्रेष्ठ , डा. कुसुमाकर शर्मा गौतम र खेमराज पोखरेल रहनु भएको थियो । उहाँहरूले किताबको नाम जेईको खुलेरै प्रशंसा गर्नु भयो । लघुकथा बिधा सानो भएपनि जेईले दिएको सन्देश पूर्ण रहेको र उपदेशकारूपमा नआएको बताउनु भयो । कृतिभित्र समेटिएका ५१ थान लघुकथाहरूले शैक्षिक ,राजनितिक , सामाजिक विकृतिप्रति व्यङ्ग गरेको , प्रतीकात्मक शैलीमा बुनिएको , विषयवस्तु र शैलीका आधारमा हेर्दा नवीनताको प्रयोग गरेको , भावप्रदान रहेको , संवेदना पोखिएको, रसका दृष्टिले उत्तम रहेको , सिर्जनालाई मानक बनाउन लेखकले सक्दो प्रयास गरेको , मानव र मानवेतर पात्रको प्रयोग भएको
बताउनुभयो । समग्रमा कृति पठनीय रहेको बताउँदै कृतिकारको संक्षिप्त परिचयमाथि प्रकाश पार्नु भयो । लघुकथा गान झ बजाएर कार्यक्रमको सुरूवात गरिएको सो कार्यक्रममा कार्यक्रममा रञ्जु खनाल र राजेश अर्यालले कृतिकारले बधाई तथा शुभकामना दिनुभयो ।
कृतिको परिचर्चाका साथै कार्यक्रममा लघुकथाको प्रशिक्षण गर्ने शैली अपनाइएको थियो । कार्यक्रमको अन्त्यमा कृतिकारले कार्यक्रमका सभाध्यक्ष , परिचरचाकारहरू , पाठक , श्रोता सबैप्रति आभार व्यक्त गर्नुभयो । सभापती मधिकर्मीले कार्यक्रम निकै फलदायी र प्रभावकारी भएको बताउँदै सबैलाई धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गर्नुभयो । कार्यक्रमको सञ्चालन प्रा विश्वराज अधिकारीले गर्नु भएको हो ।
ड्ड फागुन २० गते आइतवार स्रष्टा साँझ अमेरिकाको आयोजनामा किसन पौडेलको हिन्दीमा अनुवाद गरिएको अन्तर्द्वन्द लघुकथासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भयो ।
प्रा. विश्वराज अधिकारीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा परिचर्चाकारहरू खेमराज पोखरेल, डा. कुसुमाकर शर्मा गौतम, मनीषकुमार शर्मा समित, पौडेल बिमुन्स , सञ्जय शाह मित्र, डा. विष्णु भण्डारी र डा. बलराम अग्रवालको उपस्थिति रहेको थियो । नेपाली र हिन्दी साहित्यकारहरूमा सम्बन्ध जोडने र नेपाली समाजमा अन्तर्निहित विषयवस्तुहरू हिन्दी साहित्यसमक्ष पुर्याउने काममा अन्तर्द्वन्द कृतिले सेतुको कार्य गर्ने अर्थमा ठूलो महत्व रहेको धारणा कार्यक्रममा व्यक्त भएको थियो । अन्तर्द्वन्द लघुकथासइ्ग्रहमा नाटकीय शैली र नवीन स्वाद पाइने , परम्परागत विषयमा नयाँ शैलीको प्रस्तुती पाइने , चिन्तन , विचार र दर्शन पक्ष पाइने , घटनालाई प्रस्तुत गर्ने क्रममा कृतिकार विचारकको रूपमा उभिएको , प्रकृति र मानव जीवनको संयोजन रहेको , लघुकथामा सुक्ष्मता , सादृश्य शैली , प्रतिध्वनि उत्पन्न गर्ने र मौलिकपन पाइएको धारणा परिचर्चाकारहरूको रहेको थियो ।
लघुकथा गान बजाएर सुरू गरिएको कार्यक्रममा पौडेल बिमुन्सले नेपाली भाषामा बोलिएका विचारलाई हिन्दी भाषामा सारसंक्षेपमा प्रस्तुत गर्नुले कार्यक्रममा रोचकता थपेको थियो ।
कार्यक्रमको अन्त्यमा कृतिकारले साहित्य भनेको समाज र समयको ऐेना हो । कार्यक्रम सबैका लागि उपलब्धीमूलक रहेको धारणा व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
ड्ड फागुन २६ गते शनिबार पोखरामा सर्जक दीपक समीपको नदीको राजमार्ग लघुकथासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न
भयो । ¥याण्डम रिडर्स सोसाइटीको आयोजनामा भएको सो कार्यक्रममा संस्थाका अध्यक्ष रुपिन्द्र प्रभावीको सभापतित्व रहेको थियो । सर्जक जनार्दन दाहालले अवधारणापत्रसहित कृतिको परिचर्चा गर्नुभयो । दैनिकी, व्यक्तिवृत्त, उपशीर्षकको प्रयोगलगायत नवीन शैलीमा समीपले लघुकथा लेखेका उहाँको भनाइ थियो । दाहालले भन्नुभयो , “समसामायिक विषयवस्तुलाई उठाइएका उनका लघुकथामा मानवीय स्वभाव, समाजको वास्तविकता, विकृत राजनीति, प्रेम र यौन, समस्याग्रस्त मान्छेको चित्र, व्यक्तिगत जीवनका निजी भोगाइ, विसङ्गति र कुरीतिको विरोध जस्ता मुख्य विषयलाई लघुकथाको केन्द्र बनाइएको छ ।”
नेपालप्रकाश अधिकारीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा डा. राजेन्द्र चापागाईँ, डा. भूमिराज बस्ताकोटी, प्रेमनारायण ढकाल, कल्याण पन्तलगायतले टिप्पणी गर्नु भएको थियो ।
ड्ड यसैगरी फागुन २७ गते आइतवार स्रष्टा साँझ अमेरिकाको आयोजनामा श्यामप्रसाद श्रेष्ठको व्यथाभित्रको कथा लघुकथासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भयो । परिचर्चाकारहरू डा. कुसुमाकर शर्मा गौतम , डा. शेखरकुमार श्रेष्ठ, हयग्रिव आचार्य , किसन पौडेल , वन्दना घिमिरेर रन्जु खनालले कृतिको बिहङ्गम परिचर्चा गर्नु भयो । फागुन २६ गते शनिबार मातृभूमि साहित्य समाजको आयोजनामा सर्जकको गृह नगर हेटौडामा पनि प्रस्तुत कृतिको समीक्षा भएको थियो । समीक्षक घनश्याम घिमिरे र परिचर्चाकार हयग्रिव आचार्य
रहनु भएको थियो ।
ड्ड लघुकथा प्रतिष्ठान, पोखराको नियमित लघुकथा वाचनको ५८ औँ शृङ्खला फागुन १२ गते शनिवार सम्पन्न भयो । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लघुकथा वाचन र मन्तव्यको क्रमलाई जोडिएको थियो । लघुकथाकारहरू अल्पविराम पोखरेली, दीपक समीप, शिवु ढकाल, शोभा लामिछाने, ढाकामोहन बराल, गीता तिवारी, विष्णु बास्तोला, किसन पौडेल, श्याम श्रेष्ठले आफ्ना लघुकथा वाचन गर्नुभयो । कार्यक्रममा लघुकथाकारविद् डा. पुष्करराज भट्टले मन्तव्य राख्नु भएको थियो । उहाँले लघुकथा सूत्रात्मक संरचना भएको आख्यानात्मक विधा भएको बताउदै , आफूले प्रष्ट नपारे पाठकले नबुझ्ने हुन् कि ? भन्ने कतिपय सर्जकले भ्रम पालेको बताउनु भयो । वास्तवमा चरित्र, परिवेश आदि चित्रण गर्नु लघुकथाको विशेषता होइन । लेखक र समालोचकबिच स्वस्थ अन्तरक्रिया हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
रुपिन्द्र प्रभावीले सञ्चालन गरेको उक्त कार्यक्रममा अध्यक्ष पन्तले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।
ड्ड फागुन १९ गते शनिबार, स्रष्टा दिप मग्रातीको स्व.आमाबाबुको पुण्य स्मृतिमा कण लघुकथा मञ्च ( कलम ) द्वारा बेलबारी, मोरङको आदिवासी सभाहलमा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको थियो । स्रष्टा मग्रातीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिराटनगर,धरान, दमकलगायत पूर्वका लगभग ६ दर्जन साहित्यकारहरूको उपस्थिति रह्यो । कोशी प्रदेशका प्रथम महिला लघुकथाकृतिकार उमा सिजापतीले उपस्थित सबैलाई स्वागत गर्नुभयो । कार्यक्रममा पी पी कोइराला , रोशन पराजुली , अनु विज्ञाति , सीता रेग्मी , श्रीप्रसाद पोखरेल , शुक्रराज कुँवर लगायत करिवन २ दर्जन लघुकथाकारहरूले लघुकथा वाचन गर्नु भयो । सो अवसरमा प्रमुख अतिथि विवस पोख्रेलले वाचित लघुकथाका विशेषताका बारेमा बोल्नु भयो । शारदा दाहाल भण्डारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
ड्ड सामाजिक सेवा र साहित्यसंग आबद्ध मुहार पुस्तिका ञआस्लुनझ ( एक्टिभ सोसल सर्भिस एण्ड लिटरेरी युनिट नेपाल ) ले आस्लुन वार्षिक सप्ताह –२०८० मनाएको छ । फरक दिन फरक साहित्यिक बिधाको रचना वाचन गर्ने क्रममा कार्यक्रमको पाँचौँ दिन फागुन २२ गते मंगलबार लघुकथा सत्रमा लघुकथाको वाचन तथा लघुकथासम्वन्धि विचार प्रवाह गरिएको थियो । पेजका संस्थापक सुशील आचार्यको सभापतीत्वमा सम्पन्न सो कार्यक्रम स्ट्रिमयार्ड प्रविधिमार्फत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा. पुष्करराज भट्टले लघुकथा वाचन गर्नुका साथै नेपाली लघुकथाको अवधारणा र विकासक्रमबारे प्रकाश पार्नुभयो । अतिथित्रय अनु विज्ञाति , सीता रेग्मी र शारदा दहाल भण्डारीले लघुकथा वाचन गर्नु भयो साथै लघुकथा लेखनमा सिकारुका लागि मार्गदर्शन र मानक लघुकथा लेखनमा विषयवस्तुको चयनबारे उहाँहरूले आफ्ना धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथि भट्टले कार्यक्रमको समीक्षा गर्नु भयो । उपस्थित अतिथिलगायत कार्यक्रम व्यवस्थापन गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएर सभापती आचार्यले कार्यक्रम समापन गर्नु भयो । आस्लुन कार्य समिति सदस्य निशा सापकोटाले लघुकथा गान बजाएर कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
समाचार सङ्कलन – लता के. सी .
समाचार सम्पादन – राजु क्षेत्री अपुरो
