विपत्तिबाट विस्थापित बाह्रबिसेका २२ परिवारलाई जग्गाको पुर्जा
कुमार बस्नेत (अधिराज) / बाह्रबिसे
प्राकृतिक विपत्तिबाट विस्थापित भएका बाह्रबिसे नगरपालिकाभित्रका २२ घर परिवारले शनिबार घर निर्माणका लागि जग्गा धनी पुर्जा पाएका छन् ।
बाह्रबिसे नगरपालिकाभित्र बाढी, पहिरो तथा प्राकृतिक विपत्तिको मारबाट विस्थापित भएका परिवारलाई नगरपालिकाभित्र जग्गा उपलब्ध गराइ पुर्जा वितरण गरेको बाह्रबिसे नगरपालिकाले जनाएको छ । ’हामीले बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट विस्थापित भएर घरबार तथा जग्गाविहीन भएका स्थानीयको पहिचान गरी जग्गा धनी पुर्जा दिएका छौं, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले विपत्तिको मार खेप्नु परेको थियो,’ नगर प्रमुख बालकृष्ण बस्नेतले भन्नुभयो । नगरभरिको प्राकृतिक विपत्तिबाट विस्थापित भएकाहरूको पहिचान गरेर यसअघि १४ घर परिवार र शनिबार २२ घर परिवारलाई पुर्जा दिएको बस्नेतले बताउनुभयो । ’सिन्धुपाल्चोकमा स्थानीय तहमा सम्भवतः बाह्रबिसे नगरपालिका पहिलो हो...
