सम्पर्क

फटकशिला माविको विव्यस अध्यक्षमा शम्भु दंगाल

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ मा रहेका फटकशिला माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शम्भु प्रसाद दंगाल निर्वाचित हुनुभएको छ ।
नगर शिक्षा शाखाका प्रतिनिधि सुनिल कुमार भण्डारीको संयोजकत्वमा गठित निर्वाचन समितिद्धारा स्थानिय शिक्षा ऐन अनुसार निर्वाचित हुनुभएका विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शम्भु प्रसाद दंगाल र सदस्यहरुमा प्रशिका तामाङ, सुविन दनुवार, विनोद दनुवार रहनुभएको छ । त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा बलराम दनुवार र सदस्यहरुमा बेली दनुवार, समिता दनुवार निर्वाचित हुनुभएको नगर शिक्षाका प्रतिनिधि श्रोतका सुनिल कुमार भण्डारीले जानकारी दिनुभयो । उहाँले नवनिर्वाचित टिमलाई कार्यकाल सफलताको शुभकामना दिदै विद्यार्थीको शैक्षिक विकासमा शिक्षक वर्ग, विद्यार्थी, अभिभावक र व्यवस्थापन टिम सबैको उत्तिकै महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष श्रीराम घोरासाइनी, नगर शिक्षा शाखाका प्रतिनिधि सुनिल कुमार भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम दंगाल, पुर्व विव्यस.अध्यक्षहरु, समावसेजी, बुद्धिजिवि, शिक्षासेवी, प्र.अ. हरिप्रसाद पौडेल, शिक्षक वर्गहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु एवं अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौडेलले विद्यालयको शैक्षिक प्रतिफलको विषयमा चर्चा गर्दै सोचे अनुसारको नतिजा निकाल्न नसकेकोमा चिन्तित भएको बताउनुभयो । उहाँले भन्नुभयो हाम्रा विद्यार्थीहरु फेल हुँदा हामी फेल भएका छौ, अभिभावक फेल भएका छन् । विद्यार्थीको पढाइको विषयमा घरमा अभिभावकले पनि विशेष चासो राख्नु पर्छ भन्दै आफ्ना छोरा छोरीको पढाईको अवस्थाको बारेमा बेला बेलामा स्कुलमै आएर निगरानी राख्नु पर्ने समेत बताउनुभयो । त्यसैगरी विव्यस अध्यक्षमा शिवराम दंगालको कार्यकाल अहिले सम्मकै उत्कृष्ट रहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम दंगालले ३ वर्षे कार्यकालमा भएका कार्यहरुको चर्चा गर्दै विद्यालयको रङरोगन, विद्यालयसम्म पुग्ने बाटोको ढलान, पक्की ट्वाइलेट, ग्राउनमा इन्टरलक, कर्मचारीहरुलाई सु–व्यवस्थित गर्न इ–हाजिरी सिस्टम जडान लगाएतका थुप्रै कार्य गरेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो पहुँचले भ्याएसम्म आगामी दिनहरुमा पनि विद्यालयको वृद्धि विकासमा सधै लागि रहने प्रण गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष शम्भु प्रसाद दंगालले सामुदायिक विद्यालयको शैक्षिक अवस्था नाजुक रहेको उल्लेख गर्नुभयो । फटकशिला माविको शैक्षिक नतिजालाई हेर्दा झनै ओरालो लाग्दै गएकाले यसलाई सुधार्न शिक्षक वर्गहरुकै बढी जिम्मेवारी र दायित्व हुनुुपर्ने बताउदै भौतिक पुर्वाधारमा सहज भएपनि शैक्षिक प्रगतीमा सुधार हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुैभयो ।
विद्यालयको शैक्षिक स्तर प्रति विद्यार्थी अभिभावकहरुले विश्वास गर्न लायक बनाउनु पर्नेमा जोड दिदै शैक्षिक प्रतिफल राम्रो नआएसम्म समुदायबाटै विश्वास गुम्दै जाने खतरा रहेको उल्लेख गर्दै त्यसलाई चिर्न शिक्षक वर्गले नै थप मेहनत गर्नुुपर्ने उल्लेख गर्नुभयो ।
उक्त विद्यालयमा ३ सय विद्यार्थीहरु रहेकोमा ८० प्रतिशत सिमान्तकृत जनजाती विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् ।
उनिहरुका लागि शैक्षिक सामाग्रीहरु सहयोगको आवश्यकता रहेसँगै विद्यालयलमा पुस्तकालय, आइटिसि व्यवस्थापन, व्यवस्थित खानेपानी, घेराबार र चिल्डेन पार्क हरित विद्यालय निर्माणको लागि सरोकारवाला निकाय एवं सेवामुखी विभिन्न संघ संस्थाहरुलाई सहयोगको निम्ति विद्यालयको तर्फबाट अपिल गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीकै खाजा कार्यक्रमबाट भान्सेको व्यवस्थापन गर्दै आएकोले, त्यसलाई व्यवस्थित बनाउन एकजना भान्सेको लागि स्रोतको कुनै व्यवस्था नभएको हुदा यसमा पनि सम्बन्धित निकायको ध्यानाकर्षण होस भन्ने विद्यालयले अपेक्षा गरेको छ ।