अनेरास्ववियु सिन्धुपाल्चोकको अध्यक्षमा रविन वाइबा निर्विरोध निर्वाचित हुनुभएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुपाल्चोकको २७ औ जिल्ला अधिवेशनबाट रविन वाइबाको अध्यक्षतामा ३९ सदस्य जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा कृष्ण न्यौपाने, सचिव शुसिल लोप्चन सह–सचिवहरुमा किसन दुलाल, सविना कार्की, रामहरी कार्की, हरिशरण सुनार र उज्जवल रायमाझी, कोषाध्यक्षमा अमिर श्रेष्ठ र कार्यालय सचिवमा राजन स्याङबो निर्विरोध चयन हुनुभएको छ । अध्यक्षको जिम्मेवारी लिँदै वाइबाले संगठनलाई थप प्रभावकारी र चलायमान गर्ने बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
केन्द्रिय अध्यक्ष समिक बढालको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा एमाले केन्द्रिय सदस्य सरेश नेपाल,जिल्ला कमिटिका पदाधिकारी, अनेरास्ववियुका सचिव सञ्जिव धिताल, सचिव एवम बाग्मती प्रदेश इन्चार्ज डाक्टर सुजन कडरिया, प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकी लगायत अन्य नेताहरुको उपस्थितीमा रहनुभएको थियो ।
