
सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपालगाँउपालिकामा प्रहरी चौकी भवनको उद्धघाटन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका माननीय मन्त्री गंगा नारायण श्रेष्ठले एक समोरहोका बिच उक्त भवनको यद्धघाटन गर्नु भयको हो । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विनियोजित बजेटबाट पाँचपोखरी थाङपाल कोे नव–निर्मित कार्यालय, ब्यारेक तथा मेश भवनका समुद्घाटन भएका हो । ,उक्त कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं.२ (ख) का प्रदेश सांसद माननीय कृष्ण कुमार तामाङ,पाँचपोखरी थाङपाल गा.पा.का अध्यक्ष टासी लामा, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापा,पाँचपोखरी थाङपाल गा.पा.का उपाध्यक्ष सुनिता अधिकारी, सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, स्थानिय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानिय तथा नागरीक समाज समेत उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक निरन्जन भट्राइले जानकारी दिनु भएको छ । कार्यक्रमलाई सम्बोधनको क्रममा वागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गगांनारायण श्रेष्ठले समयमै नयाँ ऐन कानुन बनाउन नसक्दा प्रहरी समायोजनको प्रक्रिया टुँङगीन नसकेको बताउनुभयो । उहाँले २०१२ सालमा बनेको प्रहरी ऐनका कारण सोचेजस्तो कार्य प्रहरीले गर्न नसकेको समेत बताउनुभयो । कार्यक्रमलाई सम्बोधनको क्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासि लामाले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने आफ्नो गाउँपालिका सुविधायुक्त बाटोकै अभावमा पछाडी परेको बताउनुभयो । भौगालिक विकटताको कारण नागरिकलाई सास्ती भएकोले पक्कि बाटो निर्माणको लागि आबश्यक पहलको लागि आग्रह समेत गर्नुभयो । कार्यक्रममलाई वागमति प्रदेशका सांसद कृष्णकुमार तामाङ (समिर), सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद सुवेदी, सिन्धुपाल्चोकका प्रहरी प्रमुख सन्तोष खड्का लगायत उच्च पदस्थ प्रहरी अधिकारीहरुले आफ्ना भनाईहरु राख्नु भएको थियो ।
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नारायण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिका उपाध्यक्ष्य सुनिता अधिकारी, वडा नम्बर ८, ४, ५ र ३ का वडा अध्यक्ष लगायत समाजसेवी र स्थानीयको उपस्थिती रहेको थियो ।
वागमति प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगत विनियोजित दुई करोड ६६ लाख ७३ हजार ८९३ रुपैँया लागतमा साढे दुई रोपनी क्षेत्रफलमा प्रहरी कार्यालयको निर्माण सम्पन्न गरिएको हो ।
