सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ६का राम बहादुर कार्कीलाइ महेन्द्रदोय माध्यमिक विद्यालयका पुर्ब बिद्यार्थीहरुले ४५४००० नगद सहयोग गरेका छन। खाश गरी राहत सहयोगका लागी हल्ला गर्देै एक पक्षीय नेताहरुको उपस्थिती भइरहने सिन्धुपाल्चोकमा यो राहात बितरणका लागी सघीय सासंद प्रदेस सभाका माननीयहरु को रोहबरमा गाँउपालिकाका अध्यक्ष सहीतको टोलीलाइ सहयोग रकम हस्तानन्तरण गरिएको हो ।
महेन्द्रदय माबीका पुर्ब बिद्यार्थी समाजका संयोजक राम शरण भण्डारीले प्रतिनिधी सभा सदस्य माधब प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा बागमती प्रदेस सभा सदस्य पुर्ब मन्त्री माननीय मसिना खड्का,र माननीय अमृता नेपालको बिशेष अतिथ्यतामा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना मार्फत पीडितलाई संकलित रकम हस्तान्तरण गर्नु भएको थियो । वैशाख ७ गते घर गोठमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएपछि पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिएको हो ।स्थानीय रामबहादुर कार्कीको घरमा आगलागी हुँदा २० लाख रुपियाँ बराबरको धनमाल, पशु चौपाया को क्षति भएको थियो ।आगलागीमा १५ वटा बाख्रा, अन्नपात, लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो ।आगलागी पीडितलाई सुनकोशी–६ मा रहेको महेन्द्रदोय माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुद्वारा संकलित ४ लाख ५४ हजार रुपियाँ पीडितको घरमा नै पुगेर हस्तान्तरण गरिएको हो ।दुःखमा राजनीति नगरौँ र यस्ता सामाजिक अभियानमा सबैले सहयोग गरौँ भन्ने भावनाका साथ सबै नेताहरूलाई एकै ठाउँमा भेला गरि सहयोग हस्तानन्तरण गरिएको भण्डारीले बताउँनु भयो । दुःख र विपत्तिमा सबैले सहयोग गर्नुपर्ने र आफूहरूको तर्फबाट पनि सकेको सहयोग सहयोग गर्ने सांसद सापकोटाले सो अबशरमा बताउँनु भयो । पुर्ब बिद्यार्थीहरुले यो सहयोग गरिरहँदा सरकारको तर्फबाट पनी सहयोगका लागी बागमती प्रदेसमा अनुरोध गरिएको बागमती प्रदेस सभा सदस्य अमृता नेपालले बताउँनु भयो । उँहाले सुनकोसी गाँउपालिकाको कार्यलयमा भएको छलफलमा यस्ता खालका समस्या परेका पिडीत हरु जो कुनै पनी क्षेत्रबाट सहयोग पाएका छैनन त्यस्तालाइ बागमती प्रदेस सरकारले सहयोग गरिरहेको बताउँदै यसका लागी आफुले पनी पहल गर्ने बताउँनु भयो ।
सहयोग हस्तानन्तरण पछी सुनकोशी गाँउपालिका पुग्नु भएको सासद नेपालले सुनकोशी गाँउपालिकाकाका अभ्यक्ष टपिन्द्र तिमिल्सीना , लिसंखुपाखर गाँउपालिकाको पुर्ब अध्यक्ष कमल नेपाल, लगाएत सँग बिपदमा परेकाहरुलाइ तत्काल राहत उपलब्ध गराउँन र क्षेती हुन नदीन स्थानीय सरकार, प््रादेस र सघीय सरकारले खेल्ने भुमिका सँगै स्थानीय नागरिकको पनी चासो देखीएकोमा खुशी लागेको बताउँदै महेन्द्रदय माबी पुर्ब बिद्यार्थीहरुले गरेको सहोग प्रती आफुलाइ धेरै खुशी लागेको बताउँनु भयो ।
