सम्पर्क

ब्रेकिङ न्युज २

निष्कृय कबुलियती समुहलाई सकृय गर्दै वन कार्यलय सिन्धुपाल्चोक

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला वन डिभिजनल कार्यालयले जिल्लामा रहेका निष्कृय कबुलियती वन समुहहरुलाई सकृय गराउँदै जिम्मेवारी दिने काम सुरु गरेको छ । स्थायी रुपमा नै वन डढेलो नियन्त्रणको उपायहरु खोजी गरिरहेको जिल्ला वन कार्यालयले यस बर्षदेखी कबुलियती वन समुहलाई सकृय गराउँदै सकृय रहेको केहि समुहहरुलाई झाडी सुधारका साथै बिरुवा रोप्नका लागी समेत अनुदान बजेटको व्यवस्था गरेको छ । वन कार्यालयका सुचना अधिकारी भक्त श्रेष्ठले बन जोगाउँनु नै यस कार्यालयको मुख्य उद्धेश्य भएकाले कबुलियती वन समुह, सामुदायीक वन समुहहरुलाई सकृय गराउँदै वन संरक्षण तथा डढेलो रोकथामका लागी आबश्यक कार्यक्रम गरिने बताउँनु भयो । यसै सन्र्दभमा चौतारा साँगाचोकगढी नगरपालिकाभित्र रहेको कबुलियती बन समुहहरु समुहमा मात्रै सिमित भएपछि डिभिजनल वन कार्यालयले सहजकर्ता मार्फत सक्रिय गराउँन थालेको छ । वन डिभिजनल कार्यालय सिन्धुपाल्चोकले रेन्जर भुगोल न...

गाउँमै उपचार पाएपछि स्थानीय खुसी

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पृथ्वीजंग पाण्डे /पिस्कर गाउँमा नै दाँत उपचार गर्न पाएपछि त्रिपुरासुन्दरी गाउँपालिका–४ का नागरिक खुसी भएका छन् । गाउँमा स्वास्थ्य शिविर लिएर पुगेको विशेषज्ञ चिकित्सक सहितको टोलीले दुई सय ६३ जनाको दाँतको उपचार गरेको हो । जेठ १८ गते शुक्रबार गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले निशुल्क स्वास्थ शिविर कार्यक्रमको पिस्कर स्वास्थ चौकीमा शुभारम्भ गर्नुभएको थियो । जेठ १९ गते शनिबार पालिकाको ६ वटै वडाको स्थानीयलाई सेवा दिएर बृहत स्वास्थ शिविर सम्पन्न भएको हो । साथी फाउण्डेशन नेपाल,त्रिपुरासुन्दरी गाउककंपालिका,सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकको आयोजना र समाज डेन्टल अस्पतालको प्राविधिक सहयोग र स्थानीय कार्यकुशल युवा क्लब पिस्करको स्वास्थ शिविरमा सहकार्य रहेको थियो । दुई दिने निःशुल्क बृहत् दन्त तथा स्वास्थ्य परीक्षण शिविरबाट गाउँमा नै दाँत सम्बन्धी सेवा लिन पाएको भन्दै स्थानीय राम बहादुर थामीले ...

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमबारे राम्रोसँग जानकारी दिएर मात्र लाइसेन्स दिनुपर्छः मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
भक्तपुर, १९ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताउनुभएको छ ।सामुदायिक विकास तथा सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको २० औँ स्थापना दिवसको एवं सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । ‘सवारी दुर्घटनालाई कम गर्नका निम्ति लाइसेन्स दिँदा नै उनीहरूलाई ट्राफिक नियमका विषयमा धेरै नै प्रशिक्षित गर्न आवश्यक छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘कहाँ कसरी चलाउने ? कति छेउसम्म जाने ? कुन तर्फबाट क्रस गर्ने, ओभरटेक कसरी गर्ने ? भन्ने विषयमा एकदमै कन्ट्रोल गर्न आवश्यक छ ।’ट्राफिक प्रहरीले अहिले मापसे चेकजाँच गर्दै आएको कार्यको प्रशंसा गर्दै उहाँले नागरिकलाई असर नपर्ने गरी सहजी...

सुनकोशी गाउँपालिकाद्धारा १४४०० मै कृषकलाई ट्याक्टर

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकाले आफ्ना पालिकाका कृषकहरुलाइ १४४०० जम्मा गरेपछी नपुग १४२०० पालिकाले थप गरेर कृषकलाई मिनिटेलर(हाते ट्याक्टर) दिएको छ । कृषिमा यान्त्रिकरण गर्दै कृषिमा सुधार ल्याउने उदेश्यले सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका कृषकहरुलाई मिनिटेलर(हाते ट्याक्टर) उपलब्ध गराएको हो ।  गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिना ले गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार कृषकहरुका लागि सहुलियतमा २ सय १० कृषकहरुलाई मिनी टेलर उपलब्ध गराएको बताउँनु भयो । उाहाका अनुसार गाउँपालिकाले मिनि टेलर खरिदका लागि विद्युती प्रणाली मार्फत इ–बिडीङ गरेको थियो । सबैभन्दा कम रकममा मिनि टेलर उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालि लाई मिनि टेलर उपलब्ध गराउन दिने गाउँपालिकाले निर्णय गरेको थियो ।कुल २८ हजार ८ सय रुपियाँमा मिनि टेलर उपलब्ध गराएपछि गाउँपालिकाले त्यसको ५० प्रतिशत १४...

युएम सहकारीका प्रबन्धक लगायत ३ जना पक्राउ ’’

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक , युएम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालय बनेपा नगरपालिका वडा नं.१० काभ्रेपलाञ्चोक भइ सिन्धुपाल्चोक जिल्ला भित्रका विभिन्न शाखा कार्यालयहरु मार्फत निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई रकम हिना मिना गरेको अभियोगमा सहकारीका २ प्रबन्धक सहीत कनर्यसमितीका सदस्य गरी तिन जनालाइ पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा काभ्रे बनेपा १ का केन्द्रीय प्रबन्धक रोषन श्रेष्ठ , कार्य समितीका सदस्य सिन्धुपाल्चोक बलेफी १राजन श्रेष्ठ र चौतारा शाखाका प्रबन्धक राम कृष्ण कार्की रहेको जिल्ला प्रहरी कार्यलय सिन्धपाल्चोकका प्रहरी नायब उपरिक्षक सुचना अधिकारी निरन्जन भट्राइले जानकारी दिनु भएको छ । उँहाका अनुसार मासिक र त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अ...

मेलम्चीमा न्यायीक भेला सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
जिल्ला स्तरीय न्यायिक भेला तथा २ दिने अन्तरक्रिया अनुभव आदानप्रदान कार्यक्रम मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्ची नगरपालिका नगरप्रमुख आइतमान तामाङुको प्रमुख आतिथ्यतामा र उपप्रमुख उमा प्रधानको अध्यक्षतामा बुधबार मेलम्चीमा सम्पन्न भएको छ । स्थानीय तहमा उत्पन्न हुने विवादहरूको समाधान सर्वसुलभ, छिटोछरितो, मितव्ययि, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी विधि र प्रकृया अबलम्न गरि सबैको लागि पहुँच पु¥याउन जिल्ला स्तरमा एकरूपता ल्याई एक पालिकाको असल अभ्यास अर्को पालिकामा आदानप्रदान गर्दै भावि दिनमा जिल्लामा न्याय निरूपणमा प्रभावकारीता ल्याउने अभिप्रायले सञ्चालित कार्यक्रममा उच्च अदालत बार एशोसियसनका अध्यक्ष शान्तिराम खतिवडा, कोषाध्यक्ष मिलन श्रेष्ठ र जिल्लाका ८ वटा पालिकाका उप्रमुख र उपाध्यक्ष, जिल्ला स्रेस्तेदार, मेलम्ची नगरपालिका निवर्तमान उपप्रमुख भगवती नेपाल, वडाअध्यक्षहरू, बालमनोविज्ञ नानिलक्ष्...

मेलम्चीमा शिक्षक उत्प्रेरणा तथा पेशागत अभिमुखिकरण

ब्रेकिङ न्युज २, समाचार
  नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिको आयोजनामा विद्यालय तहमा कार्यक्रम शिक्षकहरुका निम्ति पेसागत जागरण र सिर्जनात्मक सोचको विकासको उद्देश्य सहित एक दिने शिक्षक उत्प्रेरणा तथा पेशागत अभिमुखिकरण मङ्गलबार मेलम्चीमा सम्पन्न भएको छ । लेखक, उत्प्रेरक तथा शैक्षिक व्यक्तित्व आचार्य लक्ष्मण भण्डारीले सहजीकरण गर्नुभएको उक्त अभिमुखिकरणमा करिब एक सय जना शिक्षकहरुको सहभागिता रहेको थियो । भण्डारीद्वारा प्रकाशित असल शिक्षक, असल अभिभावक, जीवनदर्शन लगायतका विभिन्न उपयोगी पुस्तकहरु निकै लोकप्रिय रहेका छन् । संगठनका बागमती प्रदेश समिति सदस्य शारदा प्रसाद सापकोटाको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा शिक्षण कौशल एवम् क्षमता विकासमा शिक्षकहरुले अपनाउनु पर्ने व्यवहारिक सीपका बारेमा प्रशिक्षित गरिएको थियो । नगर समितिका अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षता भएको कार्यक्रममा वडाध्यक्षहरु ...
पत्रकार महासंघमा सदस्यता बिवाद केन्द्रदेखी जिल्लासम्म तालाबन्दी

पत्रकार महासंघमा सदस्यता बिवाद केन्द्रदेखी जिल्लासम्म तालाबन्दी

ब्रेकिङ न्युज २, समाचार
नेपालको हरेक परिवर्तनमा बिशेष गरि नागरिकको आवजलाई संसारभर लाने र अन्याय तथा मानवअधिकार हननका बिषयमा खबदारी गर्दै नागरीक समाजको नेतृत्व गरेर सबैका साझा र बिश्वासिलो बनेको संस्था पछिल्लो समयमा आएर जनमानसमा राजनिती गर्ने थलो भन्ने भान हुन थालेको छ । यसको उदाहरण भनेको नेपाल पत्रकार महासघंको केन्द्रदेखी जिल्लासम्म तालबन्दी हुनुको मुख्य कारण रहेको छ । सदस्यता दिदा समचार लेख्ने पत्रकार भन्दा राजनिती दलका कार्यकर्ता तथा सरकारी सेवा सुबिधा लिइरहेका, गैर पत्रकारलाई प्रथमिकता दिनु नै मुख्य कारण रहेको पाइएको छ । यसै सन्धर्भमा नेकपा एस निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमबार सञ्चारग्रामस्...

नृत्य प्रतियोगितामा इर्खु माबि प्रथम

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा वनदेवी मा.वि. भुलभुलेमा आयोजना गरिएको नगर स्तरीय नृत्य प्रतियोगितामा इर्खु माध्यमिक बिद्यालय इर्खु प्रथम भएको छ । नगरभित्रको आधारभूत तह ४–८ कक्षाका बिद्यार्थीहरुबिच प्रतिस्पर्धा गराईएको थियो । यसरी गरिएको प्रतियोगितामा १३ वटा बपद्यालयको सहभागीता रहेको थियो । प्रतियोगितामा सेतीदेवी मा.वि. स्याउले द्दितिय, वनदेवी मा.वि. भुलभुले तृतीय र रामदेवी मा.वि. हर्रे र सेतीदेवी मा.वि., ठुलोसिरुवारीले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगिताको मुल्यांकन सिन्धु कला मन्दिरको कलाकारहरु चन्द्र सिं घले, मिना थापा र निर्मल बस्नेततले गर्नुभएको थियो । प्रतियोगितामा प्रथम , दितीय, तृतीयलाई १५ हजार, १० हजार ५ हजार नगद प्रमाणपत्र बितरण गरिएको थियो । उनिहरुलाई नगरउपप्रमुख सीता थापा, सामाजिक बिकास शाखा संयोजक रामप्रसाद गौतम शि...

उद्घोषण तथा नेतृत्व बिकास तालिम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा मेलम्ची नगर बाल संजालको समन्वयमा शनिवारबाट सुरु भएको उद्घोषण तथा नेतृत्व बिकास तालिम मेलम्चीमा सम्पन्न भएको छ । वाल संजालका पदाधिकारीहरुलाई उद्घोषण तथा नेतृत्व विकासका लागी आयोजना गरिएको तालिममा मेलम्ची नगरपालिका भित्रका १३ वटा वडाका बाल संजालका दुई जना पदाधिकारी र नगर बाल संजालका पदाधिकारी सदस्य गरी ४१ जनाको सहभागीता रहेको थियो । तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सिकेका कुराहरुलाई जोस जाँगरका साथ आगामी दिनमा विद्यालय,वडा,नगरपालिका लगायतका विभिन्न कार्यक्रमहरुमा उद्घोषण तथा मन्तव्य राख्ने बानीको विकास गर्न आग्रह गर्नुभयो । उहाँले बालबालिकाको क्षमता तथा नेतृत्व विकासका लागी नगरपालिकाले विभिन्न सिर्जनात्मक कार्यक्रमहरु गरिरहेको उल्लेख गर्दै समाज परिवर्तनको संवाहकको रुपमा काम गर्न सुझाउनुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले ...