सिन्धुपाल्चोक , युएम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालय बनेपा नगरपालिका वडा नं.१० काभ्रेपलाञ्चोक भइ सिन्धुपाल्चोक जिल्ला भित्रका विभिन्न शाखा कार्यालयहरु मार्फत निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई रकम हिना मिना गरेको अभियोगमा सहकारीका २ प्रबन्धक सहीत कनर्यसमितीका सदस्य गरी तिन जनालाइ पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा काभ्रे बनेपा १ का केन्द्रीय प्रबन्धक रोषन श्रेष्ठ , कार्य समितीका सदस्य सिन्धुपाल्चोक बलेफी १राजन श्रेष्ठ र चौतारा शाखाका प्रबन्धक राम कृष्ण कार्की रहेको जिल्ला प्रहरी कार्यलय सिन्धपाल्चोकका प्रहरी नायब उपरिक्षक सुचना अधिकारी निरन्जन भट्राइले जानकारी दिनु भएको छ । उँहाका अनुसार मासिक र त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पुर्ण सावा ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचत कर्ताहरुले जम्मा गरेकोमा,उक्त रकमको सावा,ब्याज फिर्ता नदिई पटक –पटक ताकेता गर्दा पनि फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा संचालक समितिका पदाधिकारीहरुलाई लामो समय देखि ध्यानाकर्षण गराउँदा समेत नियम अनुसार पाउनु पर्ने निक्षेप र सो को ब्याज रकम उपलब्ध गराई दिने तर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरि फरार रहेको भनि हाल सम्म ८८ जना बचतकर्ताहरुले दिएको जाहेरी अनुसार रु ७,८९,१९,९७७।–९अक्षेरुपी सात करोड उन्नान्नब्बे लाख उन्नाइस हजार नौ सय सतहत्तर रुपैया बचत रकम अपचलन तथा हिनामिना गरि फरार रहेका केन्द्रिय प्रबन्धक सहित ३ जनालाई पक्राउ गरि जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान कार्य भई रहेको छ ।
