रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड चौतारा शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ पिपलडाडा घर भएकि मृतक सुजता खत्रीको जेठो छोरा इबेश खत्री लाई चौतारा स्थित शाखा कार्यालयमै २ लाख २५ हजार ६ सय रुपयाको मृत्युदाबी भत्तानी चेक हस्तान्तरण गरिएको हो ।३ बर्ष अघि चौतारा शाखा कार्यालयबाट २ लाख रुपैयाँ बीमाङकको रिलायबल सुलभ जिबन बीमा योजना खरीद गरेकि खत्रीको तिन किस्ता भुक्तानि पछि कालगतिले मृत्यु भएको थियो ।
आफ्नो आमा गुमाउनुको पिडा त छदै तर पनि आमाले रिलायबलमा थोरै भए पनि जिबन बिमा गर्नु भएको रहेछ अहिले मलाइ पढ्नको लागि खर्च पुग्ने भन्दै छोरा इबेश खत्रीले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लाइ धन्यबाद दिनु भयो ।जिबनमा मानिसलाइ कति खेर के बिपत्ति आइपर्छ थाहा हुदैन तर जिबन बिमा गरिराखे आपत बिपत पर्दा आर्थिक रुपमा सहयोग बिमा कम्पनिले गर्ने गरेको र अहिले आर्थिक बिपद परेको बेला रिलायबल लाइफ इन्स्योरेन्सले मृत्यु दाबि भुक्तानि दिएको शाखा प्रबन्धक लक्ष्मण बिष्टले बताउँनु भयो ।
