सम्पर्क

पत्रकार महासंघमा सदस्यता बिवाद केन्द्रदेखी जिल्लासम्म तालाबन्दी

नेपालको हरेक परिवर्तनमा बिशेष गरि नागरिकको आवजलाई संसारभर लाने र अन्याय तथा मानवअधिकार हननका बिषयमा खबदारी गर्दै नागरीक समाजको नेतृत्व गरेर सबैका साझा र बिश्वासिलो बनेको संस्था पछिल्लो समयमा आएर जनमानसमा राजनिती गर्ने थलो भन्ने भान हुन थालेको छ ।
यसको उदाहरण भनेको नेपाल पत्रकार महासघंको केन्द्रदेखी जिल्लासम्म तालबन्दी हुनुको मुख्य कारण रहेको छ । सदस्यता दिदा समचार लेख्ने पत्रकार भन्दा राजनिती दलका कार्यकर्ता तथा सरकारी सेवा सुबिधा लिइरहेका, गैर पत्रकारलाई प्रथमिकता दिनु नै मुख्य कारण रहेको पाइएको छ । यसै सन्धर्भमा नेकपा एस निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमबार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयको मुलगेटमा तालाबन्दी गरिएको हो । त्यसै नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ सिन्धु शाखामा तालाबन्दी गरेको छ । पत्रकार महासंघ केन्द्रिय समितिले शुद्धीकरणपछि सार्वजनिक गरेको सदस्यता सूचीप्रति असन्तुष्टि जनाउँदै जिल्ला शाखामा तालाबन्दी गरिएको हो ।युनियन शाखा अध्यक्ष किशोर बुढाथोकीसहितको टोलीले सोमबार जिल्ला शाखामा पुगेर ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । बुढाथोकीले महासंघ शाखा अध्यक्ष जीवन श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँनु भएको थियो भने अध्यक्ष श्रेष्ठले यो पत्र तत्काल कार्यन्वयनका लागी प्रदेस र केन्द्रमा पठाइने बताउँनु भयो ।
“सदस्यता शुद्धीकरण हुनुपर्छ भन्ने युनियनको माग हो । तर शुद्धीकरणका नाममा फरक संगठनका व्यक्तिहरुलाई फरक फरक नियम भएको प्रति हाम्रो आपति छ । यही सूची कायम भएमा आउँदो २६ गते तोकिएको महासंघको निर्वाचन नै हुन नसक्ने हाम्रो ठहर छ ।” अध्यक्ष किशोर बुढाथोकीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ । युनियनले विभिन्न पाँच बुँदा माग राख्दै महासंघको कार्यालय चौतारामा ध्यानाकर्षण बुझाउँदै अनिश्चितकालीन तालाबन्दी गरेको हो । युनियनले शिक्षकमा कोहीको सदस्यता काट्ने कोहीको राख्ने, पूर्व सभापतिहरुलाई अपमान जनक तरिकाले सदस्यताबाट हटाएको,व्यवसायीहरुको सदस्यता कायम रहेको, कानुन व्यवसायीहरुको सदस्यता कायम रहेको, राजनीतिमा सक्रिय हुन्छु भनेर लागेका व्यक्तिहरुको सदस्यता कायम रहेको प्रति ध्यानाकर्षण गराएको हो । अध्यक्ष बुढाथोकीसहित पूर्व सचिव रूपक पुरी, कार्यसमिति सदस्य विपना तामाङलगायतका टोलीले सयुुक्त रूपमा तालाबन्दी गरेका हो । यस बिबादलाई टुग्याउँन पत्रकार महासंघका सचिब गोबिन्द चौलागाईले केन्द्रिय कार्यसमितीको बैठक समेत बोलाउँनु भएको छ ।