सम्पर्क

लेखापढी कानुन ब्यवसायिहरूको क्षमता अभिवृद्धि गर्न अभिमुखीकरण

 सिन्धुपाल्चोकको लेखापढी कानुन ब्यवसायिहरूको क्षमता अभिवृद्धि गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
नेपाल लेखापढी कानुन ब्यवसायी एसोसियसन जिल्ला कार्यसमितिको आयोजना र नेपाल बार एसोसियसन सिन्धुपाल्चोकको समन्वयमा भएको कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो । जिल्ला बारका अध्यक्ष भुपेन्द्र बहादुर थिङले सहजिकरण गर्नुभएको कार्यक्रमको सभापतित्व लेखापढी कानुन ब्यवसायीको जिल्ला अध्यक्ष दिपककुमार श्रेष्ठले गर्नुभएको थियो ।
अधिवक्ता प्रेमकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमको औचित्यवारे कार्यसमिति सदस्य माधवप्रसाद ढकाललले प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा लेखापढी कानुन ब्यवसायी एसोसियनका प्रदेश सदस्य ईन्द्रप्रसाद दुलाल, पुर्व जिल्ला अध्यक्ष रामप्रसाद गौतम लगायतको सहभागिता रहेको थियो ।