सम्पर्क

नृत्य प्रतियोगितामा इर्खु माबि प्रथम

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा वनदेवी मा.वि. भुलभुलेमा आयोजना गरिएको नगर स्तरीय नृत्य प्रतियोगितामा इर्खु माध्यमिक बिद्यालय इर्खु प्रथम भएको छ ।
नगरभित्रको आधारभूत तह ४–८ कक्षाका बिद्यार्थीहरुबिच प्रतिस्पर्धा गराईएको थियो । यसरी गरिएको प्रतियोगितामा १३ वटा बपद्यालयको सहभागीता रहेको थियो । प्रतियोगितामा सेतीदेवी मा.वि. स्याउले द्दितिय, वनदेवी मा.वि. भुलभुले तृतीय र रामदेवी मा.वि. हर्रे र सेतीदेवी मा.वि., ठुलोसिरुवारीले सान्त्वना स्थान हासिल गरेको छ ।
प्रतियोगिताको मुल्यांकन सिन्धु कला मन्दिरको कलाकारहरु चन्द्र सिं घले, मिना थापा र निर्मल बस्नेततले गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम , दितीय, तृतीयलाई १५ हजार, १० हजार ५ हजार नगद प्रमाणपत्र बितरण गरिएको थियो । उनिहरुलाई नगरउपप्रमुख सीता थापा, सामाजिक बिकास शाखा संयोजक रामप्रसाद गौतम शिक्षा शाखा प्रमुख वसन्त जोशी र निर्णायकहरुले प्रमाणपत्र र पुरस्कार बितरण गर्नुभएको थियो ।