सम्पर्क

मेलम्चीमा न्यायीक भेला सम्पन्न

जिल्ला स्तरीय न्यायिक भेला तथा २ दिने अन्तरक्रिया अनुभव आदानप्रदान कार्यक्रम मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्ची नगरपालिका नगरप्रमुख आइतमान तामाङुको प्रमुख आतिथ्यतामा र उपप्रमुख उमा प्रधानको अध्यक्षतामा बुधबार मेलम्चीमा सम्पन्न भएको छ ।
स्थानीय तहमा उत्पन्न हुने विवादहरूको समाधान सर्वसुलभ, छिटोछरितो, मितव्ययि, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी विधि र प्रकृया अबलम्न गरि सबैको लागि पहुँच पु¥याउन जिल्ला स्तरमा एकरूपता ल्याई एक पालिकाको असल अभ्यास अर्को पालिकामा आदानप्रदान गर्दै भावि दिनमा जिल्लामा न्याय निरूपणमा प्रभावकारीता ल्याउने अभिप्रायले सञ्चालित कार्यक्रममा उच्च अदालत बार एशोसियसनका अध्यक्ष शान्तिराम खतिवडा, कोषाध्यक्ष मिलन श्रेष्ठ र जिल्लाका ८ वटा पालिकाका उप्रमुख र उपाध्यक्ष, जिल्ला स्रेस्तेदार, मेलम्ची नगरपालिका निवर्तमान उपप्रमुख भगवती नेपाल, वडाअध्यक्षहरू, बालमनोविज्ञ नानिलक्ष्मि थापा न्यायिक सम्पर्क व्यक्तिहरू, मेलमिलाप संजाल अध्यक्ष लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण उच्च अदालत बार एशोसियसनका अध्यक्ष, कोषाध्यक्ष बालमनोविज्ञ नानिलक्ष्मि थापाले गर्नुभएको थियो ।
कार्यक्रम आयोजना गरि अनुभव आदानप्रदान गर्ने मौका दिएकोमा अन्य पालिकाका उपप्रमुख तथा उपाध्यक्षले मेलम्ची नगरपालिका न्यायिक समितिलाई धन्यवाद ज्ञापन गर्दै आफ्ना पालिकामा न्याय निरूपणमा भएका अभ्यासहरू र अनुभव आदानप्रदान गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले हरेक हरेक प्राणीहरको आ–आफ्नै स्वतन्त्रता हुन्छ स्वतन्त्रताका नाममा अरुलाई असर पर्ने काम गर्न हुँदैन एकले आर्कलाई कुनै पनि काममा असर पार्ने काम गर्दा अन्याय हुन जान्छ, त्यस अबस्थामा अरुलाई असर पार्ने गरी काम गर्ने दोषीमाथी कार्वाही हुँदा कार्वाहीमा पर्ने व्यक्ति दुखी हुन जान्छ त्यस कारण सकेसम्म अरुलाई असर पुग्ने काम गर्ने नहुने बताउँदै यदि त्यसो भएमा सकभर स्थानीय न्यायीक समितीले यसको विवाद मिलाउँन पर्ने भएकाले यो कार्यक्रम अति महत्वपुर्ण रहेको बताउँनु भयो ।
कार्यक्रममा उपप्रमुख उमा प्रधानले हामी जनताका लागि केही गर्न भनेर निर्वाचित भएर आएका हौ हामीलाई संविधानले दिएका अधिकारको उपभोग गर्दै जनतालाई सरकार हुनुको अनुभुती महसुश गराउन सक्नु पर्दछ भन्नुभयो । उहाँले हाम्रो अधिकार श्रेत्र भित्रको न्यायिक समिति एक महत्वपुर्ण पाटो हो सामान्य झैझगडामा पनि जिल्ला सम्म धाउनु पर्ने जनताका बाध्यताहरू आज स्थानीय तहबाटै निरूपण हुने हुँदा जिल्लाका हामी सबै उपप्रमुखहरू एकजुट भएर एकका असल अभ्यास अर्काले सिक्दै सिन्धुपाल्चोक जिल्लालाई सभ्य समुन्नत समाज निर्माण गर्न आ–आफ्नो ठाउँबाट लागौ भन्ने सन्देश दिनुभएको छ ।