पृथ्वीजंग पाण्डे /पिस्कर
गाउँमा नै दाँत उपचार गर्न पाएपछि त्रिपुरासुन्दरी गाउँपालिका–४ का नागरिक खुसी भएका छन् । गाउँमा स्वास्थ्य शिविर लिएर पुगेको विशेषज्ञ चिकित्सक सहितको टोलीले दुई सय ६३ जनाको दाँतको उपचार गरेको हो । जेठ १८ गते शुक्रबार गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले निशुल्क स्वास्थ शिविर कार्यक्रमको पिस्कर स्वास्थ चौकीमा शुभारम्भ गर्नुभएको थियो । जेठ १९ गते शनिबार पालिकाको ६ वटै वडाको स्थानीयलाई सेवा दिएर बृहत स्वास्थ शिविर सम्पन्न भएको हो । साथी फाउण्डेशन नेपाल,त्रिपुरासुन्दरी गाउककंपालिका,सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकको आयोजना र समाज डेन्टल अस्पतालको प्राविधिक सहयोग र स्थानीय कार्यकुशल युवा क्लब पिस्करको स्वास्थ शिविरमा सहकार्य रहेको थियो । दुई दिने निःशुल्क बृहत् दन्त तथा स्वास्थ्य परीक्षण शिविरबाट गाउँमा नै दाँत सम्बन्धी सेवा लिन पाएको भन्दै स्थानीय राम बहादुर थामीले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अन्य रोगको उपचार गाउँको स्वास्थ्य चौकीमा सहजै पाइन्छ तर दाँतको उपचारका लागि बार्हबिसे तथा जिल्ला बाहिर धुलिखेल र काठमाडौ नै जानु पर्ने बाध्यता रहेको छ ।” दात तथा मुख सम्बन्धि सम्पुर्ण परामर्श ,दात सफा गर्ने डाक्टरको परामर्श अनुसार ,आवश्यकता अनुसार टुथपेस्ट ,टुथब्रस लगायत औषधी सामग्री वितरण,दात निकाल्ने भर्ने जस्ता सेवा प्रदान गरिएको थियो । लामो समयदेखि दुःखेको दाँत गाउँमा नै सहज रूपमा निकाल्न पाएको भन्दै आशा थामी ले नियमित रूपमा गाउँमा स्वास्थ्य शिविर सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । गाउँमा शिविर सञ्चालन हुँदा आफूहरूलाई आर्थिक भार नपरेको र सहज स्वास्थ्य सेवा लिन पाएका स्थानीय लक्ष्मी खड्काको भनाइ छ । गाउँगाउँमा पुगेर सहज रूपमा स्वास्थ्य परीक्षण गर्ने आफूहरूको अभियान रहेको साथी फाउण्डेसनको अध्यक्ष तथा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमिल्सिनाले बताउनुभयो ।
स्वास्थ्य सेवाको सहज पहुँच नपुगेको ठाउँमा आफूहरूले नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको सुनकोसी इन्द्रवती समाजको अध्यक्ष तथा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पुर्व जिल्ला सभापति भुपेन्द्र बहादुर थापाको भनाइ छ । दाँतसँगै सम्पूर्ण स्वास्थ्यको बारेमा नागरिक सचेत हुनुपर्ने भन्दै अध्यक्ष थापाले स्वस्थ रहँदा मात्रै उत्पादनशील बन्न सकिने स्पष्ट पार्नुभयो । साथी फाउण्डेसन र सिन्धुपाल्चोक का स्थानीय समुदाय बिचको सहकार्य निरन्तर रहेको भन्दै साथी फाउण्डेसन का अध्यक्ष तिमिल्सिनाले गाउँगाउँमा सञ्चालन हुने शिविरलाई निरन्तरता दिइने बताउनुभयो । नियमित रूपमा शिविर सञ्चालन गरिदिन आग्रह गर्नुहुँदै त्रिपुरासुन्दरी गाउँपालिका वडा न ४ का वडा अध्यक्ष टेकबहादुर गुभाजु ( विजय )ले वडा कार्यलयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिविरमा त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष गिता कुमारी नेपाल प्रशासकीय अधिकृत जय बहादुर वाइबा , सामाजिक बिकास समिति संयोजक, पालिका प्रवक्ता तथा वडा न ६ का वडा अध्यक्ष रमेश बोहरा स्वस्थ शाखा प्रमुख चन्द्रनारायण शाह लगायतले गाउँका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न पाउँदा आफूहरूलाई सन्तुष्टि मिलेको बताउनुभयो ।
शिविरमा स्वास्थ्य सम्बन्धी विभिन्न सेवा निःशुल्क प्रदान गरिएको नेपाल तरुण दल त्रिपुरासुन्दरी अध्यक्ष तथा स्वास्थ शिविरका अभियान्ता समीर बोम्जनले जानकारी दिनुभयो । उहाँका अनुसार १ सय ७७ जनाको दाँत निकालिएको छ भने २३ जनाको दात भरिएको थियो ।
यस्तै थप उपचार गर्ने बिरामीहरूलाई समाज डेन्टल अस्पतालमा विशेष छुटमा उपचार गरिने अस्पतालले जनाएको छ । समाज डेन्टल हस्पिटलको बिस्तारीत सेवाहरु नयाँ बानेश्वर काठमाडौं, जावलाखेल ललितपुर, बसुन्धरा काठमाडौं, राधे राधे भक्तपुर, सनसिटी पेप्सिकोला, बनेपा, बौद्ध–जोरपाटी, सितापाईला चोक, कौशलटार र इमाडोल मा रहेको छ ।
