सम्पर्क

समाचार

सरकारी कार्यालयको छड्केमा ११ कर्मचारी अनुपस्थिति

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक जिल्ला चौतारा स्थित सरकारी कार्यालयमा छड्के निरीक्षण गर्दा ११ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा बुधबार बिहान १० बजे देखी ११ बजे सम्म ११ वटा बिभिन्न सरकारी कार्यालयमा छड्के चेकजाचका क्रममा सो संख्या कर्मचारी अनुपस्थित पाइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्ला मालपोत कार्यालयमा २ जना, विद्युत प्राधिकरण शाखा कार्यालयमा ३ जना, शिक्षा समन्वय इकाईमा १ जना, पूर्वाधार विकास कार्यालयमा २ जना, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा १ जना र स्वास्थ्य कार्यालयमा १ जना गरि जम्मा ११ जना कर्मचारी अनुगमनको समयमा अनुपस्थिति रहनुभएको थियो । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण माग गरी कारवाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको छ ।...

सुर्तीजन्य पदार्थ प्रयोग नगर्न स्वास्थ्यमन्त्री लामाको आग्रह

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा मंगलबार हेटौँडामा  आयोजित कोणसभामा उहाँले स्वास्थ्य र शिक्षामा वजेट राखेर सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने र चेतना अभिवृद्धिको कार्यलाई जोड दिनुपर्ने बताउनुभयो । मन्त्री लामाले सुर्तीजन्य पदार्थको खरिद बिक्रीमा बालबालिकालाई प्रयोग नगर्न÷नगराउन समेत आग्रह गर्दै त्यस्तो पाइएमा कारबाही गरिने जानकरी दिनुभयो । उहाँले सुरुमा आफूबाट सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने प्रण गरौँ र सबैलाई नगरौँ भन्दै यसको प्रयोगबाट स्वास्थ्यमा असर पर्ने गरेको वताउनुभयो । समाजलाई सुर्तीजन्य पदार्थरहित बनाउन बागमती प्रदेश सरकारले कार्यक्रम ल्याउने लामाले बताउनुभयो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा बुद्ध चौकदेखि सुरु भएको सो प्रभातफ...

काभ्रे र सिन्धुपाल्चोकका उत्कृष्ट ७ कृषक सम्मानित

ब्रेकिङ न्युज १, समाचार
कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकले काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ७ उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । नगद १५ हजार, दोसल्ला र प्रमाणपत्र सहित मंगलबार कृषि विकास निर्देशनालयका प्रमुख रविन्द्र प्रधान, कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडी लगायतले सम्मान गर्नु भएको थियो । सात वटा प्रदेश मध्ये बागमगती प्रदेश अन्र्तगतका जिल्लामा मात्रै यो कार्यक्रम लागु भएको छ । उत्कृष्ट राष्ट्रपति कृषक सम्मानका लागि आवेदन माग गरिएका ३८ वटा आवेदन मध्ये ७ वटा आवेदन छनौट गरी स्थलगत अध्ययन पश्चात सम्मान गरिएको कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले बताउनु भयो । काभ्रेपलाञ्चोकबाट २८ कृषकको आवेदन परेको थियो भने सिन्धुपाल्चोक जिल्लाबाट १० वटा आवेदन दर्ता भएका थिए । काभ्रेपलाञ्चोक जिल्लाका ४ र सिन्धुपाल्चोक जिल्लाका ३ जना उत्कृष्ट कृषक सम्मानित भएका छन् ।कृषकहरुलाई उत्साहित गर्न सम्मान कार्...

मेलम्चीको पानी वर्षापछि मात्रै काठमाडौं जाने

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको छ । सिन्धुपाल्चोक स्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेलभित्र बालुवा गेग्रान सहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मुल ढोका बन्द गरिएको हो । बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ मुल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मुल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आजैदेखि मेलम्ची खानेपानी बितरण समय तालिकासमेत हेरफेर गरिएको छ । नेपाल सरकार, खानेपानी मन्त्रालयले मेलम्ची मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन गरि प्राप्त हुने प्रतिवेदनको आधारमा दिगो रूपमा मेलम्ची खानेपानी व्यवस्थापनको लागि प्रयास भइरहेको आयोजनाको भनाइ छ । बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ । गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहा...

बि आइ एम सी क्लबलको नयाँ कार्यसमिति चयन

समाचार
बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स क्लब चौताराले नयाँ कार्यसमिती चयन गरेको छ । मेगा बैंक चौतारा शाखाका प्रबन्धक रामकृष्ण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स क्लबको २४ जना रहने गरि नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रिलायबल इन्स्योरेन्सका प्रबन्धक लक्ष्मण बिष्ट , उपाध्यक्षमा नेपाल बैंकका प्रबन्धक बिनिता नेपाल , अर्का उपाध्यक्षमा लक्ष्मी बैंकका प्रबन्धक पवन सापकोटा ,सचिबमा स्वाबलम्बन माइक्रोफानान्सका प्रबन्धक उमेश भण्डारी,सहसचिबमा युनियन इन्स्योरेन्स का सुजन श्रेष्ठ ,कोषाध्यक्षमा ग्लोबल बैंकका प्रबन्धक नवीन श्रेष्ठ र सह कोषाध्यक्षमा ज्योती लाइफबाट रिना श्रेष्ठ गरि २४ कार्यसमिति चयन भएको हो । सदरमुकाम चौतारामा आठ वटा बैंकहरु तथा इन्स्योरेस छ वटा र माइक्रोफाइनान्स नौ गरि सहकारि बाहेक जम्मा २५ वटा बित्तीय सस्थाहरु रहेका छन्...

पत्रकार महासंघ केन्द्रीय समितिको बैठक सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामो काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठकले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा महासंघका सदस्यता लिएका करिव २०० जना पत्रकारले उम्मेदवारी दिएका र तीमध्ये ८१ जना निर्वाचित हुन गएको सन्दर्भमा व्यापक छलफल गरी विभिन्न निर्णयहरू समेत गरेको छ । बैठकले महासंघको सदस्य रहेका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको महासंघको सदस्यता स्वतः खारेज हुने बैठकले निर्णय गरेको छ । त्यसैगरी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका केन्द्र, प्रदेश र शाखाको पदाधिकारी तथा कार्यसमिति सदस्यहरू स्वतः पदमुक्त हुन गएकोले विधानको व्यवस्थाअनुसार गर्न गराउन बैठकले केन्द्र, प्रदेश र शाखालाई सूचित गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि महासंघको विभिन्न तहबाट राजीनामा दिए...

मेलम्ची खानेपानीको विकास समिति खारेज

समाचार
आगामी आर्थिक बर्षको बजेटमा नेपाल सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गर्ने घोषणा गरेको छ । अव यी दुवै समितिहरूबाट सम्पादन हुँदै आएका कामहरु खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन गरिने भएको छ । सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेसँगै राजधानिवासीले मेलम्चीको पानी प्रयोग गर्ने मितीसमेत अनिश्चित भएको छ । सरकारले आगामी आवमा सबै स्थानीय तहको सरसफाइ गुरूयोजना तयार गर्ने नीतिअनुरूप आगामी आर्थिक वर्ष थप १०० वटा स्थानीय तहको सरसफाइ गुरूयोजना तयार पार्ने घोषणा गरेको छ । सरकारले आगामी आवमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत देशका विभिन्न १२ वटा शहरहरूमा एकीकृत खानेपानी तथा फोहोर पानी प्रशोधन आयोजनाहरूको विस्तृत अध्ययन गरेर सक्ने घोषणा गरेको छ ।  ...

सिन्धुपाल्चोकका जिल्ला प्रहरी कार्यालय प्रमुख पुरस्कृत

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव पुरस्कृत हुनुभएको छ । स्थानिय निर्वाचनलाई शान्तिपुर्ण एवं त्रुटी रहितढंगबाट सम्पन्न गराउन प्रभावकारी भुमिका निर्वाह गर्नुका साथै समग्र जिल्लाको शान्ति सुव्यवस्था कायम राख्ने कार्यमा आफुलाई सुम्पिएको जिम्मेवारी ईमान्दारीपुर्वक एवं प्रशंसनीय ढंगबाट निर्वाह गरेकोले एसपी यादव सम्मानित हुनुभएको छ । उहाँलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायव महानिरीक्षक पुजा सिंहले नगद पुरस्कारद्धारा पुरस्कृत पुरस्कृत गर्नुभएको हो । प्रहरी संगठनको निति निर्देशन अनुरुप उच्च अनुशासनमा रहि ईमान्दारी, अनुशासित र कर्तव्यनिष्ठ तवरले बिभागिय अडर आदेशको पालना गर्नुका साथै आफुलाई दिईएको जिम्मेवारी बफादारीका साथ त्रुटीरहित ढंगबाट आफ्नो बुद्धी बिबेकले भ्याए सम्म कर्तब्यनिष्ठ भई काम गरेको भन्दै उहाँ सम्मानित हुनुभएको हो ।...

मेलम्चीको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान

ब्रेकिङ न्युज १, समाचार
भर्खरै सम्पन्न स्थानिय तहमा निर्वाचित मेलम्ची नगरपालिकाका प्रमुख ,उपप्रमुख र वडा नम्बर ११का जनप्रतिनिधिलाई मेलम्ची नगर उद्योग वाणिज्य सघंले बधाई तथा शुुभकामना प्रदान गरेको छ । एक कार्यक्रमका बिच सघंका तर्फबाट कानुनी सल्लाहकार विष्णु प्रसाद धितालले नगर प्रमुख आइतमान तामाङलाई अब समृद्ध नगर मेलम्ची बनाउनका लागि मेलम्ची उद्योग वाणिज्य सघं सँग समन्वय गर्दै काम गर्न आग्रह गर्नुभयो । उहाँले बजार ब्यबस्थापन, सार्वजानिक शौचालय, पार्किङ ,खानेपानी, फोहोरमैला ब्यबस्थापन लगायतका काम गर्नुपर्नेमा नगरको ध्यानाकर्षण गराउनुभएको थियो । नगर प्रमुख तामाङले उद्योग वाणिज्य सघंसँग सहकार्य गर्दै आगामि दिनमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बाह्रै महिना चल्ने सडक निर्माण, बर्खाको समयमा ह्युम पाइप निकालेपछि वैलल्पिक सडक ब्यबस्थापन,मख्य सडक सञ्चालनको लागि तयारी तथा ब्यापारीको हकहितका काम गर्ने प्रतिबद्धता ज...

सिन्धुपाल्चोकसहीत सरकारको बजेट

#, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मालो आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट सार्वजनिक गर्नु भएको हो । budget fullआगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।बिनीयोजित बजेटमा सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरु बाह्रबिसे नगरपालिकालाइ३७ करोड ७२ लाख चौतारासागढी नगरपालिकालाइ ६५ करोड ६८ लाख मेलम्ची नगरपालिकालाइ ६२ करोड ५ लाख भोटेकोशी गाउँपालिकालाइ २६ करोड ८ लाख त्रिपुरासुन्दरी गाँउपालिकालाइ२७ करोड २४ लाख लिसंखुपाखर गाउपालिकालाइ ३० करोड ८३ लाखसुनकोशी गाउँपालिकालाइ ३६ करोड ३१ लाख बलेफी गाउपालिकालाइ ३३ करोड ९५ लाखजुगल गाउपालिकालाइ ३३ करोड ८२ लाख ईन्द्रावती ...