सम्पर्क

विचार

गौराती मेलाबारे नगरप्रमुख संग युवाहरुको छलफल ,सम्पदा संरक्षण गुठीको अनुरोधमा सय तोला चाँदी तथा सुनको गहना आउँने

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा सँग भीमसेन युवा क्लवका पदाधिकारीहरुले भेट गरी गौराती भीमसेन जात्रा २०८१ सभ्य,भव्य एवं मनोरंजनात्मक रुपले सम्पन्न गर्न बिशेष छलफल गरेको छ । आइतबार नगर प्रमुख सँग भएको छलफलमा नगरमा रहेका सबै भाषा,संस्कृति ,जात्रा पर्ब,संरक्षित स्थानको बिकास र संरक्षणका लागी नगर पालिका बाट हुन सक्ने र आफुले गर्न सकीने हरेक कार्यहरुमा सहयोग गर्ने सापकोटाले बताउँनु भयो र उँहाले कुनै पनी मेला पर्ब हरु रिती रिवाज अनुसार शान्त पुर्ण र मनोरन्जनात्मक तरिकाले सम्पन्न गर्न हामी सबैको प्रमुख दाइत्व रहेको बताउँदै गौराती भिमसेन मेलाको ब्यवस्थापनमा पनी हामी सबै मिलेर गर्नु पर्छ भन्नु भयो । यसका लागी नगरपालिकाबाट हुन पर्ने र हुन सक्ने सहयोग निरन्तर रहने बतथाउँनु भयो । स्थानीय युवाहरुले मेलालाइ व्यवस्थापन मा मुख्य भुमिका खेल्न पर्ने भएकाले युवाहरुको भुमिाकामा पनी ...

सर्वदलीय बैठकले बागमती प्रदेश सरकारलाई योजना कार्यान्वयनमा आग्रह

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
बागमती प्रदेशको सर्वदलीय बैठकले सरकारलाई योजना कार्यान्वयनमा ध्यान दिन आग्रह गरेको छ । आईतबार नेपाली कांग्रेस बागमती संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको अध्यक्षतामा ललितपुरस्थित प्रदेश सुशासन केन्द्रमा बसेको उक्त बैठकमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रमुख सचेतकहरूको उपस्थितिमा सम्पन्न भएको बैठकले सरकारलाई योजना कार्यान्वयनमा ध्यान दिन आग्रह गर्ने निर्णय गरेको हो । चालु आर्थिक वर्ष २०८१÷०८२ को योजना कार्यान्वयन तथा विविध विषयमा छलफल गरिएको उपनेता चित्रकारले जानकारी दिनुभयो । बैठकले चालु वर्षको योजनाहरू कार्यान्वयनमा देखिएको अपुग रकमको विवरण संकलन गरी थप अध्ययन गर्ने निर्णय गरेको छ भने १४ असोज २०८१ मा सम्पन्न सर्वदलीय बैठकमा पारित निर्णयहरूको कार्यान्वयनको प्रगतिप्रति सरकारलाई पुनः ध्यानाकर्षण गराउने निर्णय समेत गरिएको उपनेता चित्रकारले जानकारी दिनुभयो । बैठकमा नेपा...

बाह्रबिसे नगरपालिका जनप्रतिनिधिको क्षमता विकास तालिम सम्पन्न

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
बाह्रबिसे नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको टेवा नेपालको आर्थिक सहयोग तथा कमलको फुल महिला बहुउद्देश्यी सहकारी संस्था लिमिटेडको आयोजनमा मिति २०८१ कार्तिक २३ देखी ३ दिन सम्म संचालित तालिम कार्तिक २५ गते बाह्रबिसे नगरपालिका उप प्रमुख मञ्जु तामाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङ्गले बाह्रबिसे नगरपालिकाले शिक्षामा १२ कक्षा सम्म निःशुल्क गरिएको र तालिम पश्चात जन प्रतिनिधिहरु एक भएर नगरपालिकामा समावेशी विकासमा जोड दिनुपर्ने बताउनुभयो । तामाङ्गका अनुसार तालिमले हामी जन प्रतिनिधिहरुलाई बजेट तर्जुमा, कानुन निर्माण लगायतको विषयमा समेत तालिमले सहज भएको बताउनुभयो । उँहाले आफ्नो आग्रहमा तालिमको व्यवस्था गरिदिएकोमा आयोजक र प्रशिक्षक ठाकुर राम चौलागाँइलाइ बिशेष धन्यबाद दिनु भयो । समापन समारोहलाइ सम्बोधन गर्दै वडा अत्तयक्षहरुको तर्फबाट नगर प्रबक्ता ...

पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाद्धार मुद्धा दर्ता

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, साहित्य
सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाद्धार मुद्धा आफु बिरुद्ध प्रकाशीत समाचार का बिरुद्ध मुद्धा दर्ता गराउँनु भएको छ । भने प्रेस कान्सिल नेपालले यसको छानबिन शुरु गरेको छ । काउन्सिलले ४वटा सञ्चार माध्यमलाइ कालो सुचीमा राख्दै एउटा युट्ृयुब च्यानललाइ कार्बही र ७वटालाइ अनुगमन गर्ने निर्णय गरेको छ । यस समबन्धमा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आफ्नो सामाजीक सञ्जाल मार्फत बासी आमाबुवा दाजुभाइ दिदिबैनी लगायत सम्पुर्ण जनसमुदायमा सामाजिक सन्जालको प्रयोग गर्दा सतर्क रहनुहुन सुझाव भन्दै मलाई करिब ३ बर्ष अगाडि एक जना महिलाबाट फेसबुकfriend request आएकोमा म राजनैतिक ब्यक्ति भएको र ती महिलालाई देखेजस्तो अनुहार कि भएकोलेfriend request accept गर्न पुगे।त्यसपछी ती महिलाले मलाई भिडियो call गरिन।उनले अभद्र कुरा गर्न थालेपछी म उनिबाट टाढा हुन खोज्दा उनले मेरो टा...

४ वटा सञ्चारमाध्यम कालोसूचीमा, ७ वटालाई विशेष अनुगमन

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । त्यस्तै विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी  छानविन गरिरहेको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो ।काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारवाही गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको हो । दशैं अघि काउन्सिलले ३ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो ।आइतबार एक साप्ताहिक, एक टेलिभिजन र २ अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारवाही गर्ने निर्णय भएको हो । काउन्सिलले कालोसूचीमा राखेका सञ्चार माध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिस्ट्रारको कार्यालयलाई समेत दिएको छ...

नेपाल तेक्वान्दो संघको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

खेलकुद, विचार, समाचार, स्वास्थ्य
नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति सिन्धुपाल्चोकको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। बलेफी गाउपालिका का अध्यक्ष गंगा बहादुर तामाङको प्रमुख अतिथ्यतामा तथा नेपाल तेक्वान्दो संघ बागमति प्रदेश सदस्य भाष्कर श्रेष्ठ बिशेष अतिथ्यतामा सभा सम्पन्न भएको हो ।जिल्ला खेलकुद सघका अध्यक्ष राम कृष्ण दङ्गाल अन्तर्राष्ट्रीय निर्नायक श्री दुर्गामान लगाएतको अतिथ्यतामा भएको साधरण सभाको उद्धघाटन गर्र्दै प्रमुख अतिथी तामाङले खेलाडीहरु राष्ट्र्ीय गहना भएकाले खेल र खेलाडीको सम्मान गर्न सिक्न पर्ने बताउँदै अन्तराष्ट्रीय स्तरमा नेपालका तेक्वान्दो खेललाइ चिनाउँदै खेल जगतमा नेपालको शिर उच्च राख्न सफल प्रेम भण्डारीलाइ बिशेष धन्यबाद दिनु भयो । यसै गरी नेपाल तेक्वान्दो संघ बागमति प्रदेश सदस्य भाष्कर श्रेष्ठे तेक्वान्दो खेलाडी उत्पादनमा सिन्धुपाल्चोकको महत्वपुर्ण भुमिका रहेको र त्यसम प्रेम भण्डारीको ठुलो हात ...

रक्तदान सहीत बासडोल सहकारीको १८ओ साधरण सभा सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
  कभ्रेपालाञ्चोक जिल्ला बनेपा नगर पालिका वडा नं १२मा रहेको –श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभारक्तदान सहीत सम्पन्न गरेको छ । पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाको प्रमुख अतिथ्यतामा सम्पन्न साधरण सभाले सचिव रामकृष्ण कुँवर, कोषाध्यक्ष कल्पना कुँवर, लेखा सुपरिवेक्षण समितिकोसंयोजक कञ्चन भुजेलले प्रस्तु गर्नु भएको प्रतिबेदन सर्ब सम्मतले अनुमोदन गर्दै सम्पन्न भएको हो । १८ औं वार्षिक साधारणसभा शनिबार उद्धघाटन गर्दै प्रमुख अतिथी बाँसकोटाले केही ठूला सहकारीका सञ्चालकका कारण सहकारी क्षेत्रप्रति नकारात्मक धारणा बढेको बताउँनु भयो । उँहाले यस तर्फ सचेत गराउँदै सहकारी सस्थाका सञ्चालकले नीति नियममा रहेर सहकारी सञ्चालन गर्नुपर्ने, बचतकर्ताले नियमित अनुगमन र जानकारी लिनुपर्ने बताउँनु भयो । उँहाले सो अबशरमा जनताले खाइ नखाइ जम्मा गरेका रकमको दु...

खेलाडीलाइ सम्मान गर्दै आलोपालो अग्रसर को ११ओ साधरण सभा सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
आलोपालो अग्रसर बहुउद्धेश्यीय सहकारी सस्थाको ११ओ साधरण सभा सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका सामाजीक बिकास शाखाका संयोजक तथा वडा नं १३का वडा अध्यक्ष राम प्रसाद गौतमको प्रमुख अतिथ्यतामा र नगर सहकारी शाखाका प्रमुख दुर्गा ढुङ्गेलको बिशेष अतिथ्यतामा सम्पन्न ११औ साधरण सभाले नारायण प्रसाद गौतम लाइ अध्यक्षमा कायम राख्दै नयाँ कार्य समितीको समेत चयन गरेको छ । जसमा उपाध्यक्ष पार्बती सुवेदी, सचिब लिला ब. गिरी,कोषाध्यक्ष हरी ब. नेपाल रहनु भएको छ भने सदस्यहरुमा धन ब.श्रेष्ठ,बालकृष्ण गौतम , प्रकाश गिरी , हर्क ब. तामाङ, सुनिता गिरी , राजकुमार श्रेष्ठ, हेम बहादुर श्रेष्ठ रहनु भएको छ । यसै गरी लेखा तथा सुपरिवेक्षण समिती को संयोजक हरि बिक्रम नेपाल रहनु भएको छ भने सदस्यहरुमा लिला प्रसाद गौतम प्रमिला सापकोटा (चौलागाई) रहनु भएको छ । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष राम प्रसाद गौतम...

सिन्धु भ्याली क्याम्पसको एघारौं बार्षिक साधारण सभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
देबराज सुबेदी ,  मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौर स्थित सिन्धु भ्याली क्याम्पसको एघारौं बार्षिक साधारण सभा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा प्रधानले सिन्धु भ्याली क्याम्पसलाई यो स्थान सम्म ल्याउन अहोरात्र खट्नुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले क्याम्पस संचालनमा नगरपालिकाले आवश्यक बजेट बिनियोजन गरेको भन्दै कार्यविधि नहुँदा पर्याप्त मात्रामा बजेट विनियोजन गर्न नपाएको उल्लेख गर्नुभयो । उहाँले मेलम्ची नगरपालिका भित्र रहेका दुई वटा क्याम्पस नगरपालिकाको नमुना क्याम्पस बनाउनको लागि बराबरी बजेट बिनियोजन गरेको बताउनुभयो । प्रमुख अतिथी प्रधानले क्याम्पस लाई जग्गा उपलब्ध गराउन स्थानिय सरकारको नियमले नदिने भएकाले जग्गा ब्यबस्थापन भैसकेपछी भवन निर्माण जस्ता कुरामा आगामी बर्षबाट बजेट बिनियोजन गर्ने प्रत...

दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
दाङ, २४ कात्तिक : दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित हुनुहुथ्यो । अत्यधिक ढाड दुखाइ भएपछि उहाँ शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुग्नुभयो । उहाँ भन्नुहुन्छ, “आपनै गाउँमा निःशुल्क तथा सहज तरिकाले स्वास्थ्य परीक्षण गराए । औषधि पनि दिनुभएको छ । खुसी लागेको छ । अब सञ्चो हुने आशा पलाएको छ । घर नजिकै अस्पताल छैन । विशेषज्ञ सहितका डाक्टर गाउँमा आउँदै हुनुहुन्छ भन्ने खबर पाएपछि यहाँ आएको हुँ । राम्रोसँग सेवा लिन पाए ।” त्यस्तै, दङ्गीशरण गाउँपालिका–७ की ६५ वर्षीया माइली थरुनी पनि उक्त शिविरमा उपचारका लागि आउनुभयो । मिर्गाैलाको समस्याबाट समेत पीडित उहाँ स्वास्थ्य शिविरमा सहभागी हुनुभयो । गाउँमै निःशुल्क स्वास्थ शिविरबाट चिकित्सकले चेकजाँच, उचित सल्लाहसुझाव र औषधि पाउँदा खुसीको अनुभूति...