सम्पर्क

सिन्धुपाल्चोकमा कृषि विकास अनुगमन, रैथाने बीउदेखि व्यवसायिक पसलसम्म

 कविता श्रेष्ठ

आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमअनुसार काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका स्थानीय तहहरू ठोकर्पा, धुस्कुन, बलेफी र सुकुटेमा कृषि विकास कार्यालय, जिल्ला समन्वय समिति, गाउँपालिका प्रतिनिधि र पत्रकारहरूको एक संयुक्त अनुगमन टोलीले व्यापक अनुगमन कार्यक्रम गरेको छ । यस अनुगमनले पहिले र आजका कार्यक्रमहरुको प्रगति, लगानी र उपलब्धि प्रकाशित गरेको छ ।

आइतबार पिङडाँडा साना किसान सहकारी संस्था लिमिटेड सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका–२ ठोकर्पामा रैथाने प्रजातिका बालीहरूलाई संरक्षण रहेको सामुदायिक बिउ बिजन बैंक अर्थात् पिङडाडा साना किसान सहकारी संस्था लिमिटेड लोपोन्मुख बिउ बिजन तथा कृषि औजारहरू, त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुनमा सुन्तला, बलेफी गाउँपालिका–४ कोठेमा केरा र सुकुटे कफीको अनुगमन गरेको हो ।

जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको त्रिपूरासुन्दरी गाउँपालिकामा कृषि विकास कार्यालय र गाउँपालिकाको सहयोगमा थोपा सिचाइमा सुन्तला र टनेलामा गोलभेडा खेती त्रिपुरासुन्दरी गाउँपालिका धुस्कुनका स्थानीय नवराज खत्रीसहित २ दुई स्थानीयको साझेदारी सुन्तला खेती गर्दै आइरहेको स्थानीय नवराज खत्रीले बताउनु भयो ।
उहाँले गत वर्ष असार महिनामा गाउँपालिकाको सहयोग २०० बोट बिरूवा मध्ये १५० बोट सुन्तलाको विरूवा रोपेको बताउनु भएको छ । गत वर्ष रोपेको विरूवा राम्रो भएको हँुदा अहिले ३०० वटा बिरूवा थप गरी ३० रोपनी जग्गामा बिरूवा रोपेको बताउनु भयो ।
त्यसमा ९२ हजार कृषि विकास कार्यालयको सहयोग रहेको ३ लाख रूपैयाँ आफ्नो खर्चमा सुन्तलाको विरूवा लगाइएको बताउनु भयो । त्रिपुरासुन्दरी गाउँपालिकाको करिब १२०० सय उचाई रहेको धुस्कुन नामले परिचित गाउमा सुन्तला खेति गर्न प्राकृतिक रूपले राम्रो रहेको स्थानीयले बताएका छन् । यसका साथसाथै कृषक नवराज खत्रीले सँगसँगै गोलभडा खेती पनि गर्नुभएको छ । स्वदेशमै बसेर नि केही गर्न सकिन्छ भन्ने उद्देश्यले उहाँले सुन्तला र गोलभेडा व्यवसाय गरेको बताउनु भयो ।

अनुगमनको क्रममा बलेफी गाउँपालिकाको स्थानीय कृषक रमेश तिमल्सिनाको व्यवसायिक केरा खेती अनुगमन गरिएको हो । केरा व्यवसायबाट उहाँले राम्रो आम्दानी लिएको बताउनु भयो । बिषादीरहित केराले राम्रो बजारीकरण भएको कृषक रमेश तिमल्सिनाले बताउनु भयो । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका २०% सहयोग र कृषि विकास कार्यालयको ६०% सहयोग संचालित सुकुटे १० मा रहेको कफी सहकारी संघ लिमिटेड पनि अनुगमन गरिएको छ । यहाँ उत्पादित कफीहरू अन्य मुलुकमा समेत निर्यात हुने गरेको कफी सहकारी र सँगसँगै क्याफे समेत सञ्चालन गर्दै आइरहेको कफी सहकारी संघका अध्यक्ष मदु थापाले जानकारी दिनुभयो ।

त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकामा २ ठोकर्पामा कृषि विकास कार्यालयको सहयोग पिङडाँडा साना तथा कृषि सहकारी संस्था लिमिटेड र सामुदायिक बिउ बिजन बैंक २०७२ सालदेखी सञ्चालन भएको छ । अनुगमनको क्रममा जिल्ला समवन्य समितिका अध्यक्ष बाल कृष्ण श्रेष्ठको नेतृत्वमा कृषि विकास कार्यालय कर्मचारीसहित र पत्रकारहरूको उपस्थितिमा पिङडाडा साना कृषि सहकारी संस्थाको अनुगमन गरिएको छ ।
यहाँ रैथाने प्रजातिका बालीहरूलाई संरक्षण  गर्ने र लोपउन्मुख बिउ बिजन तथा पुर्खाहरूको प्रयोगमा आइरहेको कृषि औजारहरूको संरक्षण रहेको छ । जहाँ पुराना हात हातियारहरू हँसिया, तरबार, ढिकी जातो, नाङ्लो, गुम, क्रोक्रो लगायत विभिन्न परम्परागत लोप उन्मुख उपकरणहरूको संरक्षण गरी राखिएको छ ।

साथै रैथाने प्रजाति बालीहरू कोदो, मकै, गहु ,फापर,धान, सिमी आदी विभिन्न प्रजातिका बालीहरूको बिउ विजन रहेको छ । यहाँ सामुदायिक बिउ विजन बैंकले विभिन्न कार्यहरू गर्दै आइरहेको पाइएको छ ।
सामुदायिक बिउ बिजन बैंक २०७२ सालदेखी लोप हुन लागेका बालीहरूको विविधता ब्लक राखी संरक्षण गरी स्थानीय बालीहरूको अभिलेखिकरण राख्दै आएको छ । कृषकहरूलाई आवश्यक स्थानीय जातको बिउ विजन उपलब्ध गराउदै आइरहेको छ । राम्रो गुण भएको स्थानीय बालीहरूलाई संरक्षण गरी राष्ट्रीय बिउ प्रणालीमा सुचीकृत गरी बजारीकरण गदै आएको छ । रैथाने प्रजातिका बालीहरूलाई संरक्षण र प्रर्वद्धनका कार्यक्रमको लागि इष्टिमेट बमोजिमको रकम रू.३,५९,८३०००/– र कार्यालय अनुदान रकम रु.२,००,०००÷– र कृषि सहकारी संस्थाको लागत साझेदारीमा रू.१,५९,८३०/– मा ४० रोपनी हेक्टर क्षेत्रफलमा १०० घर लाभान्वित हुने गरी २०८१ फागुन ५ देखी २०८२ सम्मको योजनामा पिङडाडा साना किसान कृषि सहकारी संस्थाको नाममा कृषि विकास कार्यालय धुलिखेल काभ्रेको सहयोगमा यस पिङडाडा साना किसान सहकारी संस्था लिमिटेड सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउपालिकामा –२ ठोकर्पामा सञ्चालन भइरहेको छ ।

त्यसैगरी पिङडाडा साना किसान सहकारी संस्थाको साझेदारीमा सुनकोशी गाउपालिकामा –२ मा नै हिम बहादुर आचार्यले सिकाई केन्द्रित स्थापना र सञ्चालन गर्न आर्थिक वर्ष २०८०/०८१ मा साझेदार संस्थाको लागत रू.७,३५,७७७÷– र कृषि विकास निर्देशनालयको लगानीमा रू.१५,०१,६१०/– साथै समझौता अनुसार कुल लागत रु.२२,३७३८७/– रकमले कृषि इपिसेन्टर र स्थापना तथा सञ्चालन कार्यक्रम गरिएको सार्वजनिक गरिएको छ ।