फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी
दमौली (तनहुँ), २ मङ्सिरः व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९ गतेसम्म फोहर बिक्री गरेर रु नौ लाख ४० हजार ४९४ आम्दानी गरेको छ । नगरपालिकाले कागज, कार्टुन, फलाम, प्लास्टिक तथा सिसाजन्य सामग्री बिक्री गरेर उक्त आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा फोहर बिक्रीबाट रु २७ लाख आम्दानी गरेको थियो । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा बिक्रीयोग्य फोहर व्यवस्थापन तथा बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो । त्यसअनुसार गत आर्थिक वर्षको मूल्यमा १० प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर, व्यास–१ लाई फोहर बिक्रीको जिम्मा दिइएको थियो । घरबाटै कुहिने र नकुहिने फोहर छुट्याएर सङ्कलन गर्न थालेपछि व्यवस्थापनमा सहज भएको लम्सालले बताउनुभयो । नगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै गाडीमा सङ्कलन गर्दै आएको छ । बिक्रीय...









